नेपाल स्टिलकाे ऋण १३ करोड नाघ्याे, कर्जा नतिर्दा बैंकलाई हैरानी

काठमाडौं । नेपाल स्टिलले २०५२ साल असोज ७ गते हिमालय बैंक र नेपाल बैंकबाट लिएको (सहवित्तीयकरण) कर्जा चुक्ता नगर्दा बैंकहरू तनावमा परेका छन् । ऋण लिएको यो अवधिमा नेपाल स्टिलले हिमालयन बैंक र नेपाल बैंकलाई १३ करोड ३५ लाख रुपैयाँ भुक्तान गर्नुपर्ने भएको छ । उतिबेला नेपाल स्टिलले हिमालय बैंकबाट ४ करोड ८९ लाख र नेपाल बैंकबाट १ करोड ७९ लाख कर्जा लिएको हो । नेपाल स्टिलले यी दुई बैंकसँग गरेको पछिल्लाे सहमति अनुसार गत असोजसमान्तसम्म ऋणको साँवा र ब्याज भुक्तान गरिसक्नु पर्ने थियो । सहमति भएको यो अवधिमा उसले ऋण भने चुक्ता गर्न सकेन । गत भदौमा १ करोड बुझाएपछि असोजमा आएर ऋण चुक्ता गर्ने म्याद पुससमान्तसम्म थप गर्न निवेदन दियो । पछिल्लो समय पुसमसान्तसम्म कर्जा र ब्याज दुबै बुझाउने सहमति भएको छ । कर्जा लिएको यतिका वर्षपछि बैंकहरूले तागेता गर्दा गर्दा करिब १ वर्षअघिमात्रै नेपाल स्टिलका सञ्चालन दमनवहादुर अमात्य सम्पर्कमा आएका हुन् । चितवन जिल्लाको देबौलीमा करिब ५४ कठ्ठा जमिन र उद्योगमा जडान गरिएका मेशिनरी उपकरण धितो राखेर सो कर्जा लिएको हो । धितो सकार्दा ९० प्रतिशतभन्दा बढी ऋणको साँवा ब्याज असुल उपर हुने देखिएपनि अहिलेसम्म धितो लिलाम भने भएको छैन । पछिल्लो समय बैंकहरूले यसरी लामो समयदेखि रहेका कर्जालाई फरफारक गर्न न्यूनतम ब्याजमा व्यवस्थापन गर्न खोजिरहेका छन् । उद्योग सञ्चालनमा आएको केही वर्ष नेपाल स्टिलले केही ब्याज बुझाए पनि यसलाई निरन्तरता दिएन । ब्याज त बुझाउनेले साँवा भुक्तान गर्ने त कुरै भएन । विस्तारै यसको साँवामा ब्याज थपिदै गयो । अहिले यी दुबै बैंकलाई तिर्नुपर्ने ऋणको साँवा, ब्याज र अन्य प्रशासनिक खर्च समेत गरी १४ करोड पुग्ने देखिएको छ । बैंकहरूले ९.८३ प्रतिशत ब्याज लिएर कर्जाको व्यवस्थापन मिलाउन लागेका हुन् । नेपाल स्टिलले कर्जा नतिरेपछि बैकहरूले सुरक्षण लिलामीका लागि २०६८ जेठ २० गतेदेखि २०७३ चैत २७ गतेसम्म गरी चार पटक सूचना निकाली सकेका छन् । २०६२ भदौ २० गते ऋणी कम्पनीलाई बैंकले कालो सूचीमा राखेको छ । उद्योग सञ्चालक अमात्यले पछिल्लो समय कर्जा तिर्ने प्रतिवद्धता गर्दै बैंकमा आएकाले बैंकले ऋण असुली न्यायधिकरणमा दर्ता भइसकेको मुद्दालाई समेत फिर्ता लिएको छ । ऋण असुली न्यायधिकरणले कम्पनीले १२ करोड ९५ लाख तिर्नुपर्ने गरी मूल्यांकन गरेको छ । यसमा प्रशासनिक खर्च जोडिदा १४ करोड असुल उपर गर्नुपर्ने देखिएको दुबै बैंकले बताएको छ ।

हाम्रो कला विस्थापित हुने विदेशी लगानी हामीलाई चाहिँदैन- शेखर गोल्छा

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआइ)का उपाध्यक्ष शेखर गोल्छाले नेपालमा विदेशी लगानी आवश्यक नरहेको बताएका छन् । नेपाल हस्तकला महासंघको १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगितामा बोल्दै उनले नेपालमा विदेशी लगानी आवश्यक नरहेको बताएका हुन् । ‘हामी धेरै क्षेत्रमा आत्मनिर्भर भइसकेका छौं । हामी आत्मनिर्भर भएको क्षेत्रमा विदेशी लगानी आवश्यक छैन, हाम्रो कला विस्थापित हुने विदेशी लगानी हामीलाई चाँहिदैन ।’ नेपाली उद्योग क्षेत्र स्थापित हुने विदेशी लगानी चाहिने उनको भनाइ छ । नेपाली उद्यमी विदेशमा गएर पनि बिक्ने खालको सीप आवश्यक रहको उनको भनाई छ । युवाहरुलाई सीप तथा उद्यममा आकर्षित गर्नका लागि बैंकहरुले पनि ब्याजदर घटाउनु पर्ने उनको धारणा छ । नेपाल हस्तकला महासघका अध्यक्ष शुरेन्द्रभाइ शाक्यले नेपाललाई विश्वभरी चिनाउने मौलिक पहिचान सहितको मेलाले नेपालको आर्थिक विकासमा महत्वपुर्ण योगदान पुर्याइरहेको बताए। स्वदेशी कच्चापदार्थ तथा सीपलाई प्रयोग गरि देशमै रोजगारी सिर्जना गर्न हस्तकलाले महत्वपूर्ण योगदान गरेको छ। शाक्यले भने समृद्ध नेपाल सुखी नेपाली सरकारको अवधारणालाई सार्थक बनाउन नेपाल हस्तकला महासंघले ठूलो भूमिका निर्वाह गरेको छ। नेपाल हस्तकला महासंघले वार्षिक १३ अर्ब बराबरको निर्यात गर्नुका साथै ११ लाख भन्दाबढीलाई रोजगारी दिइरहेको बताए। हस्तकलाले देशको कला संस्कृतिको मात्र प्रतिनिधित्व नगरी देशलाई विश्व बजारमा चिनाई राष्ट्रको गौरवलाई बढाउँछ। शाक्यले भने हस्तकलाबाटै नेपालको आर्थिक विकास गर्न सकिन्छ नेपाली हस्तकलालाई प्रबर्द्धन गर्न सरकारले सहयोग गर्नु पर्छ। मेलामा ७ प्याभिलियन सहित २०० स्टल रहेका नेपाल हस्तकला महासंघले जानकारी दिएको छ। मेलामा भारत बङ्गलादेश श्रीलंका लगायतका देशका २० स्टल रहेका र मेलामा उत्कृष्ट प्याभिलियनलाई १ लाख पुरस्कार प्रदान गरिनुका साथै उत्कृष्ट स्टललाई २५ हजार पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। महासंघले निर्यातयोग्य हस्तकलालाई प्रोत्साहन स्वरुप काठमाडौ महानगरको सहकार्यमा प्रथम दितीय र तृतीय गरि क्रमशः ५० ३० २० हजार नगदका साथै प्रमाणपत्र प्रदान गर्ने घोषणा गरेको छ। नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले हस्तकलाको उत्पादनले मुलुकको व्यापार घाटा कम गर्न सहयोग गर्ने बताए। नेपालमै भएका कच्चापदार्थको प्रसोधन गरि उत्पादनमूलक बन्नु पर्छ। मल्लले भने हामीले निर्यातयोग्य वस्तुको उत्पादन बढाई मुलुक भित्रै रोजगारीको सिर्जना गरि आर्थिक लाभ लिनसक्नु पर्छ। भृकुटीमण्डपमा आयोजना गरिएको उक्त मेला आजदेखि १६ गते आइतबारसम्म चल्ने छ।

उद्योग र उद्यमशीलता विकास बिना मुलुकको समृद्धि सम्भव छैनः मन्त्री पार्वत गुरुङ

काठमाडौं । नव नियुक्त महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले उद्योग र उद्यमशीलताको विकास बिना मुलुककै समृद्धि सम्भव नहुने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँग मन्त्रालयमै छलफल गर्दै उनले सरकारले लिएको समृद्धि नेपाल र सुखी नेपालीको सपना साकार पार्नका लागि मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घन र विकास अपरिहार्य भएकोमा जोड दिए । स्थानीयस्तरमा आफ्नै कच्चा पदार्थबाट उत्पादित यस्ता उद्योग र तिनका उत्पादनको प्रवद्र्घन र बजारीकरणबाट नै मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सघाउ पुग्ने भन्दै मन्त्री गरुङले यस्ता उद्योगहरुको संरक्षण र प्रवद्र्घनका लागि आफनो मन्त्रालय, अन्तरमन्त्रालय र सरकारसँग पनि छलफल गर्ने प्रतिवद्घता व्यक्त गरे । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट पनि महिला उद्यमशीलता र यस्तै अरु क्षेत्रमा काम भइरहेको जनाउँदै उनले आगामी दिनमा महासंघसँगको सहकार्य र छलफलबाट अगाडि बढ्ने सोंच रहेको बताए । महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकलाई तीब्रत्तर आर्थिक बृद्घिमा लैजानका लागि लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च रहेको भन्दै बेलैमा यस्ता उद्योगहरुको विकास र प्रवद्र्घन गर्न नसकिए केही वर्षपछि आफै बन्द हुने उहाँको भनाई थियो । सरकारले लिएको समृद्घ नेपाल र सुखी नेपालीको लक्ष्य नेपाली उद्योग र तिनका उत्पादनसँग जोडिने भन्दै अहिले सञ्चालित हजारौं परम्परागत लघु, घरेलु तथा साना उद्योगधन्दाहरुको क्षमता विकास गर्नुपर्ने आवश्यकता औंल्याए । सो अवसरमा महासंघको प्रतिनिधिमण्डलले मन्त्री गुरुङको स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेको थियो । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद सिंह, सल्लाहकार वासु गिरी, पूर्व अध्यक्ष सुरेश प्रधानलगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।