मौद्रिक नीति आएको भोलिपल्ट सेयर बजारमा निराशा, सबै परिसूचक राताम्मे

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आव २०७६/०७७ को मौद्रिक नीति ल्याएको भोलिपल्ट बिहीबार सेयर बजारमा निराशा छाएको छ । मौद्रिक नीति सार्वजनिक हुनु अघि बुधबार ६.९० अंकले बढेको सेयर बजार आज भने १४.१५ अंकले घटेको छ । १.१० प्रतिशतले परिसूचक घट्दा १२६९.९२ बिन्दुमा पुगेको छ । सेयर बजारमा आज १७१ कम्पनीका २१ लाख ९८ हजार १ सय २६ कित्ता सेयर किनबेच हुँदा ५५ करोड ५ लाख ३२ हजार १ सय ४६ रुपैयाँको कारोबार भएको छ । हिजोको तुलनामा परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । हिजो ४४ करोड ३४ लाख रुपैयाँको कारोबार भएको थियो । आज नेप्से परिसूचकका सबै समूह राताम्मे भएका छन् । बैंकिङ समूह १२.५६, टेड्रिङ समूह २.६२, होटल समूह ३२.८४, विकास बैंक समूह १८.७६, जलविद्युत समूह २१.५४, वित्त समूह ३.८४, निर्जीवन बीमा समूह ८४.३५, उत्पादनमूलक समूह १५.४८, अन्य समूह ५.१४, लघुवित्त समूह १९.६८, जीवन बीमा समूह ५३.५४ र म्युचुअल फण्ड ०.११ अंकले घटेका छन् । ‘के जाति नीति हो सारै राम्रो आयो भन्थे, हो रहेछ । रातो कार्पेट माथि १४ तोपको सलामी ।’ समग्र बजारमा निराशा छाएको दिन नेपाल ल्यूब आयल लिमिटेडका सेयरधनीले भने सबैभन्दा बढी ८.८१ अंकले नाफा कमाएका छन् भने यूनियन हाइड्रोपावर कम्पनीका सेयरधनीले सबैभन्दा बढी ९.५७ प्रतिशतले घाटा ब्यहोरेका छन् । मौद्रिक नीति आएको भोलिपल्ट सेयर बजारमा निराशा छाएपछि सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक टिप्पणीहरु देखिएका छन् ।यसैक्रममा ब्रोकर एशोसियनशनका सदस्य नरेन्द्र सिजापतिले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् -‘के जाति नीति हो सारै राम्रो आयो भन्थे, हो रहेछ । रातो कार्पेट माथि १४ तोपको सलामी ।’

आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति सार्वजनिक शुरु(भिडियो लाइभ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. चिरञ्जीवी नेपालले अहिले होटल र्याडिशनबाट मौद्रिक नीति सार्वजनिक गरिरहनु भएको छ । Live link Publiée par Bikashnews.com sur Mercredi 24 juillet 2019

६.९० अंकले बढ्यो नेप्से, मौद्रिक नीति पछि के होला ?

काठमाडौँ । आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति आउने दिन बुधबार सेयर बजार बढेको छ । आज ६.९० अंकले नेप्से परिसूचक बढेको हो । ०.५४ प्रतिशतले परिसूचक बढ्दा १२८४.०७ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार आज सेयर बजारमा १७० कम्पनीका १३ लाख ४६ हजार ३ सय ३० कित्ता सेयर किनबेच हुँदा ४४ करोड ३४ लाख ८१ हजार ३ सय ९१ रुपैयाँको कारोबार भयो । आज वित्त र उत्पादनमूलक समूह बाहेका अरु सबै सूचकमा हरियाली छायो । बैंकिङ समूह ६.२३, होटल समूह ४०.३६, विकास बैंक समूह ८.५, जलविद्युत समूह २.२८, निर्जीवन बीमा समूह ६८.४४, अन्य समूह ३.१६, लघुवित्त समूह १४.९८, जीवन बीमा समूह ८.२१ र म्युचुअल फण्ड ०.०९ अंकले बढेका हुन् । त्यसैगरी वित्त समूह १ र उत्पादनमूलक समूह २.३४ अंकले घटेका हुन् । आज नेपाल बैंकको सबैभन्दा बढी ३ करोड ९९ लाख, कृषि विकास बैंकको २ करोड ६६ लाख, प्रभु बैंकको २ करोड ६० लाख, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ५९ लाख र एनआईसी एशिया बैंकको १ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । आज गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीहरुले सबैभन्दा बढी ९.१३ प्रतिशतले नाफा कमाए भने युनियन हाइड्रो पावर लिमिटेडका सेयरधनीहरुले सबैभन्दा बढी ५.०५ प्रतिशतले घाटा व्यहोरेका छन् । आज बढेको सेयर बजार मौद्रिक नीति पछि भोलिका दिनमा के होला यसै भन्न सकिन्न ।