साना किसान लघुवित्तको स्वतन्त्र सञ्चालकमा उपहारराज घिमिरे नियुक्त

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा उपहारराज घिमिरे नियुक्त भएका छन् । संस्थाको सोमबार बसेको बैठकले घिमिरेलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव झलेन्द्र भट्टराईले जनाएका छन् ।

युनिभर्सल पावर कम्पनीमा ७ जना सञ्चालक नियुक्त(नामावली सहित)

काठमाडौँ । युनिभर्सल पावर कम्पनी लिमिटेडको जेठ २० गते सम्पन्न साधारण सभाले ७ जना सञ्चालक निर्वाचित गरेको छ । सञ्चालक समितिमा संस्थापक सेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट १ महिना सहित ३ जना गरी ७ जना सञ्चालक समितिमा निर्वाचित भएको कम्पनी सचिव देववहादुर श्रेष्ठले जनाएका छन् । कम्पनी सचिव श्रेष्ठका अनुसार संस्थापक सेयरधनीका तर्फबाट विनयकुमार भण्डारी, उत्तम भ्लोन लामा, निरबहादुर बुढाथोकी र गोकर्ण पराजुली सञ्चालक समिति सदस्यमा चयन भएका छन् । त्यसैगरी सर्वसाधारण सेयरधनीको तर्फधबाट लक्ष्मी पौडेल, प्रभु्लाल अधिकारी र भोजबहादुर खड्का सञ्चालक समितिको सदस्यमा चयन भएका हुन् ।

नबिल इन्भेष्टमेन्टमा हितग्राही खाता र मेरो शेयरको नबीकरण अब अनलाइनबाटै

काठमाडौँ । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको हितग्राही खाता सञ्चालन नबिकरण तथा मेरो शेयरको वार्षिक नबीकरण शुल्क सिधै अनलाईन मार्फत भुक्तानी सकिने भएको छ । साथै नयाँ हितग्राही खाता खोल्ने व्यवस्था अनलाईन मार्फत नै मिलाईएको कम्पनीले जनाएको छ । ग्राहकले अनलाईन मार्फत भुक्तानी गर्दा नविल इन्भेष्टमेन्टको वेभसाइटमा अनलाइन डिम्याटमा गई भुक्तानी गर्न बाँकी रकम यकिन गर्न सक्ने छन् । नबिल बैंकको अनलाईन कार्ड सुविधा, खल्ती तथा ई–बैकिङ्गबाट भुक्तानी गर्ने व्यवस्था मिलाएको जनाइएको छ । कम्पनीका अनुसार नबिल बैंक वाहेकका अन्य बैंकहरुमा खाता रहेका ग्राहकहरुले पनि सिधै भुक्तानी गर्न सकिने छ । लगानीकर्ताहरुले नयाँ हितग्राही खाता खोल्नका लागि अनलाईन मार्पmत फाराम भर्न सक्नेछन् । सो फाराम भरेको ३० दिन भित्र आफ्नो सक्कल नागरिकता सहित कम्पनीमा उपस्थित भई हितग्राही खाता खोलिने व्यवस्था समेत मिलाईएको जनाइएको छ ।