सानिमा लाईफ र सृजना फाइनान्सबीच जीवनवीमा सेवा सम्झौता
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र सृजना फाइनान्स विराटनगरबीच जीवनवीमा सेवा सम्झौता भएको छ । विराटनगरमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका तर्फबाट महाप्रबन्ध शिवराम तिमिल्सीना र फाइनान्सका तर्फबाट प्रमुखकार्यकारी अधिकृति भवानी शंकर चापागाइले सो सम्झौतापत्रमा हस्तक्षर गरेका हुन् । उक्त कार्यक्रममा कम्पनीका तर्फबाट प्रमुख अधिकृत रञ्जन बराल, बरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, क्षेत्रिय प्रबन्धक सुवास वासु तथा विराजनगर शाखाका प्रमुख सन्तोष आचार्य समेतको उपस्थिति रहेको छ । सम्झौत अनुसार ग्राहक फाइनान्सका मक्पूण सन्तोया आचार्य समेतको उपस्थिति रहेको थियो । सम्झौताअनुसार फाइनान्सका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवनवीमा सेवा उपभोग गर्न सक्ने व्यवस्था रहेको छ ।
बीएफआइएन र एपीआरएसीए-सीइएनटीआरएबी बीच समझदारी, ‘वित्तीय क्षेत्रका कर्मचारीको क्षमता अभिबृद्धि गरिने’
काठमाडौँ । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल लि.(बीएफआइएन) र एसिया प्यासिफिक रुरल एण्ड एग्रिकल्चर क्रेडिट एशोसियशन-सेन्टर फर ट्रेनिङ एण्ड रिसर्च इन रुरल बैंकिङ(एपीआरएसीए-सीइएनटीआरएबी) बीच आपसी समझदारीमा मंगलबार फिलिपिन्सको मनिलामा हस्ताक्षर भएको छ । नेपालको वित्तीय क्षेत्रका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि गर्ने सम्बन्धमा समझदारी भएको हो । समझदारी पत्रमा बीएफआइएनको तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र एपीआरएसीए-सीइएनटीआरएबीका प्रबन्ध निर्देशक लेसिरा जुअरेञ्जले हस्ताक्षर गरेका छन् । उक्त समझदारी पत्रमा दुई संस्थाबीचको समन्वयमा विभिन्न तालिम, गोष्ठी तथा सेमिनारहरुको आयोजना गर्ने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको ज्ञान विकासका लागि संयुक्त रुपमा विशेष गरी लघुवित्त तथा सहकारीका कार्यक्रमहरु सञ्चालन गर्ने लगायतका विषयवस्तुहरु समावेश गरिएका छन् । वीएफआइएनका प्रबन्ध निर्देशक आत्रेयले उक्त समझदारीले नेपालको लघुवित्त तथा ग्रामीण विकास सम्बन्धी आवश्यक ज्ञान तथा सीप प्रदान गर्न उल्लेखनीय योगदान पुग्ने विश्वास रहेको बताए ।
मानुषी लघुवित्तको विशेष साधारण सभा असार २० गते, अधिकृत पूँजी ४० करोड पुर्याइने
काठमाडौँ । काभ्रे जिल्लाको बनेपा १३ भैंसेपाटीमा केन्द्रीय कार्यालय भएको मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा असार २० गते हुने भएको छ । कम्पनीको जेठ २६ गतेको निर्णय अनुसार बनेपा १३ भैंसेपाटीमा बिहान ११ बजे साधारण सभा हुने भएको हो । साधारण सभामा संस्थाको अधिकृत पूँजी २० करोडबाट बृद्धि गरी ४० करोड पुर्याउने, तत्काल जारी गर्ने शेयर पूँजी १० करोडबाट २० करोड पुर्याउने, संस्थापकहरुले चुक्ता गर्न कबुल गरेको पूँजी ७ करोडबाट बृद्धि गरी १४ करोड पुर्याउने, हकप्रद शेयर जारी गर्ने र दुई वा दुई भन्दा बढी इजाजत प्राप्त संस्थाहरुबीच एक आपसमा गाभ्ने/गाभिने(मर्जर) तथा प्राप्ती(एक्वीजिशन) जस्ता प्रस्ताव विशेष प्रस्तावका रुपमा पेश गरिने जनाइएको छ ।