सेवोन अध्यक्ष छनोट गर्न रामकुमार फुँयालको संयोजकत्वमा समिति गठन

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकमा नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट समिति बनेको छ । आयोगका वित्त हेर्ने सदस्यको संयोजनमा राजस्व सचिव शिशिरप्रसाद ढुंगाना र नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) अध्यक्ष कृष्णप्रसाद आचार्य रहेको तीन सदस्यीय समिति गठन भएको हो । अर्थ मन्त्रालयले १ महिनाभित्र सेवोनको कार्यकारी अध्यक्ष नियुक्त गर्ने समिति गठन गरेको हो । अब सेवोन नेतृत्वमा जान आकांक्षीहरूले उक्त पदको लागि आवेदन दिन सक्नेछन् । सेवोन हाक्ने दौडमा आधादर्जन आकांक्षी, आईक्यान अध्यक्षदेखि राष्ट्र बैंकका पूर्व ईडीसम्म

ग्रीनलाइफ हाइड्रोपावरले ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्काशन गर्ने

काठमाडौँ । धितोपत्र बजारमा अधिकांश जलविद्युत् कम्पनीको शेयर ओरालो लागेको बेला ग्रीनलाइफ हाइड्रोपारले साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले गराएको रेटिङमा साधारण शेयर बिक्री गर्न मिल्ने गरी आफ्नो स्थान सुरक्षित गरेको छ । नेपाल धितोपत्र बोर्डले कमजोर रेटिङ भएका कम्पनीलाई साधारण शेयर बिक्री गर्न नदिने नियम बनाएको छ । रेटिङ कम्पनीले गर्ने विश्लेषणअनुसार ग्रेड एक प्राप्त गर्ने संस्था अब्बल मानिन्छ भने ग्रेड पाँच प्राप्त गर्ने संस्था आर्थिकरुपमा कमजोर मानिन्छ । केयर नेपालले गरेको रेटिङमा सो कम्पनीको शेयरले ‘केयर नेपाल आइपिओ ग्रेड ४’ प्राप्त गरेको छ । त्यो भनेको औसत अवस्था भन्ने हो । ग्रीनलाइफ हाइड्रोपारले यसअघि नै आयोजना प्रभावित दोलखा जिल्लावासीलाई साधारण शेयर बिक्री गरिसकेको छ । कम्पनीले आम सर्वसधारणका लागि साधारण शेयर बिक्रीको तयारी गरेको छ । नेपाल धितोपत्र बोर्डमा दिएको आवेदनअनुसार कम्पनीले कूल रु ३४ करोड ९६ लाख ४० हजार मूल्य बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर बिक्री गर्नेछ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा विओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले आयोजना प्रभावितलाई बिक्री गर्दा नबिकेको कूल १६ लाख ९६ हजार कित्तासमेत आम सर्वसाधारणलाई बिक्री गर्ने तयारी छ । कम्पनीले २५ मेगावाट क्षमताको खानी खोला एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सो आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजना नदी प्रवाही हो । आयोजनाको कूल लागत रु छ अर्ब ८८ करोड रहेको छ ।

‘साधना लघुवित्त’ले कमायो ७३ लाख नाफा, अघिल्लो वर्षको तुलनामा ५१३ प्रतिशतले बृद्धी

काठमाडौँ । गोरखा जिल्लाको गोरखा नगरपालिकामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ७६ लाख ६३ हजार खुद नाफा आर्जन गरेको छ । लघुवित्तकोे अघिल्लो वर्षको यही अवधिमा १४ लाख ९३ हजार मात्रै नाफा रहेको थियो । अघिल्लो बर्षको तुलनामा चालु आवमा ५१३ प्रतिशतले नाफा बृद्धी भएको मंगलबार सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । समीक्षा अवधिमा अन्य लघुवित्त नपुगेको क्षेत्रमा शाखा संजाल आक्रमक रुपमा बिस्तार गरेको लघुवित्तले गत असार ३० गतेबाट आर्थिक समृद्धी लघुवित्तलाई प्राप्ति गरी एकिकृत कारोबार संचालन गरेको छ । ब्यबसाय बिस्तारमा उत्कृष्ट प्रगती प्राप्त गरेकै कारण खुद ब्याज आम्दानी रु २ करोड ४६ लाख २ हजार पुर्याएको छ भने अघिल्लो बर्षको यही अवधिमा ६६ लाख ३१ हजारमा सीमित रहेको थियो । यसैगरी समीक्षा अवधिमा ३२ करोड ५९ लाख बचत संकलन गरी १ अर्ब ४ करोड १६ सापटी लिएर १ अर्ब ३६ करोड १९ लाख कर्जा परिचालन गरेको छ । अघिल्लो बर्षको यही अवधिमा ८ करोड ५६लाख बचत संकलन गरी ४४ करोड ७२ लाख सापटी लिई ५० करोड ७४ लाख कर्जा परिचालन गरेको थियो । यसैगरी वित्तीय संस्थाको अघिल्लो आर्थिक बर्षमा २३ लाख ९० हजारमात्र रहेको रिर्जब ३ करोड ४१ लाख पुगेको छ । अघिल्लो आवको यही अवधिमा कूल ४ करोड ९० लाख चुक्ता पूँजी रहेकोमा यस आवमा चुक्ता पूँजी १४ करोड ६० लाख भएको छ । त्यस्तै समीक्षा अवधिमा कस्ट अफ फण्ड ९.६२ प्रतिशत रहेको छ भने तरलता अनुपात १३.२१ प्रतिशत, प्रति शेयर आम्दानी २०.९८ (बार्षिक) रहेको छ ।