सलिकोले माग्यो २ दर्जन बढी कर्मचारी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि २ दर्जन भन्दा बढी कर्मचारी माग गरेको हो । कम्पनीले एक्चुअरीयल एनालिष्ट एक जना, बजार व्यवस्थापक तथा सहायक व्यवस्थापक ५ जना र बजार सहायक व्यवस्थापक पदका लागि १० जना कर्मचरी माग गरेको हो । यसैगरी, बजार व्यवस्थापन डिपार्टका लागि सिनियर अफिसर, अफिसर र जुनियर अफिसरका लागि पनि केही कर्मचारी आवश्यक रहेको कम्पनीले जनाएको छ । सोहि डिपार्टमा जुनियर एसिस्टेन्ट, एसिस्टेन्ट र सिनियर एसिस्टेन्ट आवश्यक रहेको कम्पनीले उल्लेख गरेको छ । यसैगरी डु नट केयर डेभलपमेन्ट पदका लागि २ र कृषि प्राविधिक ३ जना कर्मचारी आवश्यक रहेको कम्पनीले उल्लेख गरेको छ । कृषि प्राविधिक भने भोजपुर, मुगु र जाजरकोट शाखाका लागि कर्मचारी आवश्यक रहेको जनाइएको छ । जसका लागि एसईई वा सो सरहको शैक्षिक योग्यता हालिस गरेको र जेटीए पास गरेको हुनुपर्ने उल्लेख छ । अन्य पदका लागि स्थानक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । इच्छुकले कुमारी जब डटकमको इमेइलमा अनलाईनबाट नै आवेदन दिन सकिने छ ।
आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न श्रममन्त्रीले गरे विश्व बैंकसँग आग्रह
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन् । श्रम मन्त्रालयमा बिहीबार विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले गर्नुभएको भेटमा उनले आन्तरिक रोजगारीलाई दिगो बनाउने र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने सरकारको योजना रहेको जानकारी गराए । भेटमा श्रममन्त्री भण्डारीले स्थानीय तहमा रहेका सबै रोजगार सेवा केन्द्रलाई सुदृढीकरण, विकास साझेदारलगायतसँगको सहकार्य तथा प्राविधिक सहयोगमा ‘जब हब’का रूपमा विकास गरिने बताए । निर्देशक सिस्लेनले आन्तरिक रोजगारी सिर्जनामा ‘देशीय साझेदारी कार्यक्रम’मार्फत सहयोग गर्न विश्व बैंक सदैव तयार रहेको बताए । सो क्रममा उनीहरूबीच आन्तरिक रोजगारी वृद्धि र रोजगार सेवा केन्द्रको दीगोपना तथा सबलीकरण गर्ने सम्बन्धमा छलफल भएको श्रम मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए ।
एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई नियुक्त
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । बिहीबार आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले सेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर दाखिल खारेज, नामसारी, अभौतिकिकरण, लाभांस वितरण लगायत सेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेण्ट बैंकिङबाट हुनेछ । यस एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड मिति २०६९/०५/३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई आफ्नो उद्देश्य अनुरुप विभिन्न जलविद्युत, पर्यटन, होटल, बीमा, सञ्चार लगाएतका परियोजनाहरुमा लगानी सम्बन्धी कामरकारोबार गर्दै आइरहेको छ । यस कम्पनीका संस्थापक सेयरधनीहरु विद्युत, बैंकरवित्तीयक्षेत्र, शैक्षिक क्षेत्र एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापाररव्यवसायका साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दखल भएका प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन् । नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि ब्यबस्थापन सेवा, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्वन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।