एफएनसीसीआई निर्वाचनः प्रधान समूहको प्यानल घोषणा, पूजारी बनेर महासंघमा काम गर्ने प्रतिवद्धता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । उनले आज काठमाडौंको भिभान्त होटलमा एक कार्यक्रमको आयोजना गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । उनले आफ्नो टीमको घोषणा गर्दै लामो समयदेखि उद्योग वाणिज्य क्षेत्रमा अनुभव हाँसिल गरेको बताउँदै महासंघको स्तरोन्नतीका लागि पूजारी बनेर काम गर्ने बताए । उनले आफूले नेपाल उद्योग वाणिज्य महासंघलमाई मन्दिर जस्तै ठानेकोले आफूले त्याे मन्दिरकाे पूजारी सम्झेर काम गर्ने प्रतिवद्धता गरे । ‘म २८ बर्षदेखि उद्योग वाणिज्य क्षेत्रमा काम गर्दै आएको छु, मैले महासंघलाई मन्दिर ठानेको छु, म यस संस्थाको वृद्धि विकासका लागि पूजारीझै काम गर्छु,’ उनले प्यानल घोषणा सभामा भने । उनको प्यानलबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उमेद्वारी दिएका छन् । कार्यक्रममा अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्ष कुशकुमार जोशी लगायतको सहभागिता रहेको छ । प्रधानको टीमलाई गोल्छा र जाेशीकाे साथ छ । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोल्छाले अब आफ्नो नेतृत्वको महासंघबाट राजनीतिको क्यान्सर पनि हटाउने बताए । कुनै पनि काम नगर्नेलाई महासंघबाट हटाउनु पर्ने बताउँदै उनले महासंघमा राजनीति नभएर काम गर्नेको आवश्यकता भएको बताए । बरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार चन्द्र ढकाल समूहले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।
कञ्चनपूरमा १ हजार बिगाहा क्षेत्रफलमा शुख्खा बन्दरगाह बन्ने, मन्त्री भट्टले गरे औपचारिक घोषणा
कञ्चनपूर । कञ्चनपूरमा १ हजार बिगाहा क्षेत्रफलमा शुक्खा बन्दगाह बन्ने भएको छ । आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहितको टोलीले सुख्खा बन्दरगाह निर्माण हुने क्षेत्रको औपचारिक घोषणा गरेका हुन् । भट्टले कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा स्थापना गर्ने भनेको सुख्खा बन्दरगाह क्षेत्रको औपचारिक घोषणा गरेका हुन् । महाकाली नगरपालिका–१ मा रहेको मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रमा रहेको १ हजार बिगाहा क्षेत्रफलमा सुख्खा बन्दरगाह निर्माण हुने मन्त्री भट्टको भनाई छ । यसअघि दोधारा–चाँदनीकै कन्जभोजमा सुख्खा बन्दरगाह निर्माण गर्ने भनिएको पनि केहीस् प्राविधिक कारणले त्यहा स्थगित गरेर हालको स्थानमा बन्दगाह निर्माण हुने उनले बताए । सुख्खा बन्दरगाह क्षेत्रको घोषणा गर्दै मन्त्री भट्टले अन्तरदेशीय विशेष आर्थिक क्षेत्रको रुपमा देशभर चार स्थानमा निर्माण गर्ने लक्ष्यका साथ कञ्चनपुरबाट शुरु गरिएको बताए। ‘सुख्खा वन्दरगाह, औद्योगिक करिडोर, एकीकृत जाँच चौकीलगायतका पूर्वाधारहरू निर्माण गर्ने सरकारको लक्ष्य हो, सरकारले पूर्वदेखि पश्चिमसम्म औद्योगिक चेनको रुपमा विकास गर्ने गरेर काम अघि बढाएको छ, ’ उनले भने । औद्योगिक क्षेत्रको विस्तार गरेर बेरोजगारी समस्या समाधान गरिने उनको भनाई छ । भारतको राजधानी नयाँ दिल्लीबाट नजिक पर्ने सो क्षेत्र व्यापारिक नाकाका रुपमा विस्तार गर्नकै लागि सरकारले महाकाली नदीमा चारलेनको मोटरेबल पुलको समेत निर्माण गरिरहेको छ । महाकाली नदीमा निर्माण भइरहेको पुल, सुख्खा बन्दरगाह सोझै भारतको राष्ट्रिय राजमार्गसँग जोडेर नाकाका रुपमा विस्तार गर्ने गरेर भारत सरकारसँगको समझदारीमा परियोजना अघि बढाइएको हो ।
कञ्चनपूर पुगेर मन्त्री भट्टले भनेः म कूरा होइन काम गर्न आएको हुँ, अब आर्थिक विकासको काम शुरु भयो
महेन्द्रनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक र आर्थिक क्षेत्र विकास गरेर पूर्व–पश्चिमलाई जोड्ने काम गर्ने बताएका छन् । आइतबार कञ्चनपुरको महाकाली नगरपालिकामा स्थापना गरिने सुक्खाबन्दरगाह निर्माणस्थलमा आयोजित ए्रक कार्यक्रममा बोल्दै उनले मु्लुकमा आर्थिक तथा औद्योगिम विकासका लागि कामहरु गरेर पूर्व पश्चिम जोड्ने काम हुने बताएका हुन् । उनले आफूहरु कूरा मात्र नभएर काम गर्न आएकोले अब गरेका बाचाहरु विस्तारै पूरा हुँदै जाने बताए । ‘विस्तारै सबै क्षेत्रलाई समेटेर औद्योगिक र आर्थिक रुपमा पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण जोड्छौं, हिजोको जस्तो नारा दिने काम नगर्ने होइन, हामी काम गर्न आएका छौँ, काम गरेर देखाउँछौं,’ उनले भने । उनले देशलाई औद्योगिकीकरण र उत्पादन र श्रमलाई नजोडेसम्म जस्तोसुकै नारा दिए पनि मुलुक समृद्ध हुन नसक्ने बताए । यस्तै, उनले सुदूरपश्चिम प्रदेशमा मलकारखाना स्थापना गरिने र त्यसका लागि निजी क्षेत्रको पनि लगानी आवश्यक रहने बताए । उनले कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र, अत्तरिया धनगढी औद्योगिक करिडोर, हरैया विशेष आर्थिक क्षेत्र, डुडेझारी औद्योगिक क्षेत्र र पूर्वतिर बाँकेको नौबस्ता औद्योगिक क्षेत्र विकास गर्ने कार्य भइरहेको समेत बताए । यसअघि महाकाली नगरपालिकाकै कञ्जभोज स्थापना गर्ने भनिए पनि नेपाल–भारत दुई पक्षीय सम्बन्ध, प्राविधिक पाटो र कम लगानीमा बढी उपलब्धि हासिल गर्ने भनेर अहिलेको ठाउँमा छनामेट गरिएको समेत जानकारी गराए ।