राखेपको सदस्य सचिवमा विष्णुकुमार ढकाल नियुक्त

राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा विष्णु कुमार ढकाल नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमिक्त सचिव डा. कमल प्रसाद पोखरेलले जानकारी दिए । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा कात्र्तिक १६ गते (मंगलबार) बसेको मन्त्रीस्तरीय बैठकले खेलकुद बिकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई राखेपको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

एनएमबि बैंकका स्वतन्त्र सञ्चालक पाण्डेको कार्यकाल सकियो

काठमाडौं । एनएमबि बैंकका स्वतन्त्र सञ्चालक प्रदीपराज पाण्डेको कार्यकाल सकिएको छ । सञ्चालक पाण्डको कार्यकाल गत कार्त्तिक १३ गतेदेखि सकिएको हो । बैंकका कम्पनी सचिव प्रमोदकुमार दाहालले उनको कार्यकाल सकिएको जानकारी दिएका हुन् ।

राष्ट्रिय वाणिज्य बैंकमा ८३६ जनालाई रोजगारीको अवसर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकै पटक ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले आईतबार एक सूचना प्रकाशन गर्दै विभिन्न पदमा देशभरका कार्यालयका लागि ८ सय ३६ जना कर्मचारीको माग गरेको हो । बैंकको सूचना अनुसार केन्द्रिय कार्यालयमा ९ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक र १४ जना उपप्रबन्धक (लेखा) गरी २१ जना कर्मचारी माग गरेको छ । कर्मचारी छनोट प्रक्रियामा भाग लिनका लागि कात्तिक १५ गतेदेखि मंसिर ५ गतेभित्र आवेदन दिनु पर्नेछ । यस्तै दोब्बर दस्तुर तिर्नेगरी मंसिर १२ गतेसम्म आवेदन प्रक्रियामा सहभागी हुन सकिने छ । आवेदनमा भाग लिनका लागि लोक सेवा आयोगले तोकेको योग्यता पुरा भएको हुनुपर्नेछ। सबै पदमा आयोगले परीक्षा सञ्चालन गर्नेछ । वाणिज्य बैंकमा जागिर खानको लागि आवेदन भने वाणिज्य बैंकको वेवसाइटमा गएर अनलाइन मार्फत फर्म भनुपर्छ ।