सेलपे सेवाले शुरु गर्यो दोस्रो चरणका स्टल एक्टिभेसन

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रालिको सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन शुरु गरेको छ । यो एक्टिभेसन कार्यक्रम नक्साल भाटभटेनिमा कात्तिक २९ र ३० गते, महाराजगञ्ज भाटभटेनिमा मंसिर ६ र ७ गते र पाटन भाटभटेनिमा मंसिर १३र १४ गते १० देखि ५ बजे सम्म कम्पनीले जनाएको छ । एक्टिभेसनको मूल उदेश्य ग्राहकहरुसंग अन्तरक्रिया बढाउन र सेलपे एप्प, यसको प्रयोग र फाइदाहरुको बिस्तारमा जानकारी उपलव्ध गराउने रहेका छ । एक्टिभेसनको समयमा सेलपेले स्पोटकेवाईसी प्रमाणिकरण सेवा प्रदान गर्नुका साथै पहिलो बैंक खाता लिंक भए पश्चात रु.१०० को फ्रि टपअप आफ्नो ग्राहकहरुलाई प्रदान गर्ने जनाएको छ । सेलपे द्धारा विभिन्न दूरसंचार सेवा, बिजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेश भित्र गरिने मनी ट्रान्सफर आदि वास्तविक समयमा गर्न सकिन्छ ।

आरएमडीसीले वरिष्ठ कर्मचारीलाई दियो कर्जा बिश्लेषण तालिम

काठमाडौँ । आरएमडीसी लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय, इटहरीको आयोजनामा कर्जा बिश्लेषण सम्बन्धी २ दिने तालिम गोकर्ण रिसोर्ट सुन्दरहरैचा, मोरङ्गमा सम्पन्न भएको छ । उक्त तालिम कात्तिक २७ देखि २८ गतेसम्म संचालन भएको थियो । तालिममा आरएमडीसीे इटहरी शाखाको कार्यक्षेत्र भित्र रहेका २१ वटा लघुबित्त कारोबार गर्ने लघुबित्त संस्था रसहकारी संस्थाहरुका ३४ जना फिल्ड हेर्ने बरिष्ठ कर्मचारीहरुकोे सहभागिता रहेको थियो । उक्त तालिम कार्यक्रमको संचालन शाखा काकर्मचारी दिनेश सिरुवालले गरेका थिए भने कार्यक्रममा सहभागीहरुको स्वागत शाखाका कर्मचारी कृष्णप्रसाद अधिकारीले गरेका थिए । उक्त तालिममा जीवन बिकास लघुबित्त बित्तीय संस्था लि.का जनशक्ती बिभाग प्रमुख सुदीपकुमार मण्डल र नेरुडे लघुबित्त बित्तीय संस्था लि.का बित्त बिभाग प्रमुख दिनेश कटुवालले प्रशिक्षकको रुपमा भूमिका निर्वाह गरेका थिए । प्रशिक्षकहरुले ऋण लगानीका सिद्धान्तहरु, प्रकृया तथा ऋण बिश्लेषणका ५ अवधारणा, धितो ऋण बिश्लेषण तथा ब्यवस्थापन, भाका नाघेको असर तथा त्यसको ब्यवस्थापनका बारेमा प्रशिक्षण दिएका थिए ।

आइएमईको ‘डबलको डबलको डबल’ अफर अन्तर्गत इन्द्रराजले जिते दुई गुणाबढी रकम

काठमाडौँ । सेवाग्राही इन्द्रराज शेरचन दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत सातौँ हप्ताको विजेता घोषित भएका छन् । शेरचन सिस्टममा आधारित ‘लक्की ड्र ’ मार्फत विजेता घोषित भएका हुन् । सेवाग्राहीले युकेबाट अफर अवधिमा आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । उनले युके स्थित रिया मनि ट्रान्सफर मार्फत रु ५०,१३७र( नेपालमा पैसा पठाएका थिए । जसको दुई गुणा हुन आउने रकम रु १००,२७४र( जितेका हुन् । पुरस्कार राशी सेवाग्राही शेरचनको सिफारिसमा उनका आफन्त चेलीमाया गौचनले ग्रहण गरेकी हुन् । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर २०७६ साल भदौ १५ गतेदेखि कात्तिक मसान्तसम्म कायम रहने जनाएको छ । अफर अनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता २ जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल, हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने जनाइएको छ ।