फाइनान्सियल टेक्नोलोजी सबैभन्दा चुनौती: गभर्नर नेपाल

काठमाडौं । राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीबि नेपालले फाइनान्सिय टेक्नोलोजी सबैभन्दा चुनौतीको विषय बन्दै गएको बताएका छन् । बैंक तथा वित्तीय संस्थाको बढ्दो उच्च लागतका कारण मर्जरमा जानु परेको बताउँदै उनले भने- ‘प्रविधिमा दिनप्रतिदिन लगानी बढ्दै गएको छ ।’ सूचना प्रविधिमा ठूलो लगानीको आवश्यकता छ, उनले थपे- ‘बैंक तथा वित्तीय संस्था सवल भए लगानी बढाउन सक्छन् ।’ नीति नियम समय अनुसार परिवर्तन र परिमार्जन गर्नुपर्ने संकेत गर्दै सवल र बलियो बैंक बनाउन मर्जर आवश्यकता भएको जानकारी दिए । राष्ट्र बैंकले सोमबार आयोजना गरेको मौद्रिक नीति सम्बन्धि छलफल कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । नियामक निकायले लिएको नीतिलाई सबैपक्षबाट सहयोग गर्न समेत उनले आग्रह गरे । ‘बैंक तथा वित्तीय क्षेत्रलाई हेरेर राष्ट्र बैंकले नीति नियमहरू निर्माण र परिमार्जन गर्ने हो,’ उनले भने ।

श्री सम्पन्न बहुउद्देश्यीय सहकारीको सेवा केन्द्र माछापोखरीमा

काठमाडौं । श्री सम्पन्न बहुउद्देश्यीय सहकारी संस्थाले काठमाडौंको माछापोखरीमा सेवा केन्द्र संचालनमा ल्याएको छ । २०६४ साल फागुनमा स्थापना भएको सो सहकारीले आफ्ना सदस्यहरुको सेवालाई मध्यनजर गर्दै सेवा केन्द्र खोलेको हो । सेवा केन्द्रको सोही काठमाण्डौं क्षेत्र नं. ७ का सांसद रामवीर मानन्धरले एक समारोहबीच उद्घाटन गरे । उनले सहकारी संस्थाहरु नाफामुलक भन्दा पनि सहकारीको मर्म अनुसार चल्न आग्रह गरे । सहकारीका अध्यक्ष बलराम खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालले स्थानीय तहमा रहेको पुँजीलाई उत्पादनसँग जोड्न आग्रह गरे । समारोहमा सहकारीका सचिव तथा प्रवन्धक निर्माल गुरुवाचार्यले सहकारीको वित्तिय विवरणबारे प्रकाश पारेका थिए । जेठ मसान्तसम्म सहकारीको १ करोड २५ लाख सेयर पुँजी तथा निक्षेप १६ करोड ९ लाख रहेको छ । कर्जा लगानी १२ करोड ९८ लाख तरलता २ करोड २५ लाख रहेको र कुल वासलात २० करोड २१ लख रहेको बताइयो । राजधानीको महाराजगञ्जमा केन्द्रीय कार्यालय रहेको श्री सम्पन्न सहकारीको नुवाकोटको बट्टार र ढिकुरेमा पनि शाखा संचालन गरिरहेको छ ।

सूर्योदय लघुवित्तको ३ लाख २३ हजार कित्ता बोनस सेयर सूचिकृत

काठमाडौँ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख २३ हजार १९० कित्ता सेयर सूचीकृत भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा बोनस सेयर सूचीकृत भएको हो ।