माउन्टेन हाइड्रोले एकैपटक सम्पन्न गर्यो दुई वार्षिक साधारणसभा

काठमाडौं । माउन्टेन हाइड्रो नेपालले एकैपटक दुई वर्षको वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले आज(पुस २७ गते) चौंथो तथा पाँचौं वर्षको सभा एकैपटक सम्पन्न गरेको हो । कम्पनीको पुस ४ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा सोमबार कालिमाटी व्याङ्क्युटमा बिहान ११ बजे सुरु भएको थियो । सभाले संचालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वार्षिक आर्थिक प्रतिवेदन, लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध एजेण्डाहरुमाथि छलफल गरी पारित गरेको छ ।

चन्द्रागिरी हिल्सकाे आईपीओः साढे १० लाख बढीले भरे, भाेलिसम्म आवेदन दिन पाइने

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा हालसम्म दुई अर्ब १० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार सोमबार(पुस २७ गते) साँझ ५ बजेसम्ममा १० लाख ६७ हजार ८९३ जना आवेदकले २ करोड १० लाख ५२ हजार ३२० कित्ता सेयरको लागि आवेदन दिएका छन् । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा १५ गुणा बढी आवेदन हो । कम्पनीले सर्वसाधारणमा १३ लाख ९६ हजार २२ कित्ता सेयर निष्काशन गरिरहेको छ । कम्पनीले गत पुस २४ गतेदेखि १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ बिक्रीमा राखेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ । र, बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयरमा सर्वसाधारणमा निष्काशन गरेकाे हाे । चन्द्रागिरी हिल्समा लगानी गर्दा उचित प्रतिफल पाइने, यस्ता छन् कम्पनीका भावी योजना यससँगै इच्छुक आवेदकले १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन सक्नेछन् । उनीहरुले पुस २४ गतेदेखि छिटोमा आगामी पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् । यससँगै इच्छुकले भाेलि बैंकिङ्ग समय भित्रमा कम्पनीकाे सेयरकाे लागि आवेदन दिइसक्नु पर्ने छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । इच्छुक आवेदकले सि(आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् । उक्त आईपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयलाई प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ । साथै, उक्त सेयर बाँडफाँड गर्दा सेयर हात पारेका स्थानीयले भने कम्पनीले जारी गर्न लागेको दोश्रो चरणको सेयरको लागि आवेदन दिन पाउने छैनन् ।

ओम् शिवा सहकारीको वार्षिकोत्सव र साधारणसभा एकैदिन सम्पन्न

काठमाडौं । ओम् शिवा बहुमुखी सहकारी संस्थाले वार्षिकोत्सव र वार्षिक साधारणभा एकैदिन सम्पन्न गरेको छ । संस्थो पुस २५ गते आफ्नो २१ औं वार्षिकोत्सव तथा २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । वार्षिकोत्सव तथा साधारण सभा साे दिन बिहान ११ बजे ललितपुरकाे कुपण्डाेस्थित ओम् शिवा भवनमा रहेकाे संस्थाको कार्यालयमा सम्पन्न भएकाे हाे । साथै संचालक समिति र लेखा सुपरिवेक्षण समितिको चुनावमा निर्विरोध चुनिने भएका संचालक समितिका ७ सदस्यहरुमध्ये अशोक प्रसाद मल्ल अध्यक्ष, सुरेन्द्र लाल राजभण्डारी उपाध्यक्ष र ज्ञानेन्द्र चन्द्र श्रेष्ठ, विराट पूर्ण श्रेष्ठ, सुर्दशन रघुवंशी र उत्तम दास श्रेष्ठ संचालक भएका छन् । साथै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा सालिक राम भण्डारी र सदस्यहरुमा मिना श्रेष्ठ र रिजा श्रेष्ठ रहेका छन् । सभाबाट संस्थाले आर्थिक वर्ष २०७६/२०७७ को वासलात, नाफा नोक्सानी हिसाबमा मा निम्न बमोजिम आर्थिक प्रगति विवरणहरु पारित गर्यो । संस्थाले सेयरधनीलाई ज्ञट.डद्ध प्रतिशत लाभांश वितरण गर्ने बताएको छ । कार्यकारी अध्यक्ष ईश्वर बहादुर रघुवंशीले संस्था संस्थापना गरी विगत २१ वर्षदेखि सेवा गरेकोमा सभाले उनको योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गरेको छ । सहकारी ऐन २०७५ अनुसार उनले कार्यकारी अध्यक्षको पद छोडी नव निर्वाचित संचालक समितिले पूर्ण सक्षमता साथ सहकारीको मूल मन्त्र इमान्दारिता र पारदर्शितालाई हृदयगंम गरी संस्था चलाउने पूर्ण विश्वाससाथ कार्य भार सुम्पिए । साथै, उनले अब नवगठित संचालक समितिको निर्णयानुसार कार्यकारी प्रमुख भई कार्य संचालन गर्ने छन् । सहकारीको सेयर पुँजी दुई करोड नौ लाख रुपैयाँ रहेको छ । बचत (निक्षेप) ३० करोड ९२ लाख रुपैयाँ, कर्जा सापट २२ करोड ८० लाख रुपैयाँ रहेको छ । ९ करोड ४९ लाख रुपैयाँ लगानी रहेको संस्थाको सापटी एक करोड ४० लाख रुपैयाँ र कूल सम्पत्ति ४० करोड २६ लाख रुपैयाँ रहेको संस्थाले जानकारी गराएकाे छ । त्यस्तै, संस्थाले ३३ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ ।