रुसका प्रधानमन्त्रीलाई कोरोना भाइरस पोजिटिभ
काठमाडौं । रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनमा कोरोना भाइरस पोजिटिभ देखिएको छ । मिखाइल गत जनवरी महिनामा रुसका प्रधानमन्त्री बनेका थिए र हाल कोरोना महामारी विरुद्ध एकदम सक्रियतापूर्वक लागिपरेका थिए । रुसी टिभि च्यानलहरुमा उनले भिडियो कलमार्फत् यसका वारे राष्ट्रपति भ्लादीमिर पुटिनलाई जानकारी गराएको देखिएको छ । टिभी च्यानलहरुमा उनले पुटिनलाई भन्दै गरेको सुनिन्छ, “सम्मानित मिस्टर पुटिन, मलाई भर्खरै मात्र थाहा भयो कि मेरो कोरोना भाइरसको टेस्ट पोजिटिभ देखिएको छ । मैले आफैंलाई अलग राख्नु पर्नेछ तथा डक्टरहरुको निर्देशनको पालना गर्नुपर्नेछ ।” भ्लादीमिर पुटिनले उनलाई चाँडै ठिक हुने कामना गरे । उनले भने, “जे तपाईंलाई भयो त्यो जोसुकैलाई पनि हुन सक्छ, मैले सधैं यो कुरा भन्ने गरेको छु । तपाईं हमेशा सक्रिय रहने व्यक्ति हुनुहुन्छ । तपाईंले अहिलेसम्म जे काम गर्नुभयो, त्यसका लागि म तपाईंलाई धन्यवाद दिन चाहन्छु ।” रुसी प्रधानमन्त्रीमा कोभिड–१९ टेस्ट त्यही दिन पोजिटिभ देखिएको हो जुन दिन रुसमा संक्रमणको ७ हजार ८ नयाँ मामलाहरु देखा परेका थिए । यसका साथै रुसमा कोरोना भाइरस संक्रमितहरुको संख्या १ लाख नाघेको छ । (अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा)
विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बस्दै, के होला निर्णय ?
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । डब्ल्युएचओले बिहीबार आकस्मिक बैठक बसेर विश्वमा कोरोनाका साथै यसका कारणले उत्पन्न गरेको परिस्थितिका बारेमा पनि छलफल गर्ने भएको छ । ‘हामीले आजभन्दा तीन महिना अघिमात्र यस्तै आकस्मिक बैठक बसेर कोरोना भाइरसको प्रकोपलाई महामारीका रुपमा लिनुपर्ने भनी व्याख्या गरेका थियौँ, बिहीबार बस्ने बैठकबाट पनि यस विषयमा थप छलफल हुने छ’, घेब्रेयससले भनेका छन् । डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिएको जेनेभाका सञ्चार माध्यामहरुले जनाइएका छन ।
विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बस्दै
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिएकाे जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । उनले बिहीबार आकस्मिक बैठक बसेर विश्वमा कोविड १९ का साथै यसका कारणले उत्पन्न गरेको परिस्थितिका बारेमा पनि छलफल गर्ने बताए । आजभन्दा तीन महिना अघिमात्र यस्तै आकस्मिक बैठक बसेर यो भाइरसको प्रकोपलाई महामारीका रुपमा लिनुपर्ने भनी व्याख्या गरेका थियौँ र बिहीबार बस्ने बैठकबाट पनि यस विषयमा थप छलफल हुने जनाएकाे छ । महानिर्देशक टेड्रोसले यो जानकारी ‘भर्चुअल ब्रिफिङ’बाट दिए । यस आकस्मिक बैठक पनि भर्चुअल स्वरुपमा नै हुने भएको छ । यस बीचमा कोविडको केही औषधिका बारेमा पनि कुराकानी हुने बताइएको छ । विश्व स्वास्थ्य संगठनका विज्ञहरुले पनि कोविडको औषधि पत्ता लगाउने विषयमा अनुसन्धान गरिरहेको भनिएको भए पनि कुनै ठोस प्रगति भने हुन सकेको छैन । गत मार्च ११ मा विश्व स्वास्थ्य संगठनले कोविडलाई एक विश्वव्यापी महामारीका रुपमा व्याख्या गरेको थियो । त्यसपछि मात्र विश्वका देशहरुले यस महामारीको संकटका बारेमा रोकथामका मापदण्डहरु अपनाउन थालेका थिए । यस महामारीको पछिल्लो तथ्यांकअनुसार हाल यस महामारीबाट विश्वभरमा ३२ लाख भन्दा बढी संक्रमित रहेका छन् भने २ लाख २८ हजार भन्दा बढीको ज्यान गएको छ । रासस/एएनआई