स्पर्श लघुवित्तको सीपमूलक तालिम सम्पन्न

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाको नौडाँडा शाखाले सदस्यहरुको लागि आधारभुत तीन दिने क्रिष्टलका सामानहरु बनाउने तालिम सम्पन्न गरेको छ । कास्कीको नौडाँडामा माघ २ गते देखि शुरु भएको उक्त कार्यक्रममा वित्तीय संस्थाको २५ वटा केन्द्रका ३० जना सदस्यहरु सहभागी भएका थिए । तालिममा चुरा,पोते,औंठी,टप लगायतका सामग्रीहरु बनाउन सिकाइएको थियो । कार्यक्रमको समापनका क्रममा वित्तीय संस्थाका सहायक प्रवन्धक सुदिप आचार्यले प्रमाण–पत्र वितरण गर्दै, वित्तीय संस्थाले सदस्यहरुलाई कर्जा प्रवाह गर्नुका साथै यस्ता शिपमुलक तालिमहरु आयोजना गरि आम्दानीका स्रोत बढाउन तथा कर्जा सदुपयोग गर्न उत्प्रेरित गर्ने गरेको बताए साथै, वित्तीय संस्थाको संचालनमा रहेका २० वटै शाखा कार्यालयहरुमा यस्ता सीपमूलक तालिम संचालन गरिने बताएका छन् । कार्यक्रममा रविना रिजालले प्रशिक्षकको भुमिका निर्वाह गरेकी थिइन् ।

सेन्टर माईक्रोफाइनान्सको कार्यकारी अध्यक्षमा रेवत कार्की

काठमाडौं । डा. रेवतबहादुर कार्की सेन्टर फर माईक्रोफाइनान्स नेपाल (सीएमएफ)को कार्यकारी अध्यक्षमा नियुक्त भएका छन् । यससँगै उनले एक कार्यकालसम्म संस्थाको कार्यकारी अध्यक्ष पदको कार्यभार सम्हाल्ने छन् । नवनियुक्त कार्यकारी अध्यक्ष डा. कार्की यसअघि नेपाल धितोपत्र बोर्डको अध्यक्ष थिए । बोर्डको अध्यक्ष हुनुभन्दा पहिला उनले साेही संस्थामा प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका थिए । बोर्डमा ४ वर्षे कार्यकाल सकेर बिदा भएका कार्कीले त्यसअघि बाेर्डकै सञ्चालकको रुपमा जिम्मेवार सम्हालेका थिए । साथै, उनले वाणिज्य बैंककाे अध्यक्ष, मध्यपश्चिममाञ्चल ग्रामीण विकास बैंकको कार्यकारी निर्देशक र नेपाल स्टक एक्स्चेञ्जको महाप्रबन्धक भई काम गरेका थिए । यससँगै उनले अन्तराष्ट्रिय मुद्रा कोषमा सल्लाकार भएर करिब तीन वर्ष काम गरेका थिए । डा. नेपाल राष्ट्र बैंकबाट अवकाश पाएका व्यक्ति हुन् । डा. कार्कीले भारतको मगधा विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका थिए ।

लक्ष्मी बैंकको अध्यक्षमा सुशिल घिमिरे

काठमाडौं । लक्ष्मी बैंकको अध्यक्षमा सुशिल घिमिरे नियुक्त भएका छन् । सोमबार बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष घिमिरेले नियुक्त भएकै दिन अर्थात माघ २ गतेदेखि उक्त पदको कार्यभार सम्हालेका छन् ।