लक्ष्मी इक्वीटी फण्डले नगद लाभांश वितरण गर्ने

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्वीटी फण्डले इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने छ । फण्डले आर्थिक वर्ष २०७६/७७ को लागि योजनाको इकाईधनीहरुलाई कर सहित ४.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव भदौ १२ गते शुक्रबार सम्पन्न संस्थाको ६०औं सञ्चालक समितिको बैठकले गरेको हो । उक्त प्रस्तावलाई संस्थाको आगामी साधारणसभाले पारित गरेपछि इकाईधनीहरुले सो मात्राको नगद लाभांश पाउने छन् ।

सीडीएससीको नवनियुक्त सीईओ आचार्यले गरे पदबहाली, यस्ता छन् प्राथमिकताका कामहरू

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड(सीडीएससी)को नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले पदवहाली गरेका छन् । सोमबार मात्रै सीईओकाे पदमा नियुक्ती पाएका आचार्यले मंगलबार(भदौ ९ गते) सीडीएससीकै कार्यालयमा आफ्नो पदको पदवहाली गरेका हुन् । गत सोमबार(भदौ ८ गते) नेप्सेको सञ्चालक समितिको बैठकले आचार्यलाई सीडीएससीको सीईओ पदमा नियुक्त गरेको थियो । करिब ११ महिनादेखि रिक्त रहेकाे सीडीएससीकाे सीईओ पदमा आचार्य खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भएका हुन् । उनले अब आगामी ४ वर्षसम्म सीडीएससीमा आफ्नाे कार्यभार सम्हाल्ने छन् । यससँगै, विभिन्न ५ वटा कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनकाे याेजना रहेकाे छ । जसअन्तर्गत सीडीएसको सेवा प्रभावकारी बनाउने तथा लगानीकर्ताको विश्वास जित्न प्रयास गर्ने, सेयर कारोबार सेटलमेन्टका काम २ दिनभित्र गर्ने, लगानीकर्ताको डिजिटल केवाइसी गर्ने, लाखौं लगानीकर्ताको डाटा सुरक्षा प्रणालीलाई अझ बलियो बनाउने र सीडीएससी सम्बन्धि छुट्टै नियम कानुन बनाउने काम उनकाे प्राथमिकतामा रहेकाे छ । सम्बन्धित समाचारः सीडीएससीकाे नयाँ सीईओका पाँच प्राथमिकता, तत्काल टीप्लसटूमा जाने प्रतिवद्धता  पूर्व बैंकर आचार्य सिडिएससीको सीईओमा नियुक्त

एनआरएन इन्फ्रास्टक्चरको आईपीओ सूचीकृत, बुधबारदेखि किनबेच गर्न पाइने, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको छ । कम्पनीको एक करोड १३ लाख २६ हजार ८ सय २१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले हालै सर्वसाधारणमा निष्काशन गरेको उक्त सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै बुधबारदेखि दोश्रो बजारमा कम्पनीको सेयर किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल एनआरएन दिईएको छ । यससँगै नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम १०२.६ रुपैयाँ र अधिकतम ३०६.१८ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ । कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको साधारण सेयर गत साउन २७ गते मात्र सेयर बाँडफाँड गरेको थियो । जसमा ३ लाख २० हजार ६ सय १४ जना आवेदकले गोलाप्रथाबाट १० कित्ताको दरले सेयर हात पारेका थिए । सम्बन्धित समाचारः ९७ हजार ३४४ जनाले पाएनन् एनआरएन इन्फ्राइस्टक्चरको सेयर, बाँकीले कति पाए ?