वैदेशिक रोजगार बोर्डले प्रस्तुत गर्याे कार्य विवरण, ६२ करोडबढी खर्च

काठमाडौं । आर्थिक वर्ष २०७५।०७६मा वैदेशिक रोजगार बोर्डले ६२ करोड ३६ लाख ५४ हजार ८८ रुपैयाँ खर्च गरेको तथ्याङ्क सार्वजनिक गरेकाे छ । गत वर्ष वैदेशिक रोजगारमा गएका मृतक कामदारका परिवारलाई बोर्ड ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ प्रदान गरेका छन् । ७ सय ५३ जनाको मृत्यु भएकोमा २३ जना महिला रहेका छन् । १४ सय ३३ जना वैदेशिक रोजगारका लागि छात्रवृत्ति वितरणका लागि १ करोड ४८ लाख ६५ हजार २४ रुपैयाँ खर्च गरेको छ । त्यस्तै अंगभंग भएका ३ सय ३५ कामदारलाई ९ करोड १४ लाख १३ हजार ६ सय ९९ रुपैयाँ प्रदान गरेको छ । ७ सय ८३ जना मृतकको शव घरसम्म ढुवानी गर्दा १ करोड ५७ लाख ६० हजार ५ रुपैयाँ खर्च भएको तथ्याङ्क सार्वजनिक भएको छ । ७८ अलपत्र कामदार नेपाल झिकाउन ६५ लाख ६५ हजार ५ सय ५४ रुपैयाँ खर्च भएको छ । १ हजार ४ सय ८० जना अभिमुखीकरण तालिमका लागि १० लाख ३६ हजार रुपैयाँ भने २९ जना कामदारको परिवारलाई औषधोपचारका लागि १२ लाख १५ हजार रुपैयाँ बोर्ड प्रदान गरेको तथ्याङ्क बोर्डले सार्वजनिक गरेको छ । २०६५ साल साउन १ देखि २०७६ साल असार २९ गतेसम्मको तथ्याङ्क हेर्ने हो भने ७ हजार ४ सय ६७ जना रहेका छन् । जसमा १ सय ७१ महिला र ७ हजार २ सय ९६ जना रहेका वैदेशिक रोजगार बोर्डका प्रवक्ता दीनवन्धु सुवेदीले जानकारी दिएका छन् । बोर्डले बर्षाैदेखि वैदेशिक रोजगारमा गई मृत्यु भएका सबै कामदारको परिवारलाई राहत र विदेशमा अल्पत्र परेका नेपाली युवाहरुलाई फर्काएर आत्मनिर्भर बनाउने काम बोर्डले गरिरहेको प्रवक्ता सुवेदीले जानकारी दिएका छन् । यस्ताे छ गत वर्षकाे तथ्याङ्क  ः

जापानिज भाषा र सीपसम्बन्धी परीक्षा कार्तिकसम्म

काठमाडौं । जाापान जाने तयारीमा भाषा अध्ययनरत विद्यार्थीको लिखित तथा प्रयोगात्मक परीक्षा कार्तिक सम्म हुने भएको छ । नेपाली कामदार पठाउन आवश्यक भाषा र सीपसम्बन्धि परीक्षा अक्टोबरको अन्तिम सातामा शुरु हुने श्रम रोजगार तथा सामाजिक मन्त्रालयले जानकारी दिएको हाे । जापान सरकारले प्रथम चरणको कार्यक्रममा विद्यार्थीको आगमनलाई विशेष ध्यानमा राखी ‘केयरगिभर’का रुपमा जाने हुँदा त्यहि अनुसारको परीक्षा तयार भईरहेको मन्त्रालयले जनाएकाे छ । जापानका लागि कति कामदार जाने भन्ने विषयमा जानकारी नभएको र पहिलो भाषा परीक्षा अक्टोबर महिनाको २७।२८ तारिखमा हुने घोषणा मन्त्रालयले गरेको हो । आगामी दिनमा जापान जाने कामदारको स्वास्थ्य कसरी परीक्षण गर्ने भन्ने बारे छलफल भइरहेको छ । नर्सिङ, सरसफाई, उत्पादनमूलक, क्षेत्र, होटल, कृषि, माछा मार्ने तथा खाद्य प्रशोधन आदिमा नेपाल लगायत आठवटा मुलुकबाट जापानले कामदार लैजाने छ । अझै कतिपय मुलुकमा श्रम सम्झौता गर्ने चरणमै रहेकाले कति नेपालीलाई कति भन्ने विषयमा जनचासो रहेको देखिएको छ । उक्त परीक्षामा उत्तीर्ण भएका विद्यार्थीले भाषा तथा सीपमा पनि उर्तीण गरेको २ महिना भित्रै जापान जान सक्ने मन्त्रालयले बताएको छ ।

तिनाउ मिसन डेभलपमेन्ट बैंकको सिइओमा प्रदीपकुमार श्रेष्ठ नियुक्त

काठमाडौँ । तिनाउ मिसन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा सम्पनी सचिवमा प्रदीपकुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई ४ वर्षका लागि नियुक्त गरेको बैंकका प्रबन्धक सुदर्शन थैवले बताए ।