अब उद्योगी व्यवसायीले पास लिँदा कर चुक्ता प्रमाणपत्र देखाउनु पर्ने

<p>काठमाडाैं । सरकारले लकडाउनकाे समयमा सवारी पास लिने चाहनेहरुका लागि नयाँ व्यवस्था गरेकाे छ । अब सवारी पास चाहनेहरुले अनिवार्य रुपमा कर चुक्ता प्रमाण पत्र बुझाउनु पर्ने भएको छ। काठमाडौं जिल्ला प्रशासनसँगै सरकारको निर्णयका आधारमा उद्योगी व्यवसायीले सावरी सञ्चालनका लागि लिइने सवारी पासका लागि अनिवार्य कर चुक्ता प्रमाण पत्र बुझाउनु पर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता [&hellip;]</p>

काठमाडाैं । सरकारले लकडाउनकाे समयमा सवारी पास लिने चाहनेहरुका लागि नयाँ व्यवस्था गरेकाे छ । अब सवारी पास चाहनेहरुले अनिवार्य रुपमा कर चुक्ता प्रमाण पत्र बुझाउनु पर्ने भएको छ।

काठमाडौं जिल्ला प्रशासनसँगै सरकारको निर्णयका आधारमा उद्योगी व्यवसायीले सावरी सञ्चालनका लागि लिइने सवारी पासका लागि अनिवार्य कर चुक्ता प्रमाण पत्र बुझाउनु पर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको भनाइ छ।

विभागमा महानिर्देकशक नेत्रप्रसाद सुवेदीले पनि सवारी पासका लागि अनिवार्य रुपमा कर चुक्ता प्रमाण पत्र बुझाउनु पर्ने बताए। सरकारी निर्णयअनुसार सवारी पासका लागि कर चुक्ता प्रमाण पत्र  मागिएको बताए । विभागले लकडाउन अगाडिसम्मको कर तिरेको चुक्ता प्रमाण पत्र खोजको उनकाे भनाइ छ ।

सरकारले आाजबाट पुन: नयाँ पास जारी गरेर ४४ प्रकारका उद्योग सञ्चालन शुरु हुने पनि बताएकाे छ ।  पहिलेका सबै पास रद्ध भए पनि वाणिज्य तर्फको वाणिज्य विभागबाट र उद्योग तर्फको उद्योग विभागबाट नयाँ पासको वितरण गर्न सुरु गरिएकाे हाे ।

सरकारले कोरोना भाइरस संक्रमण फैलनबाट रोक्न ११ चैतदेखि देशव्यापी लकडाउन गरेपछि विभिन्न वस्तु तथा सेवा उत्पादन र विक्री वितरण गर्ने निकायका कामदार तथा कर्मचारीलाई आवतजावतमा समस्या उत्पन्न भएको छ । ४४ प्रकारका उद्योग सञ्चालनका लागि आजबाट उद्योग विभागले नै पास दिन थालेको उनले बताए ।

उद्योग विभागको हकमा भने निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अर्फ कर्मको सहकार्यमा आजबाट पास दिन थालिएको हो ।

Share News