सिंगटी हाईड्रोको आइपीओ निष्काशन हुने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल नियुक्त
काठमाडौँ । सिंगटी हाईड्रो ईनर्जी लिमिटेडको प्राथमिक शेयर(आइपीओ) निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्सलाई नियुक्त गरिएको छ । दोलखा जिल्लाको सिंगटी खोलामा निर्माणाधिन २५ मेगावाट क्षमताको यस जलविद्युत आयोजनाको शेयर निष्काशन तथा बिक्रीका लागि भएको सम्झौता पत्रमा हाईड्रो ईनर्जी कम्पनीका तर्पmबाट कार्यकारी सञ्चालक गणेश कार्की र मेगा क्यापिटल मार्केट्सका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले एक समारोहबीच हस्ताक्षर गरे । सिंगटी हाईड्रो ईनर्जी लिमिटेडले सर्वसाधारणका लागि ४३ करोड ५० लाख रुपैंया बराबरको १०० रुपैयाँ अंकित दरको ४३ लाख ५० हजार कित्ता शेयर आगामी असोजसम्ममा निष्काशन तथा बिक्री गर्ने तयारी गरेको छ । जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २९ लाख कित्ता रहेको छ । २०७६ साल भदौसम्म बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अहिले यस जलविद्युत आयोजनाको अन्तिम चरणको निर्माण कार्य भइरहेको छ ।
ज्योति लाईफको बीमालेख नविकरण शुल्क अब इसेवाबाट भुक्तानी
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स्को बीमालेख नविकरण शुल्क इसेवाबाट भुक्तानी गर्न मिल्ने भएको छ । ज्योति लाइफ इन्स्योरेन्स्का ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यस कम्पनीबाट प्रदान हुने सेवा प्रदान गर्ने व्यवस्था ल्याएको हो । काम तथा सेवालाई प्रविधि मैत्री, प्रभावकारी तथा सहज बनाउन इसेवासंग भएको सम्झौता अनुरुप सफल परिक्षण पश्चात यो सेवा ग्राहकहरुको लागि सुचारु गरिएको हो । जसबाट ज्योति लाईफका बीमितहरुले बीमालेखको नविकरण शुल्क भुक्तानी इसेवाबाट शुरु गरेको छ । कुनै पनि जोन पोइन्ट तथा वीमित आफैले पनि आफ्नो ईसेवा एपबाट मोबाईल तथा कम्प्युटरबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् ज्योति लाईफ इन्स्योरेन्स्ले जानकारी दिएको छ ।
एनआईसी एशियाको डिम्याट खाता र मेरो सेयर नबीकरण शुल्क अब ‘खल्ती’बाटै
काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेड तथा एनआईसी एशिया बैंक लिमिटेड मार्फत हितग्राही खाता खोली कारोवार गर्दै आएका खातावालाहरुको हितग्राही खाता तथा मेरो शेयरको बार्षिक नविकरण शुल्क खल्ती डिजिटल वालेट मार्फत भुक्तानी गर्न सकिने भएको छ । साथै, उक्त नविकरण शुल्क ई–सेवामार्फत समेत भुक्तानी गर्न सकिने जनाइएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडले शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । एनआईसी एशियाम्युचुअल फण्ड अन्तरर्गतको पहिलो योजना ‘एनआई सी एशियाग्रोथ फण्ड’ सञ्चालन गरिरहेको जनाएको छ ।