माण्डु हाईड्रोपावरको सञ्चालकमा श्रेष्ठ निर्विरोध निर्वाचित
काठमाडौं । माण्डु हाईड्रोपावरको सञ्चालकमा बरुण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उनी कम्पनीको सर्वसाधारण समूहको तर्फबाट सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन् । मंसिर १५ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाको निर्णयबाट श्रेष्ठ उक्त पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
सर्पोट लघुवित्तको सीईओमा महेश कुमार चौधरी नियुक्त
काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा महेश कुमार चौधरी नियुक्त भएका छन् । मंसिर १५ गते शुक्रबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गरको हो । यससँगै नवनियुक्त सीईओ चौधरीले मंसिर १५ गतेबाटै सीईओको कार्यभार सम्हाल्ने गरी पदभार ग्रहण गरेका छन् । उनले आगामी ४ वर्षसम्म सीईओको कार्यभार सम्हाल्ने छन् ।
नेपाल आयल निगमले माग्यो ३१ जना कर्मचारी (सूचनासहित)
काठमाडौं । नेपाल आयल निगमले विभिन्न पदमा कर्मचारी माग गरेको छ । निगमले विभिन्न पदमा ३१ जना नयाँ कर्मचारीका लागि आवेदन माग गरेको हो । निगमले आज एक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी रुपमा पदपूर्ति गर्ने गरी विभिन्न तहमा ३१ कर्मचारी माग गरेको हो । जसअनुसार प्रबन्धक (मेकानिकल), उपप्रबन्धक (सीए), सहायक प्रबन्धक (प्रशासन), सहायक, टेक्नेसियन लगायतका पदमा कर्मचारी माग गरेको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिन सक्नेछन् । सो समयमा पनि आवेदन दिन नभ्याएकाले त्यसको थप ७ दिनभित्र दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।