नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विजय बहादुर शाह नियुक्त
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा विजय बहादुर शाह नियुक्त भएका छन् । गत असार २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले शाहलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । नवनियुक्त शाहाले साउन ९ गतेदेखि इन्योरेन्सको कार्यभार सम्हाल्ने कम्पनीले जनाएको छ । उनकाे कार्यकाल चार वर्षकाे लागि ताेकिएकाे छ । शाह यसअघि एनएलजी इन्स्याेरेन्स कम्पनीमा ८ वर्ष प्रमुख कार्यकारी अधिकृत भएका थिए । एउटै कम्पनीमा २ कार्यकाल मात्र बस्न पाउने नियमका कारण उनले एनएलजी छोडेका थिए । यसअघि उनी नेपाल बीमक संघको अध्यक्ष थिए ।
मन्त्रीबाट हटेको ४० दिनसम्म क्वार्टर छाडेनन् पूर्व पर्यटन मन्त्रीले, फेरि मन्त्री बन्ने दाउमा
काठमाडौं । गत जेठ २३ गते शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका मन्त्रीहरुले मन्त्री क्वाटर छोडे पनि पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले भने अझै मन्त्री क्वार्टर छोडेका छैनन् । मन्त्रीबाट हटेपछि उनी बसेको भी फाइब को क्वार्टरमा सामान राख्नुका साथै साँचो समेत आफैं लिएर हिँड्ने गरेका छन्। नेपाल फोरम लोकतान्त्रिकका उपाध्यक्षसमेत रहेका देवले पुन मन्त्री हुने आशा राख्दै मन्त्री मन्त्री क्वार्टरबाट आफ्नो सामान सारेका छैनन्। मन्त्रीबाट हटेको दुई तीन दिन भित्रै आफ्नो सामान सारेर साँचो बुझाउनुपर्ने भए पनि मन्त्रीबाट हटेको ४० दिन बितिसक्दा पनि पूर्वपर्यटन मन्त्री देवले मन्त्रीक्वार्टर छोडेका छैनन्। मन्त्रीबाट हटेको करिब २० दिन क्वार्टरमा बसेका देव अहिले पनि सामान मात्र राखेर साँचो लिएर हिँडेका छन्। नेपाल समाचारपत्र दैनिकबाट ।
नागरिक लगानी कोषमा १२ जनालाई जागिर
काठमाडौं । नागरिक लगानी कोषमा १२ जनाका लागि जागिर खुलेको छ । कोषले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न पदमा १२ जनाका लागि आवेदन मागेको छ । कोषले अधिकृत ३ जना, बरिष्ठ सहायक २ जना, बरिष्ठ कम्प्युटर अपरेटर ३ जना, सहायक २ जना र सहायक कम्प्युटर अपरेटर २ जनाका लागि दरखास्त आव्हान गरेको हो । योग्यता पुगेका नेपाली नागरिकहरुले तोकिएको दस्तुर बुझाएर आगामी एक महिना भित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर अर्काे एक सातासम्म आवेदन दिन सकिनेछ । अधिकृत पदमा आवेदन दिनेले स्नातकोत्तर उतिर्ण गरेको हुनुपर्नेछ भने सहायकले स्नातक तह उतिर्ण गरेको हुनुपर्नेछ । अधिकृत पदमा आवेदन दिनेले एक हजार दस्तुर र सहायक तहमा आवेदन दिनेले ६ सय दस्तुर बुझाउनुपर्नेछ ।