सरकारले उद्योग चला भनेर मात्रै हुँदैन, वातावरण पनि निर्माण गर्नुपर्यो: हरिभक्त शर्मा

काठमाडौं । नेपाल उद्याेग परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले सरकारले ४४ प्रकार उद्योग सञ्चालन गर भने पनि उद्योग सञ्चालन गर्ने वातावरण नभएको बताएका छन् । काम गर्न मजदुर नै नभएको र भएका मजदुरलाई पनि उद्योगमा राखेर काम गराउने ठाउँ नभएको उनकाे भनाइ छ । सरकारले ४४ प्रकारको उद्योग सञ्चालन गर भनिरहेको छ । तर उद्योग सञ्चालन गर्न पास नै पाउन गाह्राे भएको र यससम्बन्धी गुनासाे उद्याेगमन्त्री लेखराज भट्टसँग गर्दा पनि समस्याकाे समाधान नभएकाे शर्माले बताए । ‘लामो समयदेखि हामी समस्यामा परेका छौं, हामीले राम्रोसगँ उद्योग सञ्चालन गर्न सकेका छैनौं, हाम्रो अर्थतन्त्रमा पनि यसले प्रभाव पर्छ, उद्योग सञ्चालनका लागि पुँजीको पनि अभाव छ । यसका लागि सरकार, उद्योगी र बैंक मिलेर सहज बनाउनु पर्यो । अतिआवश्यक बस्तु उत्पादन गर्ने उद्योगहरुलाई सहज बनाउनु पर्यो,’ उनले भने । बन्द रहेका उद्योगहरु कहिले देखि सञ्चालन हुन्छ भन्ने प्रश्न गर्दै उनले बन्द रहेको उद्योगहरुले कसरी मजदुरलाई तलब दिने भन्ने समस्या रहेकाे बताए । सरकारले काम नगर्ने मजदुरलाई पनि बराबरी तलब देउ भनिरहेको भन्दै उनले काम गर्ने र बिदामा बसेको बराबरी तलब पाउने भए पछि मजदुरहरु पनि काम नै नगरी तलब पाइन्छ भने किन काम गर्ने भन्ने अवस्थामा पुग्ने शर्माकाे भनाइ छ । उद्योगीले उद्योग नै बन्द गर्ने वा उद्योगलाई सानो बनाएर सञ्चालन गर्न सकिने नीति सरकारले ल्याउनु पर्ने उनकाे भनाइ छ नेपान उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले श्रम ऐनलाई परिर्माजनकाे माग गरे । ‘यो सहि समय पनि हो, सरकार र निजी क्षेत्र मिलेर ऐनलाई परिवर्तन गरौं’, शर्माले भने ।

सरकारकाे अनुमति पाउने वित्तिकै चुनढुंगा संकलनमा जुटे सिमेन्ट उद्याेग

काठमाडौं । सरकारले उद्याेग संचालनकाे अनुमति दिए लगत्तै सिमेन्ट उद्याेगहरू चुनढुंगा संकलनमा जुटेका छन् । वर्षायाम सुरू हुनअघि नै चुनढुंंगा संकलन गरिसक्नु पर्ने भएकाेले सिमेन्ट उद्याेगले चुनढंगा संकलनमा बढी जाेड दिएका हुन् । वर्षायामको समय हुनुभन्दा अगाडी नै आउँदो मंसिरसम्मका लागि आवश्यक पर्ने चूनढुंगा संकलन गर्नुपर्ने सिमेन्ट उद्योगहरू बताइरहेका छन् । सरकारले लकडाउन केही खुकुलो गरेर संचालन गर्न दिने भनेका  ४४ प्रकारका उद्योगमा सिमेन्ट उद्याेग पनि परेका छन् । गत वर्षको चैत ११ गतेदेखि जारी लकडाउन यो वर्षको २६ वैशाखसम्म सबै अति अवाश्यक बाहेकका उद्योग कलकारखाना बन्द थिए । २६ वैशाखदेखि सरकारले कलकारखाना सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारले कलकारखाना सञ्चालन गर्ने निर्णय गरेपछि पनि दिएको पास २ पटक रद्ध गरिसकेको छ । अब भने उद्योग विभागले पास वितरण सुरु गरेको छ । सरकारले उद्योग सञ्चालन गर्न लकडाउन खुकुलो पार्ने निर्णय गरेपछि सिमेन्ट उद्योगीहरू उत्साही भएका थिए । उद्योग खोलेर सिमेन्ट उत्पादन गरी बजार पठाउ भन्दा पनि सिमेन्टको कच्चा पदार्थ चूनढुंगाको खानी सञ्चालन गर्न पाइने भएकाले उनीहरू उत्साही भएका थिए । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले नेपालका सिमेन्ट उद्योगहरुमध्ये अधिकांशले आफैँ चूनढुंगाको खानी सञ्चालन गर्ने गरेको बताए । चूनढुंगा उत्खनन् नगर्ने उद्योगहरुले अन्य उद्योगको खानीबाट चूनढुंगा किनेर सिमेन्ट उत्पादन गर्दै आएका छन् । ‘उद्योग विभागमा १ सय २० वटा सिमेन्ट उद्योग दर्ता भएका छन्, त्यसमध्ये अहिले ६१ वटा मात्रै सिमेन्ट उद्योग सञ्चालनमा छन् । ६१ वटा सिमेन्ट उद्योगमध्ये २१ वटाले खानीबाट चूनढुंगा उत्खनन् गर्छन्’, थापाले भने । सिमेन्ट उद्योगदेखि चूनढुंगा खानीबीचको दूरी लामो छ । उद्योगदेखि खानीसम्म जाने बाटो भएकाले वर्षा सुरुभएपछि चूनढुंगा संकलन गर्न समस्या हुन्छ । वर्षायामभन्दा अघि नै उद्योगहरू चाहिने र अन्य उद्योगलाई बेच्ने चूनढुंगा संकलन गरिसक्नुपर्छ । उद्योगहरूले अघिल्ला वर्षमा आउने मंसीरसम्म पुग्नेगरी चूनढुंगा संकलन गरेर राख्ने गरेका थिए । विश्वभर कोरोना फैलिदै जादा नेपालमा लकडाउन सुरु भयो । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले ११ चैतदेखि लकडाउनको घोषणा गरेपछि कच्चा पदार्थ संकलनको काम ठप्प भएको थापाले बताए । उद्योगी पशुपति मुरारकाले बर्षा सुरु हुन लागेकाेले समयमा नै चूनढुंगा संकलन गर्नुपर्ने बताए । अबको केही दिनभित्र नै आगामी ६ महीनाको लागि आवश्यक पर्ने सिमेन्टको कच्चा पदार्थ संकलन गरिसक्नुपर्ने चूनौती आएको बताए । संघका अनुसार गत वर्ष नेपालमा एक करोड टन सिमेन्ट खपत भएको थियो । गत वर्ष नै नेपालका सिमेन्ट उद्योगहरूको उत्पादन क्षमता बढेर एक करोड ६० लाख टन पुगेको थियो । आगामी आर्थिक वर्षमा भने नेपाल सिमेन्टमा भारतसँग निर्भर हुनुपर्ने चिन्ता बढ्दै गएको उद्योगीहरू बताउछन् । चूनढुंगा संकलन गरिसक्नुपर्ने पर्ने समय चैत र वैशाखमा काम गर्न नपाइएकाले यस्तो चुनौती बढ्दै गएको हो । सिमेन्ट उद्योग संघका अध्यक्ष थापाले आगामी वर्ष नेपालमा हुने खपतको परिणाम बढे परनिर्भता बढ्ने निश्चित रहेको बताए । वर्षभरि नै लकडाउन कायम रहेर निर्माण क्षेत्रका काम ठप्प भए माग घट्ने र उत्पादन पनि घट्दा खासै समस्या आउदैन । नेपाल सिमेन्टमा आत्मनिर्भर भए पनि सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने जिप्सम र कोइला लगायतका कच्चा पदार्थ भने केही मात्रामा आयात हुँदै आएको छ । बजार ठप्प रहेको अवस्थामा उद्योगबाट सिमेन्ट उत्पादन गर्न आवश्यक नरहेको सिमेन्ट उद्योगीहरु बताउछन् । सिमेन्ट उद्योगहरूले आंशिक क्षमतामा सिमेन्ट उत्पादन थाल्ने तयारी गरेका छन् ।

अब उद्योगी व्यवसायीले पास लिँदा कर चुक्ता प्रमाणपत्र देखाउनु पर्ने

काठमाडाैं । सरकारले लकडाउनकाे समयमा सवारी पास लिने चाहनेहरुका लागि नयाँ व्यवस्था गरेकाे छ । अब सवारी पास चाहनेहरुले अनिवार्य रुपमा कर चुक्ता प्रमाण पत्र बुझाउनु पर्ने भएको छ। काठमाडौं जिल्ला प्रशासनसँगै सरकारको निर्णयका आधारमा उद्योगी व्यवसायीले सावरी सञ्चालनका लागि लिइने सवारी पासका लागि अनिवार्य कर चुक्ता प्रमाण पत्र बुझाउनु पर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको भनाइ छ। विभागमा महानिर्देकशक नेत्रप्रसाद सुवेदीले पनि सवारी पासका लागि अनिवार्य रुपमा कर चुक्ता प्रमाण पत्र बुझाउनु पर्ने बताए। सरकारी निर्णयअनुसार सवारी पासका लागि कर चुक्ता प्रमाण पत्र  मागिएको बताए । विभागले लकडाउन अगाडिसम्मको कर तिरेको चुक्ता प्रमाण पत्र खोजको उनकाे भनाइ छ । सरकारले आाजबाट पुन: नयाँ पास जारी गरेर ४४ प्रकारका उद्योग सञ्चालन शुरु हुने पनि बताएकाे छ ।  पहिलेका सबै पास रद्ध भए पनि वाणिज्य तर्फको वाणिज्य विभागबाट र उद्योग तर्फको उद्योग विभागबाट नयाँ पासको वितरण गर्न सुरु गरिएकाे हाे । सरकारले कोरोना भाइरस संक्रमण फैलनबाट रोक्न ११ चैतदेखि देशव्यापी लकडाउन गरेपछि विभिन्न वस्तु तथा सेवा उत्पादन र विक्री वितरण गर्ने निकायका कामदार तथा कर्मचारीलाई आवतजावतमा समस्या उत्पन्न भएको छ । ४४ प्रकारका उद्योग सञ्चालनका लागि आजबाट उद्योग विभागले नै पास दिन थालेको उनले बताए । उद्योग विभागको हकमा भने निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अर्फ कर्मको सहकार्यमा आजबाट पास दिन थालिएको हो ।