शुक्रबार ७५३ जना अधिकृत र नासु खुल्दै, समावेशी कोटा हटाइयो यसरी भर्नुस् अनलाइन फारम
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गर्न करारमा कर्मचारी भर्ना गर्ने भएको छ । ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्न लागेको हो । सरकारले शुक्रबार देशभर अनलाइन फारम खुलाउने भएको हो । प्रत्येक स्थानिय तहमा एक जना रोजगार संयोजक रहनेगरी विज्ञापन आव्हान गर्न लागिएको हो । कर्मचारी छनोट वैज्ञानिक पद्धतिबाट गरिने भएको छ । जसमा ७० नम्बर सिधै फारम भरेको आधारमा प्रतिस्पर्धीले प्राप्त गर्नेछ भने ३० नम्बर प्रयोगात्मक परिक्षाबाट प्रदान गरिनेछ । १० हजार भन्दा कम जनसंख्या रहेको स्थानिय तहमा नायब सुब्बा नियुक्ति गरिनेछ भने १० हजार भन्दा बढी जनसंख्या भएको तहमा शाखा अधिकृत राखिनेछ । मन्त्रालयको अनुसार यसरी नियुक्ति भएका कर्मचारीहरुको सेवा सुविधा हाल करार सेवाका कर्मचारीले पाइरहेका अनुसार हुनेछ । मन्त्रालयले आवेदन भरेका मध्ये सुरुमा २३ सय जनाको नाम निकाल्नेछ । यसमध्ये ७५३ जनाको नाम निकालिने छ । यदि थप कर्मचारी आवश्यक परेको खण्डमा वैकल्पिक उम्मेदवारबाट छनोट गरिनेछ । यस परिक्षामा समावेशी कोटालाई भने हटाईएको छ । कर्मचारीले प्रर्दशन गरेको काम अनुसार म्याद थप गर्ने नगर्ने निर्णय सरकारले गर्नेछ । चालू आर्थिक वर्षको लागि प्रधानमन्त्री रोजगार कोषमा ३ अर्ब १० करोड बजेट विनियोजन गरिएको छ । यसरी भर्नुस् अनलाइन फारम
नेपाल इन्स्योरेन्सको स्वतन्त्र संचालकमा रामहरी न्यौपाने
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा रामहरी न्यौपाने नियुक्त भएका छन् । इन्स्योरेन्सको हालै सम्पन्न संचालक समितिको बैठकले न्यौपानेलाई कम्पनीको उक्त पदमा नियुक्त गरेको हो । नवनियुक्त न्यौपानेले आगामी चार वर्षसम्म कम्पनीको उक्त पदको कार्यभार सम्हाल्नेछन् । उनले गत माघ १ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् ।
वोमी माइक्रोफाइनान्सद्धारा चितवनमा कृषि तथा पशुपालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम
काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले विभिन्न स्थानहरुमा श्रृखलाबद्ध तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त संस्थाबाट ७ दिनको अवधिमा जम्मा २२८ जना सदस्य तथा स्थानियलाई पशुपालन सम्बन्धी तालिम प्रदान गरेको छ । चितवन जिल्लाको कालिका नगरपालिका वडा नं. ४ स्थित पदमपुरमा ४१ जना, भरतपुर महानगरपालिका वडा नं. २६ स्थित सिसहीमा ४७ जना रहेका थिए । त्यस्तै राप्ती नगरपालिका वडा नं. २ स्थित पिप्लेमा ४१ जना तथा नवलपुर जिल्लाको देवचुली नगरपालिका वडा नं. १४ स्थित दलदलेमा ५८ जना, मध्यबिन्दु नगरपालिका वडा नं. १३ स्थित मैनाघाटमा ४१ जानले तालिम हासिल गरेका छन् । त्यस्तै चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. २८ स्थित जितपुरमा ३० जना सदस्य तथा स्थानिय व्यक्तिलाई कृषि व्यवसाय सम्बन्धी तालिम प्रदान गरेको छ । उक्त तालिममा उपस्थित सदस्य तथा स्थानियहरुले संस्थाको कार्यक्रम सम्बन्धमा राखेको जिज्ञासा तथा प्रतिउत्तर दिने अन्तरक्रियात्मक कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा अतिथिको रुपमा उपस्थित नगरपालिकाका वडा अध्यक्षहरुले मन्तब्य व्यक्त गरेका हुन् । चितवन जिल्लाको कालिका नगरपालिका वडा नं. ४ का अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, नवलपुर जिल्लाको देवचुली नगरपालिकाका प्रबक्ता वडा अध्यक्ष दिलबहादुर क्षेत्री, वडा नं. १४ का अध्यक्ष हेमराज दवाडी तथा मध्यबिन्दु नगरपालिका वडा नं. १३ का अध्यक्ष अर्जुन प्रसाद पङ्गेनी रहेका थिए । उक्त तालिम कार्यक्रममा प्रशिक्षण प्राविधिक श्रोत व्यक्तिद्धय विकासप्रसाद दाहाल तथा वकिलबहादुर गुर्धामीले दिनु भएको थियो ।