डेढ करोडको लगानीमा स्याङ्जामा क्यारेट उद्योग संचालन, १७ जनालाई रोजगारी

स्याङ्जा । हामीमध्ये धेरैले प्रयोग भइसकेका कागज, कार्टुनहरुलाई फोहोरका रुपमा डष्टविनमा फाल्छौं होला ! त्यसले फोहोरको मात्रा त बढाउँछ नै, उचित व्यवस्थापन गर्न नसक्दा वरिपरिको सुन्दरता नै मेटिदिन्छ र वातावरण प्रदुषण गर्छ । तर यिनै फालिने कागजजन्य वस्तुबाट अण्डाको क्यारेट बनाएर स्याङ्जाका महिला उद्यमीले राम्रो आम्दानी गर्न थालेका छन् । खेर जाने कागजको सदुपयोग गर्दै स्याङ्जाको पुतलीबजार नगरपालिकामा महिलाहरु राम्रो आम्दानी गरिरहेका छन । नगरपालिकाको वडा नम्बर ३ मा क्वालिटी प्याकेजिङ प्राली नामको कम्पनी स्थापना गरेर महिलाहरु फालिने कागज, कार्टुनलाई कच्चा पदार्थको रुपमा प्रयोग गरी क्यारेट उत्पादन गरिरहेका छन । स्थानीय ३ जना महिलाहरुले झण्डै डेढ करोडको लगानीमा क्यारेट उद्योग संचालनमा ल्याएका हुन् । जिल्लामा कुखुरा पालन गर्ने फर्महरु बढेसँगै क्यारेटको माग बढेकाले उद्योग संचालनमा ल्याएको कम्पनीका प्रवन्ध निर्देशक लेखनाथ शर्माले बताए । उद्योगले अहिले प्रतिदिन १० हजार क्यारेट उत्पादन गरिहरहे कम्पनीले उत्पादित क्यारेट स्याङ्जाका पोल्ट्री फार्मसँगै, पोखरा, वाग्लुङ, लम्जुङसम्म विक्रि हुने गरेको छ । ग्रामिण क्षेत्रमा उद्योग सञ्चालन गर्दा सरकारी क्षेत्रबाट कुनै सहयोग नभएपछि कच्चा पदार्थ ढुवानीका लागि सडक र उद्योग सञ्चालनका लागि विद्युत आपूर्तिको व्यवस्था समेत आफैले गर्नुपरेको उनले बताए । कागज, किताव, कापी, पत्रिका, कार्टुन लगायत कागजी सामाग्रीलाई प्रशोधन गरी क्यारेट बनाइन्छ । पानी र कागजलाई मिलाएर मेशिनमा राखेपछि मेशिनले क्यारेट तयार पार्दछ र करिब ५ घण्टा घाममा सुकाएपछि क्यारेट तयार हुन्छ । कम्पनीले फालिने कागजहरु घरघर मै गएर किन्ने गरेको छ । प्रयोगमा आएका कागजजन्य वस्तुहरु फाल्न फोहोरको ट्याक्टर कुर्नेहरु अहिले त्यही कागज विक्रि गर्ने गरिएको स्थानीय व्यवसायीहरु बताउँछन । कम्पनीले कागजको गुणस्तर हेरी प्रतिकिलो १५ देखि २५ रुपैंयासम्म खरिद गरिरहेको छ । फालिने कागजबाट क्यारेट उत्पादन गर्ने उदाहरणीय काम गरेका महिला उद्यमीहरुले कोरोनाकालमा पनि ११ महिला सहित १७ जनालाई नियमित रोजगारी उपलब्ध गराइरहेका छन ।

शिखर इन्स्योरेन्सको सीईओमा पाण्डेको निरन्तरता, समितिले दियाे सहमति

काठमाडौं । शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीप्रकाश पाण्डेलाई नियुक्त गर्ने सञ्चालक समितिकाे प्रस्ताव बीमा समितिले स्वीकृत गरेकाे छ । गत विहीबार बीमा समितिले पाण्डेको नियुक्तीमा सहमति दिएको सम्बद्ध स्रोतले बतायो । दुई साताअघि शिखर इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले उनलाई पुनः चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्न बीमा समितिसँग सहमति मागेको थियो । बीमा समितिको सहमति पत्र शिखर इन्स्योरेन्स कम्पनीले आइतबार प्राप्त गरेको छ । नेपाल बीमक संघकाे अध्यक्ष समेत रहेका पाण्डेकाे पुर्न नियुक्तीको विषय बीमा क्षेत्रमा निकै चासोको विषय बनेको थियो । भारतको सेन्ट जेभियर कलेजबाट विविएस र त्रिभुव विश्वविद्यालयबाट एमबीए गरेका पाण्डेले एभरेष्ट र शिखर इन्स्योरेन्समा गरि २५ वर्ष काम गरेका छन् । २०६१ सालमा स्थापना भएको शिखर इन्स्योरेन्स कम्पनीको व्यवस्थापकीय नेतृत्व गर्दै आएका पाण्डे १२ वर्षसम्म स्थायी कर्मचारी भएर काम गरेका थिए । बीमकको संस्थागत सुशासन निर्देशिकाले बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत करारमा मात्र नियुक्त हुनु पर्ने व्यवस्था गरिएपछि उनी २०७३ सालदेखि शिखरमा करारमा नियुक्त छन् । ‘शिखर इन्स्योरेन्सले पुँजी वृद्धि गर्दा लगानीकर्तासँग गरेको प्रतिवद्धता अनुसार हामी काम गछौं’ पाण्डेले विकासन्युसँग भने–‘नयाँ प्रडक्टहरु ल्याउने, प्रविधिको अधिकतम प्रयोग गर्दै सर्वसाधारणमा बीमाको पहुँच पुर्याउने काम गर्नुछ । समग्र बीमा क्षेत्रलाई गरिमा र प्रतिष्ठा माथि लैजान विगतमा भन्दा राम्रो भूमिका खेल्ने प्रयास गर्छु ।’ सम्बन्धित समाचार दीपप्रकाश पाण्डेको के गल्ती ?

नार्ककाे कार्यकारी निर्देशकमा भण्डारी नियुक्त

काठमाडाैं । कृषि अनुसन्धान परिषद (नार्क)को कार्यकारी निर्देशकमा डा.दीपककुमार भण्डारीलाई नियुक्त भएका छन् । असाेज ८ गते बसेकाे मन्त्रिपरिषद् बैठकले उनलाई साे पदमा नियुक्त गर्ने निर्णय गरेकाे हाे । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सोमबार सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले नार्कको कार्यकारी निर्देशकमा भण्डारीलाई नियुक्त गरेको जानकारी दिए।