२.६३ अंकले बढ्यो नेप्से, बढी कारोबार हुनेमा नेपाल बैंक पहिलो, शिवम् दोश्रो र प्रभु बैंक तेश्रो

काठमाडौँ । साताको पहिलो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचकमा दोश्रो दिन सोमबार भने सुधार भएको छ । नेप्से परिसूचक आज २.६३ अंकले बढेको हो । ०.२१ प्रतिशतले बढ्दा परिसूचक १२६०.९० बिन्दुमा पुगेको छ । झिनो अंकले परिसूचक बढेको दिन १७३ कम्पनीका १३ लाख ७३ हजार १ सय २० कित्ता शेयर किनबेच हुँदा ४० करोड ३५ लाख ३८ हजार १ सय ४७ रुपैयाँ बराबरको कारोबार भएको छ । आज विकास बैंक, लघुवित्त र जीवन बीमा बाहेका सूचक बढेका छन् । बैंकिङ समूह १.७, होटल समूह १२.८८, जलविद्युत समूह ८.८९, वित्त समूह २.०६, निर्जीवन बीमा समूह ३७.२७, उत्पादनमूलक समूह २८.३२ र अन्य २.२७ अंकले बढेका छन् । यता विकास बैंक समूह २.७६, लघुवित्त समूह ३.१९ र जीवन बीमा समूह १८.८४ अंकले घटेका छन् । हिजो जस्तै आजपनि सबैभन्दा बढी कारोबार नेपाल बैंक लिमिटेड कै भएको छ । सो बैंकको ३ करोड २९ लाख ३ हजार ३ सय २० रुपैयाँ बराबरको शेयर कारोबार हुँदा दोश्रोमा शिवम् सिमेन्टको ३ करोड २२ लाख ७८ हजार ४ सय ८१ रुपैयाँ बराबरको कारोबार भएको छ । प्रभु बैंकको कारोबार २ करोड ३१ लाख २९ हजार २ सय ८१ रुपैयाँको शेयर कारोबार हुँदै तेश्रो स्थानमा देखिएको छ । बजार बढेको दिन आज अरुण भ्याली हाइड्रो पावरका लगानीकर्ताले सबैभन्दा बढी ६.७३ प्रतिशतले कमाई गरेका छन् भने ग्योबल आइएमई लघुबित्तका लगानीकर्ताले सबैभन्दा बढी ४.८ प्रतिशतले गुमाएका छन् ।

आइएमई पे र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र मुक्तिनाथ विकास बैंक लि.बिच बैंकिङ साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार मुक्तिनाथ विकास बैंक लि. आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ । मुक्तिनाथ विकास बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नुहुनेछ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आइएमई पे का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्गले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

दोहोरो अंकले घट्यो नेप्से, नेपाल बैंकको सबैभन्दा बढी कारोबार, शिवम् सिमेन्ट दोश्रोमा

काठमाडौँ । असार महिनाको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन आइतबार ११.३६ अंकले नेप्से घटेको हो । ०.८९ प्रतिशतले परिसूचक घट्दा १२५८.२७ बिन्दुमा पुगेको छ । आज शेयरबजारमा १७४ कम्पनीका १४ लाख ७३ हजार ८ सय ८ कित्ता शेयर किनबेच हुँदा ४७ करोड २५ लाख २० हजार ८ सय ११ रुपैयाँ बराबरको कारोबार भएको छ । बजार घटेको दिन सबै सूचक राताम्मे भए । बैंकिङ समूह ७.१३, होटल समूह २७.५७ समूह, विकास बैंक समूह ११.९२, जलविद्युत समूह १०.८१, वित्त समूह ६.७१, निर्जीवन बीमा समूह १११.०३, उत्पादनमूलक समूह ३५.२९, अन्य समूह ७.१३, लघुवित्त समूह ३०.२, जीवन बीमा समूह ३५.४५ र म्याचुअल फण्ड समूह ०.०३ अंकले घटेका छन् । बजार घटेको दिन नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ६.७५ प्रतिशतले नाफा आर्जन गरेका छन् भने महिना सहायता लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ७.८७ प्रतिशतले घाटा ब्यहोरेका छन् । आज नेपाल बैंक लिमिटेडको सबैभन्दा धेरै २ करोड ९५ लाख ८० हजार ५ सय ६४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको २ करोड ५५ लाख १६ हजार ५ सय ७८ रुपैयाँ बराबरको बराबरको शेयर किनबेच भएको छ ।