खर्च व्यहोर्नेलाई होटल, अन्यलाई स्थानीय क्वारेन्टिन
काठमाडाैं । विदेशबाट घर फर्कने काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टिनको तयारी गरिएको छ । आफैं खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टिन तथा नसक्नेलाई स्थानीय क्वारेन्टिनमा राख्ने तयारी गरिएको हो । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले स्वेच्छिकरूपमा होटल क्वारेन्टिनमा समेत राख्न सक्ने व्यवस्था भएअनुसार होटल क्वारेन्टिन व्यवस्थित गर्न जिल्लास्थित होटल व्यवसायीसँग समन्वय भइरहेको जनाएको छ । केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले विदेशबाट फर्किएकामध्ये आफैं खर्च व्यहोर्न सक्नेलाई होटल क्वारेन्टिन तथा नसक्नेलाई स्थानीय क्वारेन्टिनमा राख्ने तयारी गरिएको बताए । उनले भने, “होटल व्यवसायीले क्वारेन्टिन व्यवस्थित गर्न सहयोग गर्ने भएका छन्, हामी होटललाई समेत क्वारेन्टिन बनाउने तयारीमा जुटिसकेका छौँ ।” नेपाल–भारत सीमानाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएका काभ्रेलीलाई सम्बन्धित व्यक्तिको बसोबास रहेको स्थानीय तहसम्म पुर्याउन स्पष्ट ठेगानासहित सूचना आदान–प्रदान गर्न र सहजीकरण गर्न धुलिखेलस्थित नेपाली सेनाको विष्णुदल गणलाई जिम्मेवारी दिइएको छ । साथै स्थानीय तहमा रहेका क्वारेन्टिनलाई १ सय श्ययाको बनाउने तयारीसमेत भइरहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हालसम्म भारतबाट आएका करिब ३ सय काभ्रेली स्थानीय तहका क्वारेन्टिनमा बसेका छन् । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहलगायत सङ्घसंस्थामा हालसम्म ६ सय ४३ श्ययाको क्वारेन्टिन व्यवस्थित छन् । “अन्य देशबाट समेत काभ्रेली आउने भएपछि स्थानीय तहका क्वारेन्टिनको क्षमता विस्तार गर्दै सातदेखि १ सय श्ययाको बनाउन लागेका छौं”, कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टका सदस्य एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भने । उनका अनुसार भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बसेकालाई हालसम्म कोरोना भाइरस सङ्क्रमण देखिएको छैन । मजदुरीलगायत विभिन्न कामका सिलसिलामा जिल्लाका १ हजार १ सय २५ भारतमा बस्दै आएको तथ्याङ्क छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट आएका काभ्रेलीलाई काठमाडौंस्थित वाग्मती प्रदेशको होल्डिङ सेन्टरमा राखिनेछ । जिल्ला प्रशासन कर्यालयको समन्वयमा सम्बन्धित स्थानीय तहमा जानकारी गराइ होटल बस्ने वा स्थानीय क्वारेन्टिन बस्नेबारे निर्णयपछि सोहीअनुसार गरिने झाले बताए । उनका अनुसार विदेशबाट आउने पिसीआर परीक्षण गरेर आएका हुन्छन् । “होटल वा अन्य क्वारेन्टिनमा बसाइका बेला तथा समयावधि सकिएपछि पनि कोरोना भाइरसको सङ्क्रमण देखिए तत्काल परीक्षण गरिनेछ भने सङ्क्रमण नदेखिएकालाई होम क्वारेन्टिनमा बसाइनेछ”, झाले भने । सरकारले आजदेखि विदेशमा रहेका नेपालीलाई क्रमैसँग स्वदेश फर्काउने तयारी गरेको हो । सरकारद्वारा जारी निर्देशिकामा सम्बन्धित स्थानीय तहले आफ्ना नागरिकलाई १४ दिन क्वारेन्टिन र थप सात दिन होम क्वारेन्टिनमा राख्नुपर्ने प्रावधान छ । भारतलगायत विभिन्न देशमा ११ हजार ५ सय ८७ काभ्रेली रहेको पोष्टको तथ्याङ्कले देखाएको छ । यसअघि गत साल माघ महिनायता ४ सय ५१ विदेशिएका काभ्रेपलाञ्चोकस्थित घर फर्किएका थिए । त्यतिबेला भने २७ देशबाट घर फर्किएकामध्ये भारतपछि दुवईबाट फर्कनेको सङ्ख्या अधिक रहेको तथ्याङ्कले देखाएको छ । रासस
जागीर खाने सोच्दै हुनुहुन्छ ? यसरी गर्नुहोस् ईन्टरभ्यूको तयारी
एउटा राम्रो संस्था, राम्रो कम्पनी, इज्जतदार नोकरी र दिगो पेशा रोज्न खोज्नु अनि पेशागत मान–प्रतिष्ठाका साथै आर्थिक रुपमा सवल र सक्षम हुन खोज्नु आजका हरेक युवाको चाहना हो । ईन्टरभ्युलाई नोकरीको लागि छनौट प्रकृयाको अन्तिम कडीका रुपमा लिन सकिन्छ । तपाईंले कुनै निश्चित स्थानमा नोकरी पाउने वा नपाउने भन्ने कुराको निर्धारण इन्टरभ्यूले नै गर्ने हुनाले तपाईंले ईन्टरभ्यूमा आफुलाई प्रतिस्पर्धि सामु खरो रुपमा उतार्नु पर्ने हुन्छ । ईन्टरभ्यूको तयारी राम्रो सँग नगरेको कारणले हात लागिसकेको नोकरी पनि फुत्केका उदाहरणहरु प्रशस्तै पाइन्छन् । त्यसैले तपाईं यदी नोकरीको खोजीमा हुनुहुन्छ भने तल दिइएका कुराहरुलाई ध्यानमा राखेर ईन्टरभ्युको तयारी गर्नुहोस् । कम्पनीको बारेमा राम्रो सँग बुझ्नुहोस् ईन्टरभ्यूको तयारी गर्दा सबैभन्दा पहिले तपाईंले ईन्टरभ्यू दिन लाग्नुभएको कम्पनीको बारेमा राम्रोसँग बुझ्नु पर्ने हुन्छ । व्यवस्थापकहरुले आफ्ना कर्मचारीले कम्पनीको बारेमा राम्रो सँग जानकारी प्राप्त गरेको होस् भन्ने चाहने हुनाले “तपाईंलाई यो कम्पनीको बारेमा के थाहा छ ?” भनी अक्सर सोध्ने गरेको पाइन्छ । त्यसैकारण, तपाईंले इन्टरभ्यूको तयारी गर्ने क्रममा सम्बन्धीत कम्पनीको वारेमा राम्रो सँग अध्ययन गर्नु जरुरी हुन्छ । स्किल, क्वालिफिकेशन र नोकरीका बिच तालमेल मिलाउनुहोस् तपाईंमा सम्बन्धित नोकरीप्रतिको स्किल कस्तो छ, क्वालिफिकेशन मिल्छ मिल्दैन, यो नोकरी तपाईंलाई सुहाउँदो छ कि छैन ? नोकरी गरेर भविश्यमा पछुताउनु पो पर्ने हो कि भन्ने जस्ता कुराहरुमा विचार गर्नुहोस् । नोकरी यस्तो रोज्नुस् जुन जीवनभरी बोझका रुपमा नभएर काम गर्दा मज्जा आओस् । यसका लागि तपाईंले स्किल, क्वालिफिकेशन र नोकरीका बिच तालमेल मिलाउन जरुरी छ । सामान्यतया सोधिने प्रश्नहरुको सुची तयार गर्नुहोस् ईन्टरभ्यूको तयारी गरिरहँदा सामान्यतया सोधिने प्रश्नहरुको सूची तयार पार्नुहोस् । जस्तै – तपाईंमा त्यस्तो के छ ? तपाईंलाई हामीले किन छनौट गर्ने ? तपाईं हाम्रो कम्पनीलाई कसरी अगाडि बढाउनु हुन्छ ? केही भिजन छ तपाईंमा ? जस्ता प्रश्नहरु हरेक ईन्टरभ्यूमा अक्सर सोधिने गर्दछन् । घरमै पटक–पटक ईन्टरभ्यूको रिहल्सल गर्नुहोस् धेरैजसो मानिसहरु ईन्टरभ्यू दिने क्रममा नर्भस महसुस गर्ने, सजिला प्रश्नहरुको उत्तर पनि राम्ररी नदिने, भक्भकाउने जस्ता क्रियाकलाप गरेर ईन्टरभ्यू बिगार्ने गर्दछन् । त्यसैले तपाईंले यस कुरालाई ध्यानमा राख्दै ईन्टरभ्यूको तयारीका क्रममा धेरै पटक ईन्टरभ्युको रिहल्सल गर्नुहोस् । राम्रोसँग डकुमेन्टेशन गर्नुहोस् ईन्टरभ्यू दिनुभन्दा अगाडि नोकरीसँग सम्बन्धित आबश्यक कागजपत्रहरु जस्तै – योग्यताको सम्पूर्ण र्सिर्टफिकेटहरु, अनुभवका पत्रहरु, तालिम, गोस्ठि तथा सेमिनारमा पाएका प्रमाणपत्रहरु तयार पारेर राख्नुहोस् । लगाउने कपडाको छनौट गर्नुहोस् ईन्टरभ्यू दिन जाँदा आफूलाई सामान्य रुपमा प्रस्तुत गर्नु राम्रो हुन्छ । महँगो लुगाभन्दा पनि सफा, चिटिक्क परेको लुगा लगाउनु राम्रो हो । तपाईको पहिरनबाट नै तपाईको बाहिरी रुप झल्किने हुनाले र त्यसैगरी कम्पनीले पनि आफ्ना कर्मचारीहरु साधारण नै होस् भन्ने चाहने हुनाले गर्दा तपाईंले आफूलाई धेरै हाइफाइ रुपमा प्रस्तुत नगर्ने खालको कपडाको छनौट गर्नु राम्रो हुन्छ । लोकेशन पहिल्यै निश्चित गर्नुहोस् कतिपय व्यक्तिहरु ईन्टरभ्यू दिन जाने कार्यालयको लोकेशन पहिल्यै थाहा नपाउँदा ईन्टरभ्युको दिन केही ढिला हस्याङ फस्याङ गर्दै पुग्ने गर्दछन् जसबाट उसको इन्टरभ्यूमा पनि नकारात्मक प्रभाव पर्न जान्छ । त्यसैले ईन्टरभ्यूको दिनमात्र सो कार्यालय खोज्नु भन्दा बरु केही दिन अघिनै तपाईं लोकेशनसम्म पुगेर त्यसको वारेमा निश्चिन्त हुनुहोस् । समयभन्दा अगाडि पुग्नुहोस् ईन्टरभ्युमा तोकिएको समयभन्दा करीब आधा घण्टा अगावै पुग्नु जरुरी हुन्छ । जुनसुकै कम्पनीमा पनि समयको महत्व अति आवश्यक हुने भएकोले तपाईं समय अगावै पुग्नुहोस् । यसबाट तपाईंले समयलाई ख्याल गरेको पनि देखिन्छ भने तपाईप्रति कम्पनीको धारणा पनि सकारात्मक देखाउन मद्दत पुग्दछ । तोकिएको समयभन्दा केही वेर अघि पुग्नुभयो भने तपाईं आफू पनि त्यहाँको वातावरणलाई आत्मसाथ गर्न सफल हुनुहुनेछ । आत्मविश्वासका साथ प्रस्तुत हुनुहोस् अहिलेको प्रतिष्पर्धात्मक समयमा हरेक कम्पनीले आत्मविश्वासी कर्मचारीहरुलाई मात्र नोकरीमा राख्न मन पराउँछन् । त्यसैले तपाईं पनि इन्टरभ्यूको समयमा आत्मबिश्वासी भएर प्रस्तुत हुनुहोस् । वास्तवमा, ईन्टरभ्यू नै तपाईलाई छनौट गरिने अन्तिम कडि भएकोले गर्दा माथि बताइएका उपायहरुमा ध्यान दिनुहोस् । त्यसैगरी उपरोक्त उपायहरुका अलावा बडि ल्याङ्वेज, बोलीको हाउभाउ, सोधिएको प्रश्नका उत्तर दिने शैली, ईन्टरभ्यू दिन कोठामा प्रवेश गर्दा देखाउने आदर लगायतका स–साना कुराले पनि अति महत्व राख्ने गर्दछ । बिराटनगर–५ [email protected]
लुफ्थान्सा एयरलाइन्स २ अर्ब ३० डलर नोक्सानीमा, हजाराैं कर्मचारीकाे राेजगारी धरापमा
काठमाडाैं । जर्मन एयरलाइन्स कम्पनी लुफ्थान्साले पहिलो चौमासिक अवधिमा दुई अर्ब ३० करोड अमेरिकी डलर (२.१ अर्ब युरो) नोक्सानी भएकोजनाएको छ । कोरोनाभाइरसले उत्पन्न गरेकाे लकडाउकाे कारण हवाई सेवा ठप्प हुँदा साे क्षति व्यहाेर्नु परेकाे जनाइएकाे छ । तथापि सन् २०१९ को यही अवधिमा पनि लुफ्थान्सालाई करिब ३४ करोड २० लाख युरो घाटा लागेको थियो । यस समूहसँग रहेका कूल ७ सय ६० वटा विमानमध्ये ३ सय वटा विमान अर्को वर्षसम्म त्यतिकै थन्किने छन् भने २ सय वटा विमानलाई सन् २०२२ सम्म पार्किङमा राख्नु पर्नेछ । बिमानको संख्या, उडान संख्या र गन्तव्य मुलुकमा उडानको अस्थिरता रहेका कारण यस कम्पनीमा आबद्ध ठूलो संख्याका कर्मचारीको रोजगारी गुम्ने खतरा उत्पन्न भएको छ । एएफपी