२.८६ अंकले घट्यो नेप्से, कारोबार रकमपनि न्यून

काठमाडौँ । साताको दोश्रो दिनपनि नेप्से परिसूचक घटेको छ । सोमबार २.८६ अंकले घटेको हो । ०.२३ प्रतिशतले घट्दा परिसूचक १२४२.०३ बिन्दुमा पुगेको छ । सोमबार सेयर बजारमा १६९ कम्पनीका १२ लाख २१ हजार ४०० कित्ता सेयर किनबेच हुँदा ३७ करोड ४७ लाख २५ हजार ७४ रुपैयाँको कारोबार भयो । आज विकास बैंक, जलविद्युत, उत्पादनमूलक र जीवन बीमा समूह बाहेक अरु बाँकी समूह राताम्मे भए । बैंकिङ समूह ३.५४, होटल समूह १९.३९, वित्त समूह १.८९, निर्जीवन बीमा समूह ३.०७, अन्य समूह ४.७२, लघुवित्त समूह ०.२६ र म्युचुअल फण्ड ०.०७ अंकले घटेका हुन् । त्यसैगरी विकास बैंक समूह २.७६, जलविद्युत समूह १.११, उत्पादनमूलक समूह ४.८९ र जीवन बीमा समूह ३.१५ अंकले बढेका छन् । आज धेरै कारोबार हुनेमा नेपाल बैंक लिमिटेड पहिलो, प्रभु बैंक दोश्रो, शिवम् सिमेन्ट तेश्रो, एनआइसी एसिया बैंक चौथो र हिमालयय डिस्टिलरी लिमिटेड पाँचौँ स्थानमा रहे । कारोबार रकम क्रमशः रु. २६२०७४९८, १९२९४३२९, १७९३२६१२, १७५४१८४८ र १२६०५९९० रह्यो । बजार घटेको दिन आज सिभिल लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा बढी ४.८७ प्रतिशतले नाफा आर्जन गरेका छन् भने मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले सबैभन्दा बढी ४.९८ प्रतिशतले घाटा व्यहोरेका छन् ।

स्वरोजगारको विशेष साधारण सभा असार २४ मा, मर्जरमा जान बाटो खोल्ने

काठमाडौँ । बनेपा, काभ्रेपलाञ्चोक केन्द्रीय कार्यालय भएको स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा असार २४ गते हुने भएको छ । सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले विशेष साधारण सभाको मिति तय गरेको हो । विशेष साधारण सभा प्रयोजनका लागि असार २४ गते संस्थाको सेयर नामसारी दाखिल खारेज दर्ता बन्द(बुक क्लोज) हुने जनाइएको छ । साधारण सभामा इजाजत प्राप्त कुनै एक वा एकभन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु एकआपसमा गाम्ने/गाभिने वा प्राप्ती गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्य अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव प्रस्तुत गरिने छ । साथै वित्तीय संस्थाको अधिकृत पूँजी र जारी पूँजी बृद्धी सम्बन्धमा पनि छलफल हुने कम्पनी सचिव मनोजकृष्ण उप्रेतीले जनाएका छन् ।

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । साताको पहिलो दिन नै शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्ले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १२ दशमलव २७ बिन्दुले घटेर एक हजार २४४ दशकलव ८९ बिन्दुमा झरेको छ । प्रतिशतका आधारमा नेप्से झण्डै एक प्रतिशतले घटेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९२ बिन्दुले घटेर २६९ दशमलव २४ अङ्कमा पुगेको छ । नेप्से घटेपनि कारोवार रकममा भने सामान्य सुधार देखिएको छ । कूल १७२ कम्पनीको २३ लाख ६१ हजार ५०० कित्ता शेयर रु ६४ करोड ५० लाख ९९ हजार ३७ मूल्यमा खरीद बिक्री भए । कारोबार भएका कूल ११ उपसमूहकै शेयर ओरालो लागेको छ । विशेष गरी निर्जीवन बीमा उपसमूहको शेयर आज सबैभन्दा बढी बिन्दुले घटेको हो । सो उपसमूह शेयर ५९ दशमलव ९७ बिन्दुले घटेको छ । यस्तै बैंकिङ ११ दशमलव ८५, होटल ५ दशमलव २६, विकास बैंक १२ दशमलव ६९, जलविद्युत् १३ दशमलव १३, वित्त २ दशमलव ९, उतपादन ३६ दशमलव ३८, अन्य ३ दशमलव ३९, लघुवित्त १५ दशमलव ३९, जीवन बीमा ५८ दशमलव २९ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य तीन प्रतिशतले घटेको छ । स्टकका अनुसार ग्लोबल आइएमइ बैंकको संस्थापक शेयर रु १० करोड ३८ लाख, नेपाल बैंक रु ६ करोड ३९ लाख पाँच हजार ९४४, शिवम सिमेन्ट रु पाँच करोड ८० लाख ७१ हजार ४५५, प्रभु बैंक रु तीन करोड ४१ लाख १३ हजार ५२०, एनसिसि बैंक रु तीन करोड २५ लाख ७५ हजार ५९४, सिदार्थ बैंक रु दुई करोड ६६ लाख ७४ हजार ७०८ र हिमालयन डिस्टिलरीको शेयर रु दुई करोड ६० लाख चार हजार ७३० मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ७१ प्रतिशतले कमाए । मल्टीपर्पोज फाइनान्स कम्पनी पाँच दशमलव शून्य चार, अरुण काबेली पावर ३ दशमलव २८, सिभिल लघुवित्त वित्तीय संस्था २ दशमलव १९ र यूनिलिभर नेपालका शेयरधनीले २ प्रतिशतले कमाए । त्यस्तै रैराङ हाइड्रोपावर कम्पनीका शेयरधनीले ६ दशमलव ९५ गुमाउँदा गुराँस लघुवित्त वित्तीय संस्था ५ दशमलव ९२, शिवम् सिमेन्ट ४ दशमलव ३४, सिन्धु विकास बैंक ४ दशमलव २५, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ४ दशमलव १९ र उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३ दशमलव ८५ प्रतिशतले गुमाए ।