राष्ट्र बैंकको प्रवक्तामा गुणाकर भट्ट नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । बैंकले मंगलबारदेखि लागू हुने गरी डा. भट्टलाई प्रवक्ता पदमा नियुक्त गरेको हो । अर्थशास्त्रमा विद्यावारिधी गरेका नवनियुक्त प्रवक्ता डा.भट्ट अनुसन्धान विभागको कार्यकारी निर्देशक समेत हुन् । यसअघि राष्ट्र बैंकको प्रवक्ता पदको जिम्मेवारी लक्ष्मी प्रपन्न निरौलाले सम्हालेका थिए । उनी अनिवार्य अवकाशका लागि बिदामा बसेपछि बैंकले रिक्त प्रवक्ता पदमा डा. भट्टलाई नियुक्त गरेको हो । नियुक्त भएको दिनदेखिनै डा.भट्टले उक्त पदको जिम्मेवारी सम्हाल्ने छन् ।

प्रिमियर इन्स्योरेन्सको सीईओमा विश्वराम तिमिला, बीमा क्षेत्रमा ४ दशकको अनुभव

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा विश्वराम तिमिला नियुक्त भएका छन् । तिमिलाको नियुक्ती बीमा समितिले बिहीबार स्वीकार गरेको हो । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले स्वीकार गरेपछि मात्रै नियुक्तिले बैधता पाउँछ । प्रिमियर इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले ३ साताअघि तिमिलालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णयसहित स्वीकृतको लागि बीमा समिति पठाएको थियो । तिमिला यसअघि नेको इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए । नेकोबाट हटेको करिव ६ महिनाको कुलिङ पिरियडपछि उनी प्रिमियरमा प्रवेश गरेका हुन् । उनले बीमा क्षेत्रमा करिब ४ दशक बिताएका छन् । ओरेन्टल इन्स्योरेन्स कम्पनीमा १५ वर्ष र नेको इन्स्योस्योरेन्समा २३ वर्ष काम गरेका तिमिलाले नेको इन्स्योरेन्समा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका छन् । उनीसँग बीमा कम्पनीको फाइनान्स, अन्डरराइटिङ, मार्केटिकङलगायत सबै विभागमा काम गरेको अनुभव छ ।

रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स सम्पन्नः युवामा लगानी विषयमा बृहत छलफल

काठमाडौं । नेपाल र भुटानको आयोजनामा १२औँ रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स ललितपुरमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन रोटरी नेपालका डिष्ट्रिक्ट गभर्नर किरण लाल श्रेष्ठले गरेका हुन् । रोट्रयाक्टले आयोजना गर्ने वार्षिक कार्यक्रम अन्तर्गत १२औँ रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स भएको हो । सम्मेलनलाई सफल पार्न रोट्रयाक्ट क्लब अफ विराटनगर, महाबौद्ध, काष्ठमण्डप, पाटन वेस्ट र बालाजुले संयुक्त रूपमा व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए । नेपालभर १ सय २७ वटा रोट्रयाक्ट क्लब रहेका छ्न । जसमा ८२ वटा क्लब कन्फरेन्समा सहभागी रहेको डिष्टिक्ट रोट्रयाक्ट रिप्रिजेन्टेटिभ (डिआरआर) स्नेहा शाक्यले बताईन ।’युवामा लगानी’ (इन्भेष्टिंग इन युथ) विषयको सेरोफेरोमा रहेर सम्मेलनमा छलफल गरिएको थियो । विभिन्न क्षेत्रमा सफल भएका व्यक्तिहरुलाई सम्मेलनमा प्यानल डिस्कसनमा बोलाएर युवामा लगानी संगै अन्य विषयमा छलफल भएको हो । विगतका वर्षहरुमा जस्तै यसपालीको सम्मेलनमा पनि युवाहरुलाई लक्षित गरेर युवासंग सम्बन्धित विषयमा छलफल भएको उक्त समारोहमा युवाहरुलाई सकरात्मक उर्जा प्रदान गर्न र रोट्रयाक्ट र रोटरीको भुमिकाको बारेमा अवगत गराउनमा सहयोग पुगेको आयोजकले जनाएको छ । रोट्रयाक्ट क्लबका सदस्यहरुलाई हौसला प्रदान गर्न तथा ’युवामा लगानीमा’ विषयमा साझा पार्टिका संयोजक रविन्द्र मिश्रले आफ्नो जीवनी सहित पत्रकारिताको यात्रा देखि बिबिसि नेपाली सेवा र राजनीति यात्रा बारे उनले बताएका थिए । सम्मेलनमा प्यानलको थिम (वर्किंग टुगेदर कनेक्टींग द डट) मा समता फाउण्डेशन नेपालका कार्यकारी अध्यक्ष प्रदिप परियार, डेमोला फसिलिटेटर, डेमोला नेपाल संकायका उद्गम खड्का, रेडियो कान्तिपुरका उपसम्पादक दिवा भट्टराई र खोज पत्रकारिताकी केन्द्रकी अध्यक्ष नम्रता शर्माले सहकार्य बारे छलफल गरेका थिए । त्यस्तै अर्को प्लानल डिस्कसनमा विवेकशिल नेपाली दलकी रन्जु दर्शना, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सफल व्यापारी सौरभ ज्योतिले युवामा लगानी विषयमा छलफल गरेका थिए । जसको मोड्रेट निवर्तमान डिआरआर सौगात गौतमले गरेका थिए ।सम्मेलनको दोस्रो दिन रोट्रयाक्ट क्लब अफ दमौलीले मौलिक कौराहा नृत्य समेत प्रस्तुत गरेको थियो ।त्यस्तै विभिन्न सरोकारवालाहरूले युवामा कसरी लगानी गर्न प्रयास गर्न सकिन्छ भन्ने विषयमा सम्मेलन केन्द्रित रहेर विविध छलफल भएको थियो । सम्मेलनको दोस्रो दिन आगामी वर्षका लागि आगामी रोटा वर्ष २० – २१ का डिआरआर सन्जिव पौडेलले आफ्नो डिस्टिक्ट टिम र थिम (क्रियटिङ भ्यालु) समेत सार्वजनिक गरेका थिए ।आगामी रोटर्याक्ट नेपालका प्रमुख पौडेल नेतृत्वको वर्ष २०–२१ को टिममा सर्जेन्ट एट आर्म्समा सुदिप प्रसाई ठकुरी, पब्लिक रिलेसन अफिसरमा सुशान्त अधिकारी, क्रियटिभ लिडमा प्रकृति ढकाल, टेक्निकल अफिसरमा अनिल पाण्डे, मिडिया अफिसर विशन क्षेत्री र शिखर लाल डोटेल, प्रोफेसनल डिभलपमेन्टमा प्रवेश गौतम रहेका छन् । यस्तै, इन्टरनेशनल सर्भिस वृधिका सेन्चुरी , कम्युनिटी सर्भिस रेशम खड्का , क्लब सर्भिस डिरेक्टर सुनिल फुयाँल रहेका छन् ।ट्रेजरमा आशिष वाग्ले, असिस्टेन्ट ट्रेजरमा प्रकाश शर्मा, सृष्टि त्रिपाठी र आदर्श श्रेष्ठ, लिडरसिप ट्रेनरमा साविकराज न्यौपाने, असिस्टेन्ट लिडरसीप ट्रेनरमा ऋषभराज जोशी , बुद्दि जोगी र दिनेश अग्रवाल, सेक्रेटरी सम्विद घिमिरे, असिस्सटेन्ट सेक्रेटरीमा सुनिल घिमिरे, निर्भीक केसी र लक्ष्मण खरेल रहेका छन् । साथै १३ ओटा जोनका जेडआरआर पनि रहनेछन् । यस्तै, एडिआरआरमा आशिव कर्माचार्य, सन्नी गोयल र सागर मल्ल ठकुरी रहेका छन् । डिआरआर इलेक्टको रुपमा सुमित बज्राचार्य रहेका छन् । २ दिन चलेको कन्फरेन्स ‘युवामा लगानी’ विषयमा केन्द्रित थियो । त्यस्तै गरी डिष्टिक रोटर्याक्ट कमिटीमा सुन्दर अधिकारी, विरोध सुवेदि, अविन तुलाधर, दुर्गेश श्रेष्ठ र राहुल कैसधन रहेका छन् भने १३ जोन मध्ये जोन प्रमुख (जेडआरआर) का रूपमा क्रमश आकृति भण्डारी, निरज खनाल, सन्दिप पौडेल, विश्व दर्शन पराजुली, लोकराज पाण्डे, रितेश श्रेष्ठ, पुजा माली, डोल्मा शेर्पा, सदिक्क्षा कंडेल, मनिसा श्रेष्ठ, दिनेश गैह्रे, धनन्जय वर्नवाल, प्रकाश कर्नले रिप्रन्जेटेटिभ गर्ने कुरा आगामी बर्षका अध्यक्ष सन्जिव पौडेलले जानकारी दिए ।