बहराइन थप ३१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं । बहराइनमा थप ३१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय बहराइनमा रहेका नेपालीमा कोरोना बढ्दो क्रममा देखिन थालेको छ । हालसम्म बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १ सय ५७ पुगेको छ । बहराइनमा हालसम्म ३ हजार ३७ जना मानिस कोरोना संक्रमित छन् भने ८ जनाका भईसकेको छ । त्यस्तै १ हजार ४ सय ९५ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
बहराइनमा मंगलबार मात्रै ७७ जना नेपालीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं । बहराइनमा मंगलवार ७७ जना नेपाली कामदार कोरोना भाइरस (कोभिड १९ ) बाट संक्रमित भएका छन् । यसअघि त्यहाँ ४९ जनामात्र संक्रमित रहेका थिए । बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटा सुपरमार्केट र ३ वटा फरक फरक कम्पनीमा काम गर्ने नेपाली कामदारहरुलाई संक्रमण देखिएको मंगलबार पुष्टी भएको जानकारी दिएको छ । ३५ हजार नेपाली कार्यरत बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १२६ जना पुगेको छ । बहराइनमा कुल २ हजार ८ सय १० जना संक्रमित रहेका छन् । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले संक्रमित नेपाली कामदारहरुलाई अन्य कामदारबाट अलग्याउने काम भइरहेको जानकारी दिदै अवस्था संवेदनशील रहेका बताए । मंगलबार मात्रै त्यहाँ ८७ जना संक्रमित थपिएका हुन । अहिलेसम्म त्यहाँ कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको छ । बहराइनमा हालसम्म २ हजार ८ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कुवेतमा थप ६ जना नेपाली काेराेना संक्रमित, १५ सयभन्दा बढीकाे ट्राभल डकुमेन्ट तयार
काठमाडौं । कुवेतमा पछिल्लो २४ घण्टामा ६ जना नेपाली कोरोना भाइरस संक्रमित भएका छन् । हालसम्म ५१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको कुवेत स्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताएका छन् । त्यस्तै कुवेतस्थित नेपाली दुतावासले ४ दिनमा अवैधानिक रुपमा बसेका एक हजार पाँच सयभन्दा बढी नेपालीको ट्राभल डकुमेन्ट तयार गरेको जानकारी दिएकाे छ । २५ अप्रिल देखि नेपाल लगायत अन्य देशका अवैधानिक बसेका नागरिकलाई जरिवाना छुट्, गन्तव्य मुलुकसम्म निशुल्क टिकटको व्यवस्था कुवेत सरकारले शुरु गरेको हो । पछिल्ला दिनमा कोरोना संक्रमित बढ्दै गएसँगै नेपालीमा स्वदेश फर्किने चाहना बढ्दै गएकाे र लकडाउन खुलेसँगै धेरै नेपाली घर फर्किने देखिएकाे राजदुत भण्डारी जानकारी दिए । ७० हजार नेपाली कामदार रहेको कुवेतमा करिब ७ हजार नेपाली अवैधानिक रुपमा बस्दै आएको दूतावासले जानकारी दिएको छ । अप्रिल एक तारिक देखि कुवेत सरकारले अवैधानिक रुपमा बसेका सबै देशका नागरिकलाई आममाफी घोषणा गरेको थियो ।