टेरापे र जिएमइ रेमिटबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । विश्वको ख्याति प्राप्त डिजिटल रेमिटान्स कम्पनी टेरापे र जिएमइ रेमिट प्रा.लि बिच रेमिटान्स सम्झौता भई कारोबार सुरु भएको छ । जिएमइ रेमिटको माध्यमबाट विश्वभर रहेको टेरापेका सम्पूर्ण एजेन्टहरुबाट सजिलैसँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिन्छ । नेपालमा जिएमइ रेमिटसँग आवद्ध सबै बैंक तथा वित्तीय संस्थाहरुबाट सजिलै रकम भुक्तानी लिन मिल्ने गरी खातामा तुरुन्तै रकम जम्मा गर्न सकिनेछ । उक्त सम्झौतामा जिएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र टेरापेको तर्फबाट निर्देशक दिल्शाद राजबलीले हस्ताक्षर गरेका छन् । जिएमइ रेमिट प्रा.लि ले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नोे छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ भर्न डिम्याट खाता र मेरो सेयर नविकरण गर्न आग्रह

काठमाडौं । ग्लोबल आईएमई क्यापिटलले सानिमा जनरल इन्स्योरेन्सको आईपीओ भर्न डिम्याट खाता तथा मेरो सेयर नविकरण(रिन्यु) गर्न आग्रह गरेको छ । क्यापिटलले मेरो सेयरबाट आवेदन दिने सर्वसाधारण तथा लगानीकर्तालाई आफ्नो डिम्याट खाता तथा मेरो सेयर अपडेट गराउन आग्रह गरेको हो । इन्स्योरेन्सले आज (असोज २१ गते)देखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न लागेको हो । त्यसैले, हालसम्म उक्त खाता नविकरण नगरेका ग्राहकहरुले अनलाइबाटै उक्त खाता अपडेट वा नविकरण गराउन सक्नेछन् । साथै, डिम्याट खातावालाहरुले आफुले बुझाउन बाँकी रहेको रकमको विवरण क्यापिटलको वेवसाइटको डिम्याट अकाउन्ट (बीओआईडी) रिन्यु स्ट्याटस्मा क्लिक गरी आफ्नो डिम्याट खाता इन्ट्री गरेर हेर्न मिल्ने व्यवस्था रहेको संस्थाले जानकारी गराएको छ । त्यस्तै, मेरो सेयरको पासवर्ड रिसेट गुर्नपर्ने भएमा कम्पनीको इमेल आईडी [email protected] मा सेयर निष्काशन बन्द हुनुभन्दा कम्तिमा एकदिन अघि नै रिक्वेष्ट पठाउन कम्पनीले आग्रह गरेकाे छ ।

सासु कोषका भुक्तानी अब अनलाईनबाटै

काठमाडौं । सामाजिक सुरक्षा कोषका भुक्तानीहरु अब अनलाईनबाटै सिधै लाभग्राहीको बैंक खातामा जम्मा हुने भएको छ । कोषले राष्ट्रिय वाणिज्य बैंक मार्फत एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी आफ्ना विभिन्न योजना तथा कार्यक्रम सम्बन्धी भुक्तानीहरु अनलाईनबाटै गर्ने भएको हो । हाल कोषले उपदान सम्बन्धी भुक्तानीका साथै आश्रित परिवार, दुर्घटना र अशक्तता सुरक्षा योजना, औषधिउपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना लगायतका आफ्ना भुक्तानीहरु एनपीआईमा जोडिएका कनेक्ट आईपीएस ई पेमेन्ट प्रणाली मार्फत् रियल टाइम र एनसीएचएल आईपीएस मार्फत नन-रियल टाइममा जम्मा हुने व्यवस्था गरेको छ । कोषले लाभग्राहीको दाबी अनुरोध संगै बुझाइएको बैंक खाताका विवरण अनुरुप अनलाईन भुक्तानी प्रदान गर्नेछ । पहिले चेक मार्फत गर्ने गरिएका यी भुक्तानीहरु अब पूर्ण स्वचालित रुपमा अनलाईनबाटै हुनेछ । रोजगारदाताले कोषको अनलाईन एसओएसवाईएस प्रणालीमा आफूलाई रजिष्टर गराई आफ्ना श्रमिकहरुका हकमा गर्ने योगदानमा आधारित रकमको संकलन गत वर्षदेखि नै कनेक्ट आईपीएस ई पेमेन्ट तथा यसका सदस्य बैंक वित्तिय संस्थाका शाखाहरु मार्फत् आफ्नो नेपाल बैंकमा रहेको खातामा गर्दै आएको छ । जस अन्तर्गत हालसम्म दश हजार भन्दा बढी कारोबार मार्फत १ अर्ब ७ करोड रुपैयाँ बराबरको रकम संकलन भइसकेको छ । सामाजिक सुरक्षा कोषले सुरुवात देखि नै डिजिटल भुक्तानी प्रकृयाहरुलाई आत्मसाथ गर्दै आएको छ । कोषको यस विभिन्न भुक्तानीहरु आलाईनबाटै सोझै लाभाग्राहीको बैंक खातामा जम्मा गर्ने प्रकृयाको थालनीले कोषको डिजिटलाईजेसन प्रकृयालाई थप टेवा पुर्याएको छ ।