गुडविल फाइनान्सको सीईओमा तुलाधर पुनः नियुक्त
काठमाडौं । गुडविल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सरोज काजी तुलाधर पुनः नियुक्त भएका छन् । पुस १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तुलाधरलाई पुनः सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । माघ २ गतेदेखि लागु हुने गरि उनलाई ४ वर्षको लागि सीइओमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।
उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त
काठमाडौं । न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो । सिफारिस भएका न्यायाधीशमध्ये २६ जिल्ला अदालतका न्यायाधीश रहेका छन् । न्याय सेवा र सरकारी वकिलबाट चार अधिकृतलाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ । यस्तै नौ कानुन व्यवसायीलाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्न सिफारिस गरिएको छ । बैठकले उच्च अदालतका १६ न्यायाधीशको सरुवासमेत गरेको छ ।
जाल्पा सामुदायिक लघुवित्तको स्वतन्त्र सञ्चालकमा सुवेदी नियुक्त
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको स्वतन्त्र सञ्चालकमा सुवेदी नियुक्त भएका छन् । पुस १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा जनक शर्मा सुवेदीलाई नियुक्त गर्ने निणर्य गरेको हो । पुस १६ गते देखि लागु हुनेगरी आगामी ४ वर्षका लागि संस्थाको स्वतन्त्र सञ्चालकको रुपमा सुवेदीलाई नियुक्ती गरिएको कम्पनीले जनाएको छ ।