शिवम् सिमेन्टमा १६ जनालाई जागिर खुल्यो, हेड सेल्स एण्ड मार्केटिङदेखि एकाउन्ट अफिसरसम्मलाई अवसर
काठमाडौँ । शिवम् सिमन्टमा १६ जनालाई जागिर खुलेको छ । कम्पनीले हेड अफ सेल्स एण्ड मार्केटिङ १ जना, बिजनेश डेभलपमेन्ट म्यानेजर १ जना, हेड अफ च्यानल सेल्स १ जना, विलो द लाइन म्यानेजर १ जना, हेड अफ प्रोजेक्ट सेल्स १ जना, एरिया सेल्स म्यानेजर ३ जना, सेल्स अफिसर ६ जना र एकाउण्ट अफिसर २ जनाको लागि आवेदन माग गरेको हो । योग्यता पुगेका इच्छुक उम्मेदवारले असार १३ गतेसम्म आवेदन दिनु पर्ने कम्पनीद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।
शिक्षक सेवा आयोगले खुलायो शिक्षक लाइसेन्स, शिक्षाशास्त्र नपढेकाहरुलाई समेत खुला
काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तहका लागि शिक्षक लाइसेन्स खुला गरेको छ । आयोगले प्राथमिक, निम्न माध्यामिक तथा माध्यामिक तहका लागि स्थायी अनुमतिपत्र तथा माध्यामिक तहमा लागि अस्थायी अनुमतिपत्र समेतका लागि त्यस्तो लाइसेन्स खुला गरेको हो । स्थायी अनुमतिपत्रका लागि आयोगले प्राथमिक तह र निम्न माध्यामिक तहका लागि लागि सम्बन्धित विषयमा प्रवीणता प्रमाणपत्र तह उर्तीण भई कम्तीमा १० महिना शिक्षा विषयमा तालिम लिएको हुनुपर्ने व्यवस्था गरेको छ । माध्यामिक तहको स्थायी अध्यपन अनुमतिपत्रका लागि पनि स्नातक तह उर्तीण भई १० महिनाको तालिमको ब्यवस्था गरिएको छ । अस्थायी अनुमतिपत्रका हकमा भने शैक्षिक योग्यता नै पर्याप्त हुनेछ । उक्त अनुमतिपत्र परीक्षाको पाठ्यक्रम आयोगको वेभसाइटमा रहेको समेत जनाइएको छ । उक्त परीक्षाको फर्म भर्ने अवधि असार २२ गतेसम्म तोकिएको छ, परीक्षाको तालिका भने पछि सार्वजनिक गरिने आयोगले जनाएको छ । फाराम अनलाइनमार्फत् भर्न सकिन्छ ।
कर्मचारी क्षमता अभिवृद्धि सम्वन्धी विएफआईएन र सिपिएससीबीच सम्झौता
काठमाडौं । कर्मचारी क्षमता अभिवृद्धि सम्वन्धी बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल (विएफआईएन) र कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी)का सम्झौता भएको छ । उक्त सम्झौतामा विएफआईएनको तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र सिपिएससीका तर्फबाट महानिर्देशक डा.रामहरि लामिछाने हस्ताक्षर गरेका हुन् । सोमबार नेपालको बित्तीय क्षेत्रका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि गर्ने सम्बन्धमा आपसी समझदारी पत्रमामनिला, फिलिपिन्समा हस्ताक्षर भएको छ । संयुक्त आयोजनामा फिलिपिन्सको मनिलामा संचालन गरिएको बैंक तथा वित्तीय संस्थाका संचालकहरुको लागि ५ दिने इग्जेक्यटिभ् लिडरशिप डिपलभमेन प्रोग्राम उद्घाटन समारोहमा उक्त पत्रमा हस्ताक्षर भएको हो ।