साञ्जेनको आईपीओ बाँडफाँडः १० कित्तासम्म हाल्नेलाई सबै पर्यो, ९१.२३ प्रतिशतलाई २० कित्ता
काठमाडौं । बैशाख ६ गतेदेखि १२ गतेसम्म निष्काशन गरिएको साञ्जेन जलविद्युत कम्पनीको आईपीओ बिहीबार बाँडफाँड भएको छ । उक्त आईपीओमा अधिकांश आवेदकलाई २० कित्ताको दरले सेयर परेको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार १० देखि २००० कित्तासम्म माग गर्ने २ लाख ८८ हजार ८९७ जनालाई न्युनतम १० कित्तासेयर परेको छ । उनीहरुलाई कूल २२ लाख ८८ हजार ९७० कित्ता बाँडिएको हो । त्यस्तै, बाँकी रहेको २० लाख ९३ हजार २८० कित्ता सेयर पुनः २० देखि २००० कित्तासम्मको सेयर माग गर्नेलाई गोलाप्रथाबाट थप १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ । भाग्यशाली २ लाख ०९ हजार ३२८ जनाले थप १० कित्ता गरी अधिकतम २० कित्ता सेयर पाएका छन् । समग्रमा कूल ९१.२३ प्रतिशत आवेदकलाई अधिकतम २० कित्ता सेयर परेको छ । साञ्जेनको ५४ लाख ७५ हजार कित्ता शेयरमध्ये सञ्चयकोषका सञ्चयकर्ता, कर्मचारी तथा म्युचुअल फण्डका लगानीकर्तालाई छुट्याएर बाँकी रहेको ४९ लाख ८२ हजार २५० कित्ता शेयर २ लाख ८८ हजार ८९७ जनालाई वितरण गरिएको हो । कूल ३ लाख ५९७ जना आवेदकहरु मध्ये ११ हजार ७०० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।
गोर्खाज फाइनान्सको नाफा ६ करोड ३५ लाख
काठमाडौं । गोर्खाज फाइनान्सले चैच मसान्तसम्म ६ करोड ३५ लाख रुपैंया नाफा कमाएको छ । फाइनान्सले साउनदेखि चैतसम्मको उक्त अवधिमा सो आकारको नाफा कमाएको हो । गोर्खाजको उक्त नाफामा गैरसञ्चालन खर्च र प्रोभिजनको राइजब्याकको मुख्य भूमिका छ । कुल ५ अर्ब ८२ करोड रुपैंया निक्षेप र ५ अर्ब १५ करोड रुपैंया कर्जा प्रवाह गरेको फाइनान्सले अघिल्लो वर्षको सञ्चालन घाटाको अवस्थामा करिब ९५ प्रतिशत सुधार ल्याएको छ । फाइनान्सको ८६ करोड रुपैंया चुक्ता पुँजी भएको फाइनान्सको उक्त निक्षेप र कर्जाको आधारमा सीसीडी अनुपात ७४.७२ प्रतिशत छ । फाइनान्सको कस्ट अफ फण्ड ९.७० रहँदा आधार ब्याजदर १२.८० प्रतिशत कायम भएको छ । यसको स्प्रेडदर ४.८७ प्रतिशत छ ।
बैशाखमै अर्को लघुवित्तको पनि आईपीओ, जनसेवीको शेयर ४३ हजारले पाउने
काठमाडौं । जनसेवी लघुवित्तको पनि आईपीओ बैशाख २७ गतेदेखि खुला हुने भएको छ । जनसेवीको ४ करोड ६३ लाख ३० हजार रुपैंया बराबरका ४ लाख ६३ हजार ३०० कित्ता शेयर बैशाख २७ गतेदेखि ३१ गतेसम्म खुला गर्नेगरी जनसेवीले बिहीबार आह्वानपत्र प्रकाशन गरेको हो । उक्त शेयरमध्ये ५ प्रतिशतले हुने २३ हजार १६५ कित्ता शेयर म्युचुअल फण्ड र ७ हजार १४५ कित्ता कर्मचारीलाई वितरण गरी बाँकी ४ लाख ३२ हजार ९९० कित्ता शेयर सर्वसाधारणका लागि खुला हुने भएको हो । उक्त शेयरका लागि न्यूनतम १० देखि अधिकता १००० कित्ताका लागि आवेदन दिन सकिन्छ । सर्बसाधारणलाई वितरण हुने शेयर कुल ४३ हजार २९९ जनाले १०/१० कित्ता शेयर प्राप्त गर्नेछन् ।