बहराईन एपबाट पठाएकाे रकम इसेवाबाट झिक्दा ५५ रुपैयाँ फिर्ता पाइने
काठमाडौं । बीएफसी बहराईन एपबाट पठाएकाे पैसा इसेवा वालेट (इसेवा आईडी)बाट झिक्दा ५५ रूपैयाँ क्यास ब्याक पाइने भएकाे छ । साे सम्बन्धी बहराईनको मनि ट्रान्सफर बहराईन फाइनान्सिङ कम्पनी (बीएफसी) र इसेवा मनि ट्रान्सफरबीच सम्झाैता भएकाे छ । दुई संस्थाबीच रेमिट्यान्स् सेवा सुरु भएसँगै नगदमा पठाइएको पैसा सिधै इसेवा वालेट (इसेवा आईडी)मा प्राप्त गर्दा ग्राहकलाई ५५ रुपैयाँ क्यास ब्याक अफर पनि दिइएको हाे । यससँगै, बहराईनमा रहेका नेपालीहरुले बीएफसीको ५५ वटा शाखाहरु साथै बीएफसी बहराईन एपबाट नगदमा, कुनै पनि बैंक खातामा र इसेवा वालेट (इसेवा आईडी)मा पैसा पठाउन सक्नेछन् । नगदमा पठाइएको पैसा सिधै इसेवा वालेट (इसेवा आईडी)मा प्राप्त गर्दा ग्राहकलाई ५५ रुपैयाँ क्यास ब्याक अफर पनि दिइएको छ । इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्सका साथै एजेन्ट बेस रेमिट्यान्स सेवा मार्फत नेपालमा पैसा प्रदान गर्दै आइरहेको छ । हालको विषम परिस्थितिलाई मध्य नजर गर्दै डिजिटल माध्यमबाट आफुलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ । इसेवा मनिट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुको उद्देश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।
सिद्धार्थ ईक्वीटी फण्डले साढे ७ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ले ५ प्रतिशत प्रतिफल दिने
काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रही संचालनमा रहेको सिद्धार्थ ईक्वीटी फण्डले इकाईधनीहरुलाई साढे ७ प्रतिशत प्रतिफल दिने भएको छ । फण्डले कर सहित सो मात्रा अर्थात ११ करोड २५ लाख रुपैयाँ प्रतिफल इकाईधनीलाई वितरण गर्ने भएको हो । त्यस्तै, सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रही संचालनमा रहेको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ले पनि आफ्ना इकाईधनीहरुलाई ५ प्रतिशत प्रतिफल दिने भएको छ । संस्थाले कर सहित सो मात्रा अर्थात ६ करोड रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । यी दुबैकाे आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण कार्य सम्पन्न भएको छ । योजनाको लेखापरिक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको साउन २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि सिद्धार्थ ईक्वीटी फण्ड तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ का इकाईधनीलाई सो मात्राको प्रतिफल वितरण गर्ने निर्णय गरेको हाे ।
एनआरएन इन्फ्राइन्स्टक्चरकाे सेयर भर्ने दिन सकियाे, कति पर्याे आवेदन ?
काठमाडौं । एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्टको साधारण सेयर(आईपीओ)मा आवेदन दिने म्याद आजबाट सकिएकाे छ । साउन १६ गतेदेखि आज अर्थात साउन २१ गतेसम्म जारी भएकाे उक्त सेयरमा कम्पनीले माग गरेकाेभन्दा ५.२४ गुणा बढी आवेदन परेकाे छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बुधबार साँझ ५ बजेसम्ममा ४ लाख २८ हजार एक सय ५३ जना आवेदकले एक कराेड ६५ लाख ६७ हजार ६ सय कित्ता सेयर माग गरेकाे छ । जबकी कम्पनीले ३१ लाख ६० हजार १ सय ८३ कित्ता सेयर साधारणमा निष्काशन गरेकाे थियाे । संस्थाले कूल ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको एक सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता सेयर बिक्रीमा राखेको हो । जसमध्ये ६७ हजार ९ सय ६१ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र १ लाख ६९ हजार ९ सय २ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गरेकाे हाे । इच्छुक सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्मकाे लागि आवेदन दिन पाउने व्यवस्था रहेकाे थियाे । अन्य समूह अन्तर्गतको रहेको यस कम्पनीको आईपीओ अन्य क्षेत्रमा नितान्त पहिलो प्राथमिक निष्काशन रहेको कम्पनीले जनाएको छ । साधारण सेयरको सार्वजनिक निष्काशन गर्नका लागि केयर रेटिङ्गस् नेपालले ‘केयर-एनपी आईपीओ ग्रेड ४’ प्रमाणपत्र प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औषत भन्दा तल रहको बुझाउँछ ।