प्रभुु क्यापिटलकाे ३ वर्षे निःशुल्क डिम्याट योजना भाद्र मसान्तसम्म

काठमाडौं ।  प्रभु क्यापिटलले संचालन गरिरहेकाे ३ वर्षे निशुल्क डिम्याट याेजना भाद्र मसान्त सम्मकाे लागि थप गरेको छ । कम्पनिले श्रावण महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि ३ वर्षे निःशुल्क डिम्याट खाता र मेरो शेयर योजना सञ्चालन गरिरहेकाेमा भाद्र मसान्त सम्म समय थप गरेको हाे । नेपाल सरकार र नेपाल धितोपत्र बार्डबाट समेत विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न अनुरोध भए अनुसार यस क्यापिटलले यस लिंकबाट अनलाईन खाता खोल्ने सुविधा सञ्चालन गरेको छ ।  साथै यस योजनामा प्रभु क्यापिटलको केन्द्रिय कार्यालय, कमलादी तथा प्रभु बैंकको नेपाल भरी रहेका २१० वटै शाखाबाट छिटो, छरितो रुपमा तथा डिम्याट र मेरो शेयरको खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरेको कम्पनिले जनाएकाे छ ।

नागरिक लगानी कोषले सेयरधनीसँग किन माग्यो १ अर्ब ३६ करोड रुपैयाँ ?

काठमाडौं । भदौ १ गते नागरिक लगानी कोषले हकप्रद जारी गर्नको आरबीबी मर्चेन्टलाई हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको प्रेस विज्ञप्ति जारी गर्यो । कोषका अनुसार १ सय कित्ता सेयर बराबर ८२ कित्ताका दरले हकप्रद जारी गर्न लागिएको छ । प्रतिसेयर १ सय रुपैयाँका दरले १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद जारी गर्न लागिएको हो । कोषले हकप्रद जारी गरेर १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपयाँ संकलन गर्ने लक्ष्य लिएको छ । उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाका लागि आरबीबी मर्चेण्ट बैकिङ्गलाई नियुक्त गरिएको छ । कम्पनीले हकप्रद जारी गर्नु भनेको सेयरधनीसँग थप रकम माग्नु हो । कम्पनीको उदेश्य अनुसार कुनै व्यवसायिक योजना अघि बढाउन, कुनै व्यवसायमा जोखिम बढी देखियो भने त्यसको व्यवस्थापनको लागि पनि सेयरधनीसँग हकप्रद जारी गरेर थप पुँजी मागिन्छ । अहिले कोरोना माहामारीको कारण विश्व अर्थतन्त्र नै थला परेको छ । नेपालमा पनि यसको आर्थिक असर ज्यादै गम्भीर छ । यो बेलामा कोषले के कस्तो काम गर्नको लागि सेयरधनीसँग थप पुँजी माग्यो भन्ने चासो धेरैलाई हुन सक्छ । तर, कोषले कनै व्यवसायिक योजना अघि बढाउन वा कुनै व्यवसायमा बढी जोखिम सिर्जना भएकोले सेयरधनीसँग पैसा मागेको होइन । ऐन संशोधन भएपछि तोकिए अनुसार चुक्ता पुँजी पुर्याउनको लागि मात्रै हकप्रद जारी गर्न लागिएको कोषका उपकार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेलले जानकारी दिए । ‘नागरिक लगानी कोष सम्बन्धी ऐन भर्खरै संशोधन भएर आएको छ, पुरानो ऐन अनुसार कोषको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैयाँ थियो, संशोधित ऐनमा कोषको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ हुने भनिएको छ, हकप्रद जारी गर्न लागिएको हो, अरु थप कुनै व्यवसायिक योजनाको कारण होइन,’ डा. कट्टेलले भने । सम्बन्धित सामग्री नागरिक लगानी कोषले सय कित्ता सेयर हुनेलाई ८२ कित्ता हकप्रद दिने, आरबीबी मर्चेन्टसँग सम्झौता

नागरिक लगानी कोषले सय कित्ता सेयर हुनेलाई ८२ कित्ता हकप्रद दिने, आरबीबी मर्चेन्टसँग सम्झौता

काठमाडौं । नागरिक लगानी कोषले १ सय कित्ता सेयर बराबर ८२ कित्ताका दरले हकप्रद जारी गर्ने भएको छ । प्रतिसेयर १ सय रुपैयाँका दरले १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद जारी गर्न लागिएको हो । कोषले हकप्रद जारी गरेर १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपयाँ संकलन गर्ने लक्ष्य लिएको छ । उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाका लागि आरबीबी मर्चेण्ट बैकिङ्गलाई नियुक्त गरिएको छ । हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरबीबी मर्चेण्ट बैकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले सम्झौता–पत्रमा हस्ताक्षर गरे ।