विराटनगरमा कामको पर्खाइमा भोकै श्रमिक

विराटनगर । दैनिक ज्याला मजदुरी गर्न मोफसलका गाउँबाट विपन्न वर्गका श्रमिक प्रदेश नं १ को राजधानी विराटनगर आउने गरेका छन् । तर दिनैभरि कुरे पनि काम नपाइएपछि भोकै घर फकर्नु पर्ने श्रमिकको बाध्यता छ । कटहरी, जहदा, देवानगञ्ज, भुटाहा, डाइनिया, छिटाहालगायतका गाउँबाट विशेषगरी घर निर्माणको काम गर्न भन्दै विराटनगरको भूमि प्रशासन चोक, पञ्चमुखी हनुमान चोक, घाँस चोक, भट्टा चोकमा सयौँको सङ्ख्यामा श्रमिक बिहानैदेखि भेला हुने गर्छन् । बिहानको ८ बजेसम्म काममा लागिसक्नु पर्ने भएकाले श्रमिकलाई एकाबिहानै घरबाट निस्किसक्नु पर्ने बाध्यता छ । झिसमिसे उज्यालोमा नै बहुसङ्ख्यक श्रमिक नास्तासमेत नगरी घरबाट विराटनगर हिँड्छन् । काम पाएको दिनमा मात्र विपन्न वर्गका श्रमिकको घरमा चुल्हो बल्ने गरेको छ । काम नपाएको दिन भोकै घर फर्कनु पर्ने श्रमिकलाई बाध्यता छ । घरको निर्माणको काम लिने ठेकेदारले विराटनगरका विभिन्न स्थानबाट यस्ता श्रमिकलाई काममा लिएर जाने गरेका छन् । तर हिजोआज काम भेटिन छाडेको छ । चाडबाड र आउनै लागेको निर्वाचनका कारण घर निर्माणको कार्य सुस्त बन्दै गएको श्रमिकको ठम्याइ छ । बिहान भोकै विराटनगर आइपुग्नु र फेरि निराश भएर भोकै गाउँतर्फ नै पाइला चाल्नु बाहेकको कुनै विकल्प श्रमिकले देखेका छैनन् । जहदा गाउँपालिका–३ का शिवानन्द राजवंशी ज्यामी काम गर्न शनिबार बिहानै विराटनगर आए पनि काम भेटिएन । बिहानको १० बजेसम्म कुर्दा पनि काम दिन कोही पनि आएन । राजवंशीले विगत डेढ महिनादेखि कैयौँ पटक यसरी भोकै फर्कनुपरेको बताए । धनपालथान गाउँपालिका–१ का कृष्णकुमार रामले विराटनगरमा काम भेटे दिउँसो खाने गरेको नत्र भोकै घर फर्कने गरेको बताए । काम नपाउँदा समस्या बढेको रामको भनाइ छ । उनले किस्ता तिर्न धौ–धौ परेको, चामल सकिएको र घरका बालबालिकालाई समेत खुवाउन मुस्किल परेको बताए । बर्जु गाउँपालिका–५ का सद्दाम हुसैन डकर्मी काम गर्न शनिबार आएका थिए । हुसैनले काम नभेटेको तीन महिना भयो । उनले घर चलाउन मुस्किल भएपछि छरछिमेकबाट सापटी लिँदै जेनतेन जीवन धानिरहेका छन् । बर्जु गाउँपालिका–५ का शम्भु यादवले ठेकेदार पनि कामविहीन हुँदा आफूहरूलाई समस्या भएको बताए । उनका अनुसार तीन महिनादेखि विराटनगरमा घर निर्माणको काममा कमी आएको छ । स्थानीय सरकारले दैनिक ज्यालामा काम गर्ने श्रमिकको समस्या सम्बोधन गर्ने विषयमा कुनै चासो नलिएको हुँदा आफूहरू भोकभोकै बस्नु पर्ने अवस्था आइलागेको यादवको गुनासो छ ।

जनउत्थान सामुदायिक लघुवित्तलाई सीईओ आवश्यकता, आवेदन माग

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दरखास्त आह्वान गरेको छ । लघुवित्तले मंगलवार एक सूचना प्रकाशन गरी सीईओ पदका लागि आवेदन आह्वान गरेको हो । लघुवित्तको सीईओ पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्रल, तथ्याङ्कशास्त्र, गसणतशास्त्र, ब्यापार प्रशासन, जनप्रशासन वा कानुन विषयामा स्नातकोत्तर उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्था, सामुदायिक बैंकसँग सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्नेछ । साथै स्नातक उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्था सामुदायिक बैंकसँग सम्बन्धित क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको ब्यक्तिले आवेदन दिन सक्नेछन् । दरखास्त दिने उम्मेदवारको उमेर २१ वर्ष पूरा भइ ५० वर्ष ननाघेको हुनुपर्ने छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ ीदनभित्र संस्थाको केन्द्रीय कार्यालयमा इमेलमार्फत दरखास्त दिन सक्ने लघुवित्तले जनाएको छ । लघुवित्तको कायमुकायम सीईओ सूर्य प्रसाद उपाध्याय छन् । उनलाई कात्तिक १७ गते बसेको सञ्चालक समिति बैठकले कात्तिक १८ गतेदेखि लागू हुने गरेर कामु सीईओको जिम्मेवारी दिएको थियो ।

एनआईसी एशिया बैंकमा काम गर्ने अवसर, यी पाँच पदका लागि माग्यो कर्मचारी

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न पदका लागि धेरै संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले डाटा साइन्टिस्ट, बिजनेस एनलाइस्ट, डाटा भिजुलाइजेशन एण्ड रिर्पोट डेभलोपर, डाटा इन्जिनियर, डाटा प्लेटफर्म एडमिनिस्ट्रेटर लगायतको पदमा कर्मचारीको माग गरेको हाे । बैकले विभिन्न पदका लागि जुनियर अफिसरदेखि सिनियर अफिसरसम्मका लागि कर्मचारीको माग गरेको छ । बैंकले काठमाडौं उपत्यकाका लागि कर्मचारकाे माग गरेको हो ।  आवेदनका लागि स्नाकोत्तर तह उर्तिण गरी ५ वर्षे अनुभव तथा स्नातक तह उत्तीर्ण भई १० वर्षे अनुभव भएको हुनुपर्ने  छ । बैंकले यी विभिन्न पदको लागि अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ ।