प्राइम बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पाए निरन्तरता
काठमाडौं । प्राइम कमर्शियल बैंकको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठले निरन्तरता पाएका छन् । जेठ १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले अध्यक्ष श्रेष्ठलाई नै निरन्तरता दिएको हो । बैठकले उनलाई निजको सञ्चालक समितिको सदस्यको पदावधि कायम रहुन्जेलसम्मको लागि अध्यक्ष पदमा निरन्तरता दिने निर्णय गरेको हो ।
सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवन कुमार खड्कालाई नियुक्त गरिने
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा पवन कुमार खड्कालाई नियुक्त गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव जेठ १३ गते दिउँसो ११ बजेसम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले उनलाई आगामी ४ वर्षको लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । साथै, उक्त प्रस्ताव स्वीकृतिको लागि नियमनकारी निकाय बीमा समितिमा पठाउने बैठकले निर्णय गरेको छ । हाल खड्काले कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेको छन् ।
रिलायन्स लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा सरीता भट्ट अधिकारी नियुक्त
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा सरीता भट्ट अधिकारी नियुक्त भएकी छिन् । चैत १२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।