मञ्जुश्री फाईनान्सको सीईओमा तिमिल्सिना नियुक्त
काठमाडौं । मञ्जुश्री फाईनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तेजराज तिमिल्सिना नियुक्त भएका छन् । पुस १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तिमिल्सिनालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यस अघिका सीईओ नारायण सुबेदीले राजीनामा दिएसँगै अर्को व्यवस्था नभएसम्मको लागि तिमिल्सिनालाई उक्त पदमा नियुक्त गरिएको हो । सीईओ तिमिल्सिनाले पुस १६ गतेदेखि नै कार्यभार सम्हालिसकेका छन् ।
नेपाल रि इन्स्योरेन्सको निमित्त सीईओमा भण्डारी नियुक्त
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि इन्स्योरेन्स) को निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दामोदर भण्डारी नियुक्त भएका छन् । पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले सहायक सीईओ भण्डारीलाई निमित्त सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । सीईओ शंकरकुमार रायमाझीको कार्यकाल सकिएसँगै अर्को व्यवस्था नभएसम्मको लागि भण्डारीलाई उक्त पदमा नियुक्त गरिएको हो । रायमाझीको गत पुस ११ गते सेवा अवधि सकिएको हो ।
नेपाल इन्स्योरेन्सको कम्पनी सचिवमा सुलना श्रेष्ठ नियुक्त
काठमाडौं । नेपाल इन्स्योरेन्सको कम्पनी सचिवमा सुलना श्रेष्ठ नियुक्त भएकी छिन् । पुस १३ गते बसेको इन्स्योरेन्सको संचालक समितिको बैठकले कम्पनी सचिवमा प्रबन्धक (कानुन) सुलना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।