इरानले आईएमएफलाई भन्योः ऋण दिनमा भेदभाव हुनु हुँदैन, हामीलाई पनि ५ अर्ब डलर सहयाेग चाहियाे

काठमाडौं । इरानका राष्ट्रपति हसन रूहानीले बुधबार अन्तर्राष्ट्रिय य मुद्रा कोष (आईएमएफ) लाई कोरोना भाइरस विरुद्ध लड्न ५ अर्ब अमेरीकी डलरको आपतकालीन कोष प्रदान गर्न अपील गरेका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपति रोहानीले मन्त्रिपरिषद्को बैठकमा भनेका छन, ‘म अन्तर्राष्ट्रिय संस्थाहरूलाई आफ्नो दायित्व पूरा गर्न अपिल गर्दछु, हामी आईएमएफका सदस्य हौं, ऋण दिनेमा कुनै भेदभाव हुनु हुँदैन ।’ उनले याे संकटकाे समयमा अन्तर्राष्ट्रिय मुद्रा कोषले इरानलाई ऋण सहयाेग गर्नु पर्ने धारणा राखेका छन् । उनले विश्वभर फैलिरहेकाे काेराेना भाइरससँग लड्नकाे लागि ५ अर्ब अमेरिकी डलर ऋण सहयाेगकाे अपील गरेका हुन् । इरानी राष्ट्रपतिले पनि अमेरिकाले लगाएको प्रतिबन्धको घोर भर्त्सना गर्दै यसलाई आर्थिक र चिकित्सा आतंकवाद भएको धारणा राखेका छन् । इरानमा हालसम्म ६२ हजार ५ सय ८९ जना कोरोना संक्रमित रहेका छन् । जसमा ३ हजार ८ सय ७२ जनाको मृत्यु भइसकेको छ । हालसम्म २७ हजार ३९ जना निको भएर घर फर्किसकेका छन् । (बीबीसी हिन्दी)

आगामी जुन ३० तारिखसम्म राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन स्थगित

न्यूयोर्क । कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ । राष्ट्रसंघका अनुसार विश्वका विभिन्न भागमा तैनाथ शान्ति सैनिक, सैन्य अधिकृत तथा प्रहरी अधिकारीहरुको परिचालन पनि स्थगित भएको हो । राष्ट्रसंघीय महासचिवका प्रवक्ता स्टेफान डुजारिकले भने, “हाम्रो अहिलेको सर्वोच्च प्राथमिकता नै विश्वका सबै संकटपूर्ण ठाउँमा खटाइने बर्दीधारी सैनिकहरुमा कोविड–१९ नभएको सुनिश्चित गर्नु रहेको हुन्छ ।” उनले केही विशिष्ट अवस्थामा यस व्यवस्थामा सामान्य फेरबदल हुन सक्ने स्पष्ट गरे । राष्ट्रसंघको उक्त निर्णयका बारेमा शान्ति सैनिक र प्रहरी पठाइरहेका सबै मुलुकलाई जानकारी गराइएको पनि उनले बताए । तर राष्ट्रसंघका अन्य निकायहरु जस्तै राष्ट्रसंघीय बालकोष (युनिसेफ), विश्व खाद्य कार्यक्रम र शरणार्थीसम्बन्धी उच्चस्तरीय आयोग (युएनएचसीआर) का कार्यक्रमहरु द्वन्द्वग्रस्त मुलुकहरुमा यथावत रहेको राष्ट्रसंघले जनाएको छ । प्रवक्ता डुजारिकले युनिसेफ र विश्व खाद्य कार्यक्रमले जोर्डान सरकारसँग मिलेर शरणार्थीहरुलाई मद्दत गरिरहेको, खाद्य सहयोग तथा अरु कार्यक्रमलाई निरन्तरता दिएको बताए । डुजारिकका अनुसार युएनएचसिआरले पूर्वी अफ्रिकामा रहेका शरणार्थीको ठूलो हिस्सामा कोविड–१९ को संक्रमण रोक्न, उपचार गर्न र प्रसारलाई नियन्त्रणमा राख्न काम गरिरहेको छ । यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रकाशन गरेको नयाँ प्रतिवेदनले कोरोनाभाइरसको महामारीका कारण विश्वभर स्वास्थ्यकर्मीको सुरक्षामा खतरा उत्पन्न भएको र यसबाट खासगरी अग्रमोर्चामा काम गर्नुपर्ने नर्सहरु रहेको जनाएको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले “विश्वका नर्सहरुको स्थिति प्रतिवेदन २०२०” सार्वजनिक गर्दै नर्सहरु कुनै पनि स्वास्थ्य प्रणालीका मेरुदण्ड रहेको बताए । “विश्वभर हाल २ करोड ८० लाख नर्सहरु कार्यरत छन् जबकी विश्वमा अहिले ५९ लाख नर्सको कमी छ । नर्सको कमी सबैभन्दा बढी अफ्रिका, दक्षिणपूर्व एसिया, पूर्वी भूमध्यसागरीय क्षेत्र र दक्षिण अमेरिकामा छ ।” विश्व स्वास्थ्य दिवसका अवसरमा सन्देश दिँदै राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले मानव स्वास्थ्यका लागि विश्वभरका सबै स्वास्थ्यकर्मीले दिनरात केही नभनी कोरोना महामारी विरुद्ध संघर्ष गरिरहेकामा त्यसको उच्च प्रशंसा गरेको जानकारी दिए । रासस–एएनआई

काेराेना संक्रमित बेलायतका प्रधानमन्त्री आज पनि आईसीयूमै, अवस्था स्थिर

काठमाडाैं । काेराेना संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आज पनि सघन उपचार कक्ष (आईसीयू)मै रहेका छन् । अहिलेसम्म उनकाे अवस्था स्थीर रहेकाे अन्तर्राषट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  उनमा कोरोनाभाइरसको संक्रमण बढी खतरापूर्ण स्थितिमा पुगेको भन्दै चिकित्सकको सल्लाहमा आइतबार लन्डनस्थित सेन्ट टोमस अस्पतालमा भर्ना गरिएको हो । तर, अहिले उनकाे अवस्था स्थीर छ । प्रधानमन्त्री जोनसनको अवस्था स्थिर रहेकाेले उनलाई भेंटिलेटरमा नराखिएको जनाइएकाे छ। बीबिसी हिन्दी