आईसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा रेग्मी नियुक्त
काठमाडौं । आईसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा बिपीनकुमार रेग्मी नियुक्त भएका छन् । मंसिर ११ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले रेग्मीलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो । यससँगै उनले आगामी ४ वर्षसम्म संस्थाको स्वतन्त्र सञ्चालक पदको जिम्मेवारी सम्हाल्ने छन् ।
नेपाल एसबिआई मर्चेण्टले माग्यो चार्टर्ड एकाउण्टेन्टस्, यस्ता योग्यता भएकाले दरखास्त दिन सकिने
काठमाडाैं । नेपाल एसबिआई बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले सिनियर चार्टर्ड एकाउण्टेन्टस् पदको लागि दरखास्त माग गरेको छ । कम्पनीले आज जारी गरेको सूचनामा उक्त एक (१) जना सिनियर चार्टर्ड एकाउण्टेन्टस् पदको लागि दरखास्त माग गरिएको जनाएको छ । दरखास्तवालाले आफ्नो योग्यताका आधारमा दरखास्त दिन सक्नेछन् । यस्ताे छ कम्पनीले जारी गरेको सूचनाः
महुली लघुवित्तको सीईओमा गंगाधर पाण्डे, सञ्चालक समितिमा ६ जना नियुक्त
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा गंगाधर पाण्डे नियुक्त भएका छन् । मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई संस्थाको सीईओ पदमा नियुक्त गरेको हो । बैंठकले मंसिर ८ गतेदेखि नै लागू हुने गरी पाण्डेलाई आगामी ४ वर्ष अर्थात २०८१ साल मंसिर ७ गतेसम्मको लागि संस्थाको सीईओ पदको जिम्मेवारी दिएको हो । साथै, बैठकले अध्यक्ष प्रभु नारायण चौधरीसहित ६ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । समितिको अध्यक्ष पदमा प्रभु नारायण चौधरी, सञ्चालकमा कमल प्रसाद बस्याल, भानुभक्त निरौंला, रोशन कुमार मंडर, केशव प्रसाद भण्डारी र सर्मिला राई छन् । बैंठकले संस्थाको आगामी साधारण सभा नभएसम्मको लागि उक्त ६ सदस्यीय समिति चयन गरेको हो । महुली लघुवित्त वित्तीय संस्था र नव किरण लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा मर्ज भई महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट मंसिर ८ गतेदेखि एकीकृत कारोबार शुरु भईसकेको छ ।