सपोर्ट लघुवित्तले माग्यो कर्मचारी

काठमाडौं ।  जागिर खोज्नेहरुका लागि खुसिको खबर छ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । संस्थाले सुपरभाइजर बरिष्ठ सहायक सहायक आईटीका लागि केही र शाखा प्रमुखका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि ईच्छुक व्यक्तिले प्लस टु देखि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । संस्थाले आफ्नो केन्द्रिय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका  व्यक्तिले भदौ २६ गतेभित्र आवेदन दिनुपर्नेछ ।

यूनिक नेपाल लघुवित्तमा ५० जनालाई रोजगारीको अवसर

काठमाडौं । जागिर खोज्नेहरुका लागि खुसिको खबर छ । यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले प्रशिक्षार्थी सहायकका लागि १० जना र प्रशिक्षार्थी कनिष्ठ सहायकका लागि ४० जना कर्मचारी गरी कुल ५० जना माग गरेको हो । अधिकृतको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा स्नातक तह उर्तिण गरेको र २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ भने सहायकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा प्रविणता प्रमाण पत्र तह उर्तिण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले भदौ ३१ गतेभित्र आवेदन दिन सक्नेछन् ।

एनएमबि लघुवित्तमा रोजगारीको सुनौलो अवसर

काठमाडौं । जागिर खोज्नेहरुका लागि खुसिको खबर छ । एनएमबि बैंकको सहायक कम्पनी एनएमबि लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सुपरभाइजरका लागि केही, कनिष्ठ सहायकका लागि केही र सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनका लागि न्युनतम २ वर्षको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ । इच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।