लिबर्टी माइक्रो लाइफले माग्यो धेरै संख्यामा कर्मचारी
काठमाडाैं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले उपत्यका बाहिरका शाखाहरुका लागि कर्मचारी माग गरेको हो । कम्पनीले गुलरीया, बर्दीया, गोर्खा, महेन्द्रनगर, कन्चनपुर, लम्की, कैलाली, बिरेन्द्रनगर र शुर्खेतका लागि कर्मचारी माग गरेको हो । इच्छुकले पौष २ गतेसम्म आवेदन दिने सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अनलाइनबाट ने आवेदन दिने सकिने छ ।
नेपाल स्वास्थ्य व्यवसायी महासंघ अध्यक्षमा कैलाश खड्का निर्वाचित
काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षमा कैलाश खड्का निर्वाचित भएका छन् । सोमबार सम्पन्न १९औं महाधिवेशनबाट खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । महासंघको वरिष्ठ उपाध्यक्षमा महेशराज श्रेष्ठ, प्रथम उपाध्यक्षमा गायत्री जीसी, द्वितीय उपाध्यक्षमा धनबहादुर गिरी, महासचिवमा दाताराम काफ्ले, सचिवमा लिलाम्बर झा, कोषाध्यक्षमा रामपुकार तिवारी निर्वाचित भएका छन् । त्यस्तै केन्द्रीय सदस्यहरूमा चन्द्रमा राई, प्रवेश रोक्का क्षेत्री, दीपककुमार कार्की, वेलबहादुर श्रेष्ठ, केशर थापा, रोजिना शाक्य र रामप्रसाद लम्साल चयन भएका छन् । महाधिवेशनको उद्घाटन श्रममन्त्री शरतसिंह भण्डारीले गरेका थिए । मन्त्री भण्डारीले वैदेशिक रोजगारमा गएका श्रमिकलाई हिट स्ट्रेस, मृगौला फेल लगायत रोगबाट जोगाउन सरकारले प्रभावकारी स्वास्थ्य परिक्षणमा ध्यान दिइएको बताएका थिए । नवनिर्वाचित अध्यक्ष खड्काले मलेसिया जाने श्रमिकको मेडिकल फिट सम्बन्धी रिपोर्ट शतप्रतिशत गुणस्तरीय बनाउने अभियान जारी रहेको बताए । महासंघमा आबद्ध सबै स्वास्थ्य संस्थाहरूले अन्तर्राष्ट्रिय स्तरको मापदण्डलाई पूर्ण रूपमा अनुशरण गर्दै आइरहेको भन्दै उनले समय समयमा सरकारी निकायबाट भइरहेको अनुगमनबाट पनि यसको पुष्टि हुँदै आएको उनले बताए । कोही कसैलाई श्रमिकको स्वास्थ्यमा खेलवाड गर्ने छुट नभएको भन्दै उनले व्यावसायिक आचारसंहितालाई उच्च मनोबलका साथ प्रर्दशन गर्न कुनै कसुर बाँकी नराख्ने उनले बताए । अध्यक्ष खड्काले नेपाल र मलेसियावीच भएको श्रम सम्झौतालाई कार्यान्वयन गर्न आफ्ना सदस्य संस्थाहरूले कहीँ कतै कमजोरी नदेखिएको भन्दै प्रंशसा गरे । महाधिवेशनले महासंघको प्रगति र आर्थिक प्रतिवेदन समेत सर्वसम्मत रूपमा पारित गरेको छ । नेपाल स्वास्थ्य व्यवसायी महासंघ वैदेशिक रोजगारीमा जाने श्रमिकको गुणस्तरीय बायोमेडिकल स्वास्थ्य परीक्षण गर्न स्थापित स्वास्थ्य संस्थाहरूको छाता संगठन हो ।
सागर ढकाल बने स्टक ब्रोकर एसोसीएसनको अध्यक्ष, यस्तो छ नयाँ कार्यसमिति
काठमाडौं । स्टक ब्रोकर्स एसोसीएसन अफ नेपाल (एसबान) को अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन् । प्रतिद्वन्दी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । यसअघि सर्वसम्मतिमै एसबानको अध्यक्ष कायम हुने भनिए पनि राजकुमार तिमिल्सिना र ढकालबीच सहमति जुट्न नसक्दा निर्वाचनमा जाने तय भएको थियो । सोही अनुसार शुक्रबार भएको निर्वाचनमा ढकालले ८८ मतमध्ये ४५ मत ल्याएर जीत हात पारेका हुन् । उनका प्रतिद्वन्दी राजकुमार तिमिल्सिनाले ४३ मत प्राप्त गरेका छन् । एसोसीएसनको उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा बिनय पौडेल निर्वाििचत भएका छन् । यसैगरी कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन् ।