एनएलजी इन्स्योरेन्सकाे प्रमुख कार्यकारी अधिकृतमा सुनिल वल्लभ पन्त नियुक्त
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृतमा सुनिल वल्लभ पन्त नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले पन्तलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न बीमा समितिमा सहमति मागेकोमा समितिले विहीबार सहमति दिएको छ । २९ वर्षदेखि बीमा क्षेत्रमा कार्यरत पन्त सोही कम्पनीमा करिव डेढ वर्ष अघिदेखि कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । कम्पनीले आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।
प्रहरीमा ७ हजार २७६ जनालाई रोजगारी, खेलाडीदेखि इन्सपेक्टरसम्म
काठमाडौँ । नेपाल प्रहरीले कार्यालय सहयोगी, जवानदेखि इन्सपेक्टरसम्म नयाँ भर्ना खुलाएको छ । जसमा खेलाडीको संख्या पनि उल्लेख्य छ । ७ हजार २ सय ७६ जनाका लागि भर्ना खुलाएकोमा सबैभन्दा बढी प्रहरी जवानमा ६ हजार २ सय ४४ जना रहेको छ । प्रहरी निरीक्षकमा १०८ जना र प्रहरी सहायक निरीक्षकतर्फ ५ सय २४ जनाका लागि दरखास्त आह्वान गरिएको छ । यसैगरी प्रहरी कार्यालय सहयोगी खेलाडी पदमा ३० जना माग गरिएको छ । जसअन्तर्गत फुटबल, भलिबल, क्रिकेट, तेक्वान्दो, भारोत्तोलन, कँराते, जुडो, एथ्लेटिक्स, बक्सिङ, ब्याडमिन्टन लगाएताका विधामा दरखास्त दिन पाइने छ । यही असोज १८ देखि कात्तिक २९ गतेसम्म दरखास्त फारम बुझाउन सकिनेछ । प्रहरी जवान पदका लागि काठमाडौं, ललितपुर, भक्तपुरसहित सबै जिल्ला प्रहरी कार्यालय तथा प्रदेश प्रहरी कार्यालयमा दरखास्त बुझाउन सकिने छ । प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि भने महानगरीय प्रहरी कार्यालय, रानीपोखरी तथा सातवटै प्रदेश प्रहरी कार्यालयमा फाराम बुझाउने व्यवस्था मिलाइएको छ ।
लगानी कोषमा कार्यकारी निर्देशकका लागि दरखास्त खुला, असोज २२ गते अन्तिम दिन
काठमाडौं । सरकारले नागरिक लगानी कोषमा रित्त कार्यकारी निर्देशक नियुत्तिको प्रक्रिया सुरु गरेको छ । अर्थ मन्त्रालयले गठन गरेको कार्यकारी निर्देशक नियुत्तिका लागि गठित छनौट शिफारिश समितिले दरखास्त आब्हान गरेको छ । आगामी असोज २२ गतेभित्र गोप्य आवेदन दिन समितिले भनेको छ । कार्यकारी निर्देशकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन,आर्थिक, बैंकिङ, वित्तीय, वाणिज्य वा कानून विषयमा स्नातकोत्तर पास गरेको हुनुपर्ने समितिले जानकारी दिएको छ । यस्तै उद्योग, वाणिज्य, पुँजी बजार वा बैंकिङ संस्था कम्तीमा १० औं तह वा सो सरह जिम्मेवारी लिइसकेको हुनुपर्ने छ । निजी क्षेत्रको पुँजी बजार सम्बन्धि संस्श्रथाहरुको व्यवस्थापकीय तहमा न्युनतम १५ वर्षको अनुभव हुनुपर्ने समितिले जानएको छ । यसअघि रामकृष्ण पोखरेलले राजीनामा गरेपछि २ महिनादेखि कार्यकारी निर्देशकको पद रित्त छ । दरखास्त दिनेको उमेर ३० वर्ष पुरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने छ । दरखास्त दिनेले व्यवसायिक योजना समेत पेश गर्नुपर्ने छ ।