बन्द रहेका उद्योगहरु सञ्चालनमा आउने, स्वदेशी उपहार अनिवार्य
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६ /०७७ को बजेट मार्फत बन्द रहेको उद्योगहरु सञ्चालन आउने भएको छ। बन्द रहेका उद्योगहरु सहकारी र निजी क्षत्रको साझेदारीमा सञ्चालीत हेने भएको हो । विदेश भ्रमणमा जादा, सेमिनार र गोष्टीमा नेपालमा उत्पादीत उपहार अनिवार्य गरेको छ । बजेटले व्यापार घाटा कम गर्नका लागि विलासीताका बस्तु आयातमा निरुत्साहीत गर्ने भएको छ । आगामी वर्षसम्ममा २ दर्जन जति औद्योगीक बस्तुमा आत्मनिभर बनाई स्वदेशी उद्योगहरुलाई विकास, विस्तर र आधुनिकिकरण गरिने भएको छ ।
विदेशी लगानीका उद्योग प्रदेश नम्बर ३ मा बढी, सुदूरपश्चिम सबैभन्दा पछाडी
काठमाडौँ । विदेशी लगानीका उद्योग सवैभन्दा बढी प्रदेश नम्बर ३ मा रहेका छन् । चालु आव २०७५/०७६ को आर्थिक सर्वेक्षणमा प्रदेश नम्बर ३ मा सबैभन्दा धेरै विदेशी लगानीका उद्योग रहेको उल्लेख छ । आर्थिक वर्ष २०७५/०७६ को फागुन सम्म दर्ता भएका मध्ये प्रदेश नम्बर ३ मा ८१.५ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा १.० प्रतिशत रहेका छन् । उद्योग दर्ताको तथ्याङ्क हेर्दा प्रदेश ३ पछि गण्डकी प्रदेश दोश्रो स्थानमा छ । त्यसैगरी २ नम्बर प्रदेश, १ नम्बर प्रदेश, कर्णाली प्रदेश, ५ नम्बर प्रदेश र अन्त्यमा सुदूरपश्चिम प्रदेश रहेको छ ।
अखाद्य वस्तुको मिसावट र उत्पादन गर्ने विरुद्ध कारवाही, ७९ उद्योगमाथि मुद्दा दायर
फाइल फोटो हेटौँडा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले अखाद्य वस्तुको मिसावट तथा उत्पादन गर्ने ७९ उद्योगमाथि मुद्दा दायर गरेको छ । खाद्य स्वच्छता कायम गर्ने सिलसिलामा २०७६ साल वैशाखसम्म खाद्य ऐनअनुसार १५३ खाद्य उद्योगमा जाँच गर्दा ७९ उद्योगका उत्पादित सामानमा अखाद्य वस्तु भेटिएकाले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो । मुद्दा दायर गरिएकामा खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, बिस्कुट, चाउचाउ, अचारलगायत खाद्यवस्तु उत्पादन गर्ने उद्योगहरु रहेको उक्त कार्यालयद्वारा शुक्रबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा कार्यालय प्रमुख सोमकान्त रिजालले जानकारी दिए । एक महिनासम्म मनाइने खाद्य सुरक्षा दिवसका अवसरमा खाद्य स्वच्छतासम्बन्धी माइकिङ, प्रचारप्रसार, उद्योगी–व्यवसायी तथा बुद्धिजीवीहरुसँग छलफल एवं होटल र पसलहरुको अनुगमन गरिने सो अबसरमा बताइएको थियो । रासस