वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने शव ढुवानी बाहेक सम्पूर्ण सेवा बन्द

काठमाडौं । वैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान गरिने शव ढुवानी बाहेकका सम्पूर्ण सेवाहरु बन्द हुने भएको छ । प्रधानमन्त्रीको सम्बोधन समेत अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गर्ने निर्देशन दिएसँगै बन्द गर्ने निर्णय गरेकाे हाे । उक्त निर्देशन र भैपरी आउने जोखिमलाई न्यूनीकरण गर्न वैदेशिक रोजगार विभागले उक्त अर्काे सूचना नआए सम्मका लागि शव दुवानी बाहेक सबै सेवा बन्द गरेको जानकारी दिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सभा समारोह लगायत ठूला÷साना जमघट नगर्न निर्देशन दिएको थियो । महामारीको रुपमा विश्वव्यापी कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संघले घोषणा गरेको छ ।  

श्रममन्त्रालयले गर्याे कोरोना संक्रमण व्यवस्थापन समिति गठन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना संक्रमणबाट उत्पन्न विपद् व्यवस्थापन समिति गठन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा उक्त गठन भएको हो । वैदेशिक रोजगारीमा सिर्जना हुने भैपरि आउने विषय समस्या कसरी व्यवस्थापन गर्ने भन्ने विषय छलफल भइरहको वैदेशिक रोजगार व्यवसायी संघको महासचिव सुजित श्रेष्ठले जानकारी दिए । विभागका महानिर्देशक दाहालको संयोजकत्वमा विपद् व्यवस्थापन समितिको पहिलो बैंठक भइरहेको महसचिव श्रेष्ठले बताए । उनले भने ‘वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्या तथा समाधानका लागि सो मुलुकका सम्बन्धि निकायसँग समन्वय भइरहेको छ ।’ वैदेशिक रोजगारीमा रहेका मानिसहरु फर्किने अवस्था वैदेशिक रोजगार व्यवसायी, सरकार तथा ले के गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर कुरा छलफल हुने जानकारी दिए ।

युएई रहेका नेपालीलाई नआत्तिन राजदूतावासले गर्याे अनुराेध

युएई । संयुक्त अरब इमिरेट्स (युएई) को लागि नेपाली राजदूतवासले सम्पूर्ण नेपालीलाई नआत्तिन आग्रह गरेका छन् । युएईमा कार्यरत रहेका नेपालीहरुलाई सामूहिक रुपमा फर्काइन सक्ने भन्ने समाचारलाई ध्यानमा राख्दै त्यो सारा समाचारले भ्रम फैलाएको भन्दै दूतावासले सूचना प्रकाशन गरेको छ । युएईमा कोरोना भाइरसको प्रभाव तुलनात्मक रुपमा कम देखिएसँगै युएई सरकारले चालेका नीति तथा कार्यक्रमको प्रभाव देखिएको जानकारी दिएको छ । युएईमा रहेका नेपालीको हित र सुरक्षाका लागि राजदूतावास युएई सरकारका सम्बन्धित निकायहरुसँग निरन्तर सम्पर्कमा रहेको राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिए । ‘हामीले आवश्यक सहयोग र सद्धाव पाएका छौं, सबैसँग सम्पर्कमा नियमित रुपमा हुन्छ’ उनले भने । यहाँ रहेका सम्पूर्ण नेपालीलाई सामुहिक रुपमा नेपाल फर्काउने भन्ने गलत प्रचार दूतावासको ध्यान केन्द्रित जानकारी दिएका छन् ।