एक्सेल डेभलपमेन्ट बैंकमा जागिर खुल्यो

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकमा तीन जनाका लागि जागिर खुलेको छ । बैंकले नायव महाप्रबन्धक, सहायक प्रबन्धक र कनिष्ठ अधिकृतका लागि दरखास्त आव्हान गरेको हो । नायव महाप्रबन्धकका लागि न्युनतम शैक्षिक योग्यता व्यवस्थापन बिषयमा स्नातकोत्तर उतिर्ण गरेको र कम्प्युटरको राम्रो ज्ञान भएको हुनुपर्नेछ । प्रबन्धक पदमा २ बर्ष र बैंकिङ क्षेत्रमा ८ बर्ष काम गरेको अनुभव आवश्यक पर्ने बैंकले जनाएको छ । त्यस्तै, सहायक प्रबन्धकले चार्टर्ड एकाउन्टेन्सी उतिर्ण गरेको वा स्नातकोत्तर उतिर्ण गरेको हुनुपर्नेछ । आन्तरिक लेखा परिक्षणको २ बर्ष अनुभव तथा वित्तीय क्षेत्रको ४ बर्षे अनुभव आवश्यक पर्नेछ । कनिष्ठ अधिकृतसँग भने स्नातक उतिर्ण गरेको र आन्तरिक लेखा परिक्षणमा १ बर्षको अनुभव आवश्यक पर्नेछ । बैंकले आगामी १५ दिन भित्र आवेदन गरिसक्न भनेको छ ।

संकटमा कतार, कतारी ऊँटलाई साउदीमा नाकाबन्दी: नेपाली गोठालालाई तनाव

काठमाडौं । साउदी अरब र कतारको सीमा आबु सम्राहबाट २ सय ५० किमि टाढा पर्छ, अल होफुफ। साउदीको निकै पुरानो बजार अल होफुफमा कतारीको बाक्लो आवतजावत हुन्थ्यो। त्यससँगै जोडिएको विशाल मरुभूमिमा कतारी नागरिकको उँट र बाख्राका सयौं गोठ छन्। उँट र बाख्रालाई दाना, औषधि, घाँस, पानीलगायत बन्दोबस्तीका सामान खरिद गर्न आउने मुख्य स्थल अल होफुफ हो। भोजपुरका ३७ वर्षीय अर्जुन राई अल होफुफबाट झन्डै सय किलोमिटर टाढा मरुभूमिमा बस्न थालेको ७ वर्ष भयो। खासमा उनी काम गर्न कतार पुगेका थिए। कतारी साहू मोहम्मद मर्रीले साउँदीमा उँट हेर्न लगेपछि उनी त्यतै बस्त थाले। जसोतसो जिन्दगी चलिरहेका बेला कतारमाथि नाकाबन्दी भयो। त्यही कारण उनले उनले एकसातायता कल्पनै नगरेको कष्ट सहनुपरयो। कतारी निकायका अनुसार साउदीले दुई दिनमा १२ हजार उँट, ५ हजार भेडा सयभन्दा बढी गोठाला डिपोर्ट गरेको छ। कतार उँट एसोसिएसनले कतारी नागरिकको साउदीका विभिन्न स्थानमा १ लाख ५० हजारभन्दा बढी उँट रहेको जनाएको छ। कतारी भिसा भएका गोठालालाई ऊँट हेर्न मालिकले सँगै लिएर जान पाउने सुविधा दिएको थियो। कतारीले साउदी लानेबेलामा नेपाली दूतावाससँग अनुमति लिने गरेको छैन्। कान्तिपुर दैनिकबाट । नेपाली दूतावासले आफ्ना नागरिकलाई कतारबाट साउदीमा ऊँट, बाख्रा र मजरामा काम गर्न लैजाने बेला अनुमति वा जानकारी दिनुपर्ने विषयमा कतारी निकायसँग चासो राखेको छैन्।

एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिले गौतमलाई आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । गौतमले असार ११ गतेदेखि कम्पनीको जिम्मेवारी समाल्ने बताएका छन् । १७ वटा निर्जीवन बीमा कम्पनी मध्ये सबैभन्दा पछाडि रहेको र अरु कम्पनीसँग प्रतिस्पर्धामा नरहेको यस कम्पनीलाई प्रतिस्पर्धी बनाउने गौतमले बताए । २६ वर्षसम्म बैकिङ पेशामा क्रियाशिल गौतमको लागि बीमा नितान्त नयाँ पेशा हो । ‘अनुभवको दृष्टिले बीमा मेरो लागि नितान्त नयाँ क्षेत्र हो । मनमा नयाँ कामप्रति उत्सुकता हुनुका साथै सफलता पूर्वक जिम्मेवारी निर्वाह गर्ने चुनौति पनि उत्तिकै छ’ गौतमले विकासन्युजसँग भने-समस्यामा परेको इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक सुधारमा पाएको सफलताले एभेरेष्ट इन्स्योरेन्स कम्पनी पनि सुधार गर्ने आँट र अठौत मसँग छ ।’ नेपाल ग्रिनलेज बैंकबाट बैकिङ पेशामा प्रवेश गरेका गौतमले हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, सनराईज बैंक, एनसीसी बैंक, एनआईसी एशिया हुुँदै इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक एनसीसी बैंकमा विलय भएपछि उनी एनसीसी बैंकमा डीजीएम थिए ।