ट्रेड युनियन कर्मचारीलाई कामबिनै तलब, ट्रेड युनियनको पाँच जनासम्म कर्मचारी काम र हाजिर नगरी तलब र सुविधा
काठमाडौं ४, कात्तिक । ट्रेड युनियनका नाउँमा दलीय राजनीतिमा आबद्ध २० जना भन्दा बढी कर्मचारीले वर्षोंदेखि बिनाहाजिर कार्यालय नै नगई तलब सुविधा लिँदै आएका छन् । फाइल तस्विर राजनीतिक पहुँचको दुरुपयोग गर्दै आधिकारिक ट्रेड युनियनको निर्वाचन भएको छ । दलसँग सम्बद्ध कर्मचारी ट्रेड युनियनका नेताले कार्यालय नगई नियमित तलब भत्ता र सुविधा लिएका हुन् । दलैपिच्छे कर्मचारी ट्रेड युनियन निर्वाचन हुँदा कर्मचारीतन्त्रमा भ्रष्टचार र अनशासनहीनता बढको भन्दै सरकारले गत जेठमा निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन गराए पनि निर्वाचनसँगै अवैध बनेका दलसँग सम्बद्ध ट्रेड युनियनका नेताले कामै नगरी तलब लिएका हुन । कर्मचारी ट्रेड युनियनलाई सुविधाको नाउँमा सरकारले ०६५ सालमा पुष्पकमल दाहालकै नेतृत्वको सरकारले एउटा ट्रेड युनियनको पाँच जनासम्म कर्मचारी काम र हाजिर नगरी तलब र सुविधा पाउने निर्णय गरेको थियो । नागरिक दैनिकबाट ।
नयाँ कम्पनीमा ३८ जनाका लागि जागिर, सिइओदेखि जुनियर एसिसटेन्टलाई अवसर
काठमाडौं, ३ कात्तिक । अनलाईन पेमेन्ट गेटवे तथा मर्चेण्ट बैंकिङ र रेमिट्यान्स सम्बन्धी नयाँ कम्पनीमा ३८ जनाका लागि जागिर खुलेको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृत(सिइओ)देखि जुनियर एसिसटेन्टसम्मका लागि आवेदन मागेको हो । एक जना सिइओ, एक जना जनरल तथा अपरेशन मेनेजर, एक जना चिफ मार्केटिङ अफिसर, १० जना बिजनेश डेभलपमेन्ट एक्सक्युटिभ तथा २५ जना जुनियर एसिसटेन्टका लागि जागिर खुलाएको हो । कम्पनीले सात दिन भित्र बायोडाटासहित [email protected] मा इमेल पठाउन आग्रह पनि गरेको छ ।
टिम्बर कर्पाेरेशनमा ४० जनालाई जागिर खुल्यो
काठमाडौं, ३ कात्तिक । द टिम्बर कर्पाेरेशन अफ नेपाल लिमिटेडमा ४० जनाका लागि जागिर खुलेको छ । नेपाल सरकारको पुर्ण स्वामित्वमा सञ्चालित कर्पाेरेशनमा खुला तथा समावेशी समुहका लागि सो मात्रामा जागिर खुलेको हो । कर्पाेरेशनले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै दरखास्त आव्हान गरेको छ । कर्पाेरेशनले सहायक प्रबन्धकदेखि कम्प्युटर अपरेटरसम्मका लागि दरखास्त आव्हान गरेको हो । एसएलसी उतिर्ण गरेकादेखि स्नातक पास गरेकाहरुले आवेदन दिन सक्नेछन् । कर्पाेरेशनको केन्द्रिय कार्यालय बबरमहल, शाखा कार्यालय बिराटनगर, हेटौडा, भरतपुर, नेपालगंञ्ज तथा धनगढीबाट दरखास्त बुझाउन सकिनेछ ।