नबिल बैंकको सञ्चालकमा उपाध्याय नियुक्त

काठमाडौं । नबिल बैंकको सञ्चालक पदमा उदयकृष्ण उपाध्याय नियुक्त भएका छन् । फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो । उनी बैंकको संस्थापक सेयरधनीको तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् । यससँगै उनले सोहि दिन पदबहाली गरी आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

प्राइम कमर्शियल बैंकको कम्पनी सचिवमा कार्की नियुक्त

काठमाडौं । प्राइम कमर्शियल बैंकको कम्पनी सचिवमा राजकुमार कार्की नियुक्त भएका छन् । फागुन ९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कार्कीलाई कम्पनी सचिव पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त कम्पनी सचिव कार्कीले नियुक्त भएको दिनदेखि नै आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

साधना लघुवित्तमा नायब महाप्रबन्धक पदका लागि आवेदन खुला

काठमाडाैं । साधना लघुवित्तले नायब महाप्रबन्धक पदका लागि आवेदन खुला गरेकाे छ । संस्थाले बुधबार विज्ञप्ती जारी गर्दै योग्यता पुगेका जो कसैले फागुन ११ गते साेमबारसम्म आवेदन दिन सक्ने जनाएकाे छ । दरखास्तवाला मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उत्तिर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तिमा १० वर्ष र लघुवित्त कम्पनीमा ३ वर्ष काम गरेको हुनुपर्ने लघुवित्तले जनाएको छ । साथै, व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका दरखास्तवालाहरुलाई विशेष प्राथमिकता समेत दिने कम्पनीले जनाएको छ । गोरखा नगरपालिका ६ हरामटारीमा केन्द्रिय कार्यालय रही राष्ट्रिय स्तरको लघुवित्तको रुपमा कार्य सञ्चालन गर्दै आएको यस लघुवित्तले दुर्गम र ग्रामीण क्षेत्रमा लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।