बेष्ट फाइनान्सले माग्यो कर्मचारी, साउन ३० गतेभित्र आवेदन दिनुपर्ने

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले दुई पदमा कर्मचारी मागेको छ । फाइनान्सले सोमबार एक सुचना प्रकाशन सुचना प्रविधि विभाग प्रमुखको लागि १ जना र मार्केटिङको प्रमुखको लागि १ जना कर्मचारी माग गरेको हो । फाइनान्सको अनुसार सूचना प्रविधि विभाग प्रमुख पदका लागि मान्य प्राप्त विश्वविद्यालयबाट सूचना प्रविधि विषयमा ब्याचलर्स डिग्री गरी सम्बन्धित क्षेत्रमा दुई वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । यस्तै, मार्केटिङको प्रमुखको लागि नेजमेन्ट वा ईकोनोमिक्समा ब्याचलर डिग्री गरेको र बैंक तथा वित्तिय संस्थामा मार्केटिङ एण्ड बिजनेश डेभलपमेन्ट चार वर्ष काम गरेको अनुभव हुनुपर्ने सूचनामा उल्लेख छ । सूचनाको अनुसार इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित साउन ३० गतेभित्र फाइनान्सको वेवसाइट आवेदन दिइसक्नुपर्ने छ ।

तिलगंगा आँखा प्रतिष्ठानले माग्यो सिनियर रिसर्च अफिसर

काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठान (इन्सीटियुट अफ अफथलमलोजी)ले सिनियर रिसर्च अफिसर मागेको छ । प्रतिष्ठानले शुक्रबार एक सूचना प्रकाशन गर्दै सातौं तहको सिनियर रिसर्च अफिसरको लागि १ जना कर्मचारी मागेको हो । प्रतिष्ठानको अनुसार सातौं तहको सिनियर रिसर्च अफिसर  लागि पब्लिक हेल्थमा ब्याचलर गरेको र आई हेल्थ सम्बन्धि अनुभव भएको हुनुपर्ने छ । साथै, नेपाली र अंग्रेजी भाषा राम्रो भई कम्प्युटर सम्बन्धी ज्ञानका साथै,  प्रोज्जेक्ट प्लानिङ, डेलिभरी मोनिटरिङ र रिर्पोट गर्न सक्ने हुनुपर्नेछ । इच्छुकल आवेदकले आफ्नो बायोडाटा सहितको प्रमाणपत्र संस्थाको वेवसाइटमा गएर साउन २७ गतेभित्र आवेदन दिनसक्ने प्रतिष्ठानले जनाएको छ ।

साना किसान विकास लघुवित्तले माग्यो कर्मचारी, मासिक तलब ८५ हजार

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले बिहीबार एक सूचना जारी गर्दै  विभिन्न पदका लागि कर्मचारी मागेको हो । लघुवित्तले अनुगमन, रिपोर्टिङ र ज्ञान व्यवस्थापन विशेषज्ञ९एम।आर।के।एम० १ जना र फिल्ड कोअडिनेटर पदका लागि ५ जना कर्मचारी मागेको हो । एम.आर.के.एमका लागि स्नातकोत्तर पास भई मोनिटोरिङ रिर्पोटिङ नलेज म्यानेजमन्ट सम्बन्धी २ वर्षको अनुभव भएको हुनुपर्नेछ । यस्तै, फिल्ड कोअडिनेटरका लागि स्नातकोत्तर पास भई बैंक तथा वित्तीय संस्थामा काम गरेको हुनुपर्नेछ । दुबै तहका लागि कम्प्युटर सम्बन्धी ज्ञान, अंग्रजी र नेपाली टाइपिङ् गर्ने र दुई पांग्रे सवारी चलाउन सक्ने हुनुपर्ने लघुवित्तले जनाएको छ । लघुवित्तले दुवै पदको लागि मासिक तलब पचासी हजार तोकेको छ । इच्छुक आवेदकले आफ्नो बायोडाटा सहितको प्रमाणपत्र लघुवित्तको वेभसाइटमा गएर साउन २६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।