प्रवासीलाई रोजगारी गुम्ने चिन्ता, अशक्त र महिलालाई नेपाल ल्याउने तयारी गरिँदै
काठमाडौं । कोरोनाको महामारी फैलिएसँगै प्रवासीले विभिन्न गुनासाहरु गर्न थालेका छन् । उनीहरुले सम्बन्धित देशका दूतावाससँग गुनासो गर्न थालेका हुन् । रोजगारीका लागि विदेश गएका नेपालीहरू अहिले बेरोजगार बन्ने चिन्ता लगायतका विभिन्न समस्याले दुतावाससँग गुनासो गर्नेको संख्यामा दिनप्रति दिन बढ्दै गएको हो । नेपालीको रोजगार गन्तव्य मुलुकमा पछिल्ला समयमा कोरोनाको संक्रमण बढेसँगै रोजगारी गुमाएर तथा भिसा अवधि सकिएर बसेका ६० हजार नेपालीले गुनासो विभिन्न वैदेशिक रोजगार व्यवसायीमा आएको छ । ७५ प्रतिशत नेपाली भिसा अवधि सकिएर बसेको र २५ प्रतिशत भने रोजगारदाता कम्पनी नै बन्द भएको गुनासो आएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए । दुवई, कुवेत, बहराइनमा रहेका धेरै नेपालीले रोजगारी गुमेको गुनासो गरेको उनले जानकारी दिए । कोरोना भाइरसको कारण धेरैले रोजगारी समेत गुमाइसकेका छन् । करिब ७० हजार नेपाली श्रमिक रहेको कुवेतमा ५१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भइसकेको राजदूत भण्डारीले जानकारी दिए । कुवेत सरकारले अप्रिल एकदेखि आममाफी घोषणा गरेपनि नेपाल अन्य अर्थात २५ अप्रिलदेखि परेको हुँदा २६ र २७ तारिकको अनुपात अनुसार करिब ३ हजार नेपाली आममाफीको माध्यमबाट नेपाल आउन सक्ने सम्भावना रहेको जनाएका छन् । करिब ६५ लाख नेपाली अध्ययन, रोजगार, व्यवसाय तथा अन्य कारण विभिन्न देशमा रहेका छन् । त्यस्तै वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार रोजगारी कै लागि ४३ लाखभन्दा बढी नेपाली विभिन्न देशमा कार्यरत छन् । अशक्त तथा महिलालाई स्वदेश ल्याउने तयारी भइरहेको छः श्रममन्त्री श्रम राेजगार तथा सामाजिक सुरक्षाा मन्त्री रामेश्वर राय यादवले अशक्त तथा महिलालाई स्वदेश ल्याउने तयारी भइरहेको बताएका छन् । उनले समस्यामा परेका नेपालीको अवस्थालाई मध्यनजर गर्दै विशेष गरेर अशक्त तथा महिलालाई छिटो स्वदेश फर्काउन सहयोग गर्न दूतावासलाई अनुरोध गरिएको जानकारी दिए । सरकार बीच समन्वय गराउने काम भइरहेका बताएका छन् । उनले विदेशमा रहेका नेपालीहरुको समस्यालाई लिएर अविभावकत्व निर्वाह गर्न दूतावासलाई पनि आग्रह गरिसकेको जानकारी दिए । ‘विदेशमा रोजगारी गुमेका नेपालीले चिन्ता लिनु पर्दैन, रोजगार गुमाए ब्यवस्थापन गर्न नेपाल सरकार तयार छ, उनीहरुलाई कसरी स्वदेश ल्याउने भन्ने विषयमा परराष्ट्रमन्त्रालयको सहयोग तथा अन्य सम्बन्धित निकायसँग बसेर गृहकार्य भइरहेको छ,’ उनले भने । ‘कोरोना मुक्त भएर मात्र विदेशमा रहेका नेपाली स्वदेश भित्रिनुहोस्, नेपालको आर्थिक स्थिति तथा जनशक्ति एवंम भौतिक सामाग्रीको अवस्था प्रयाप्त भएको हुँदा झन समस्या देखिनेछ,‘ श्रममन्त्री राय यादव भने । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएकोले नेपालीको रोजगार गुम्नेदेखि स्वदेश कसरी फिर्ता हुने भन्ने चिन्ता बढ्दै गएको कुवेतस्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । कुवेतस्थित राजदूत भण्डारीले भने, ‘कुवेत सरकारले अवैधानिक बसेका सबैलाई आम माफी दिई घर फर्काउँदै गर्दा श्रमिकले दिने जरिवाना कुवेत सरकारले तिर्ने, गन्तव्य देशसम्म निशुल्क यातायातको व्यवस्था तथा उक्त देशमा काम गर्न पुन फर्किन चाहेमा पनि व्यवस्था गरिदिने उनको भनाई छ । जसमा ७ हजार नेपाली भिसा अवधि सकिएका र राहदानी भई अवैधानिक रुपमा बस्दै आएका नेपाली रहेका छन् । नेपाल सरकारले स्वीकृति दिएसँगै कुवेतमा रहेका धेरै नेपाली स्वदेश फर्किने तयारीमा रहेको राजदूत भण्डारीले जानकारी दिए । हालसम्म ओमानमा कुनै पनि नेपालीमा कोरोना संक्रमण नदेखिएको जानकारी दिँदै नेपालका लागि ओमानकी राजदूत शर्मिला पराजुलीले कोरोना महामारीसँगै विभिन्न मुलुकमा रहेका धेरै नेपालीको रोजगारी गुम्ने हुँदा सरकारले स्वदेशमा नै उत्पादन तथा रोजगारीको अवस्था खोज्नु पर्ने बताएकी छन् । विश्व बजारमा तेलको मूल्यमा घटेसँगै खाडी मुलुकमा रहेको धेरै नेपालीको रोजगारी गुम्न सक्ने सम्भावना रहेको उनले बताइन् । कोरोनाको त्राससँगै जागिर गुम्ने हो कि भन्ने एक खालको चिन्ता पैदा भएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासको भनाई छ । बहराईन तथा अन्य देशमा मझौला तथा साना कम्पनीमा काम गर्ने नेपालीको रोजगारी गुमिसकेको छ भने कतिपय नेपाली बेतलबी तथा तलब कटौती भएको गुनासो आएको बहराइनका राजदूत सुन्दासले बताए । हालसम्म बहराइन ४९ जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चीनबाट उत्पत्ति भएको कोरोना भाइरसले भाइरसले विश्वमा ३० लाख ८३ हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने २ लाख १२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
विदेशमा रहेका ६० हजार नेपाली सम्पर्कमा, २५ प्रतिशतले गरे रोजगारी गुमाएको गुनासो
काठमाडौं । वैदेशिक रोजगारमा रहेका ६० हजार नेपालीले वैदेशिक रोजगार व्यवसायीलाई सम्पर्क गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले वैदेशिक रोजगारीमा युएई, कुवेत, बहराइनमा रहेका धेरै नेपालीले वैदेशिक रोजगार व्यवसायीलाई समस्या र अवस्थाको बारेमा जानकारी दिएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिए । ‘विभिन्न देशबाट करिब ६० हजार नेपालीले आफूहरु समस्यामा परेको बताईरहेका छन् । जसमा ७५ प्रतिशत नेपाली श्रमिकले आफ्नो भिसा अवधि सकिएको हुँदा अब हामी नेपाल कहिले, कसरी आउने भन्ने गुनासो छ भने २५ प्रतिशत नेपालीले आफ्नो रोजगार गुमाएको गुनासो पोखेका छन्’ महासचिव श्रेष्ठले भने । विश्वमा कोरोनाको कहर बढ्दै गएसँगै वैदेशिक रोजगारीमा ठूलो चुनौती पैँदा गरेको छ । यो समयमा वैदेशिक रोजगारमा रहेका नेपालीको अवस्था र कसरी नेपाली सुरक्षित तथा समस्यामा परेकालाई उद्धार गर्ने भन्ने विषयमा सरकारले स्पष्ट नितिको नियमको बारेमा श्रममन्त्रालय, परराष्ट्रमन्त्रालय तथा सम्बन्धि विभिन्न निकायहरु बीच छलफल भइरहेको श्रममन्त्रालयले जानकारी दिएको छ । वैदेशिक रोजगारीकै लागि करिब ४३ लाखभन्दा बढी नेपाली बाहिरिएका छन् भने अध्ययन, व्यवसायिक तथा अन्य विभिन्नकामा गरी जम्मा ६५ लाख नेपालीहरु विदेशमा रहेको छन् । एनआरएनको पछिल्लो तथ्यांक अनुसार विश्वमा ४९ जना नेपाली कोरोना भाइरसकै कारण विश्व भइसकेको र करिब दुई हजार संक्रमित रहेक छन् ।
टर्कीमा रहेका नेपालीद्वारा स्वदेश फिर्तीको आग्रह
काठमाडौं । टर्कीमा अवैधानिकरूपमा बस्दै आएका नेपालीहरुले स्वदेश फिर्तीका लागि पहल गरिदिन सरकारलाई आग्रह गरेका छन् । कोरोना भाइरसको जोखिम रहेको अवस्थामा टर्की सरकारले हाल स्वदेश फर्किने वातावरण बनाइदिएको भन्दै सो माग गरेका हुन् । ‘टर्की नेपाली समाज’ले टर्कीसमेत हेर्ने पाकिस्तानस्थित नेपाली राजदूतावासलाई एक पत्रमार्फत लकडाउन जारी गरिएसँगै हजारौंको सङ्ख्यामा टर्कीमा अवैधानिकरूपमा रहेका नेपालीको अवस्था कठिन बन्दै गएको जानकारी गराएको छ । समाजका अध्यक्ष उज्वलकुमार घिसिङले वैधानिक श्रमिकले समेत रोजगारी गुमाउनुपर्ने वा बेतलबी बिदामा बस्नुपर्दाको पीडाले झन् निराशा सिर्जना गरिसकेको उल्लेख गरे । उनका अनुसार कोरोना भाइरसले विश्वलाई नै आक्रान्त बनाइरहेको कठिन अवस्थालाई ध्यानमा राखेर टर्की सरकारले अवैधानिक आप्रवासी कामदारका लागि जरिवाना मिनाहा र आममाफीको निर्णय गरी स्वदेश फिर्तीका लागि प्रक्रिया शुरु गरिसकेको छ । सुविधासहित घर फर्किन टर्की सरकारले दिएको समयसीमा सकिनासाथ अवैधानिक श्रमिकमाथि कारवाही हुने खतरा रहेको जनाउँदै समाजले स्वदेश फिर्तीका लागि पहल गरिदिन इस्लामावादस्थित नेपाली राजदूतावाससमक्ष अनुरोध गरेको छ । यस सम्बन्धमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले पाकिस्तानस्थित नेपाली राजदूतावासमार्फत टर्कीमा रहेका नेपालीको अवस्था र स्वास्थ्यस्थितिका बारे चासो लिँदै सहयोगका लागि त्यहाँको सरकारसँग समन्वयमा रहेको जनाए । टर्कीमा रहेका नेपालीका समस्याबारे गैरआवासीय नेपाली सङ्घले पनि आवश्यक चासो लिई सहयोगका लागि पहल गरिरहेको सङ्घको ‘कोभिड–१९ उच्चस्तरीय समिति’ अन्तर्गतको स्वास्थ्य समितिका सदस्य अतुल कोइरालाले जानकारी दिए । रासस