एफएनसीसीआईको भिजनः २०३० सम्म १ सय खर्बको अर्थतन्त्र, २२ लाखलाई रोजगारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले राष्ट्रिय आर्थिक रुपान्तरण मार्गचित्र (भिजिन पेपर) २०३० तयार पारेको छ । समृद्धिका लागि निजी क्षेत्र भन्ने नारा दिएर महासंघले भिजन पेपर तयार पारेको हो । महासंघले निजी क्षेत्रको आर्थिक विकाससँगै समग्र मुलुकै अर्थतन्त्र सुधारको खाकासहित भिजन पेपर २०३० तयार पारेकाे बताएकाे छ । मंगलबार महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको कार्यसमिति महासंघमा निर्वाचित भएर आएको १०० दिन पुगेकाे अवरमा आयाेजित पत्रकार सम्मेलनमा महासंघले याे अवधिमा गरेका काम कारवाही र रणनीतिहरु प्रस्तुत गर्दै भिजन पेपर पनि प्रस्तुत गरेको हो । अध्यक्ष गोल्छाले संक्षेपमा महासंघको भिजन पेपर प्रस्तुत गर्दै देशको आर्थिक विकासका लागि अबको एक दशकभित्र देशको आर्थिक वृद्धिदर एक सय खर्ब रुपैयाँ हुने बताए । हाल देशको आर्थिक वृद्धिदर करिब ३९ खर्ब रुपैयाँको छ । भिजन पेपरमा भएका प्रमुख विषयहरु प्रस्तुत गर्दै अध्यक्ष गोल्छाले अबको १० दिनभित्र सो भिजन पेपर प्रस्तुत गर्ने बताए । उनका अनुसार २०३० सम्म २२ लाख मानिसलाई रोजागारी प्रदान गर्ने किसिमले काम हुने पनि बताए । भिजन पेपर २०३० सम्ममा विश्वमा विभिन्न देशलाई हेर आर्थिक विकासको आधार तयार गर्ने,कृषि क्षेत्र, उद्योग, उत्पादन तथा सेवा क्षेत्रलाई आवश्यकता र प्राथमिकताका साथ गर्ने गोल्छाको भनाई छ । ‘हामी लाभ हुने क्षेत्र, बजारको रणनीत, सम्भावनाको खोजी र त्यसको कार्यान्वयनको लागि सुक्ष्म अध्ययन गरेर अगाडि बढ्छौं, हामीले मुख्य प्राथमिकताका क्षेत्रहरु पहिचान गरेर काम गर्छौं,’ अध्यक्ष गोल्छाले भने । उनले देशको आर्थिक विकासका लागि कोभिड पछिको आर्थिक पुनरुत्थान, नीतिगत सुधार, प्रतिस्पर्धी बजार रणनीति, लगानी प्रवद्र्धन, अन्तर्राष्ट्रिय व्यापार ग्रोथ, साना तथा मझौता व्यवसायीको आर्थिक विकास, पूर्वाधार विकास, ज्ञानमुलक अर्थतन्त्र, श्रम व्यवस्थापन र क्षमता विकास र जिम्मेवार निजी गरी १० वटा पिलरहरु सम्झेर काम गर्ने बताए । अबको महासंघ तथ्यांक र भिजन सहितको भएकोले सबै उद्योगी व्यवसायीहरुको हकहितका लागि लागि पर्ने उनको भनाई छ । अर्थतन्त्रको विकासका लागि महत्वका हिसावले प्राथमिकीकरण गर्ने, लाभका क्षेत्रलाई पहिचान गर्ने देखि उत्पादनमुखि परियोजनाहरूमा देशी विदेशी लगानी र अनुसन्धानलाई समेत अघि बढाइने योजना भिजन पेपरमा उल्लेख छ । यसका साथै महासंघले मुलुकमा निजी क्षेत्रको विकाससँगै प्रयाप्त कल कारखानाको विकास गर्दै प्रति वर्ष अधिकतम ४ लाख रोजगारीको सिर्जना गर्ने महत्वाकांक्षी योजना बनाएको छ । यस्तै महासंघले महासंघको सचिवालयको सुधार, विभिन्न कार्य समितिहरूको गठन र जिम्मेवारी बाँडफाँड लगायतका काममा उल्लेखनीय काम गरेको गोल्छाको भनाई छ । महासंले उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्नको लागि विभिन्न ४ वटा क्षेत्रगत रुपमा सदस्य सेवा केन्द्र स्थापना हुने पनि बताएको छ । कर, राजश्व, बैंकिङ श्रम र मेलमिलाप सम्बन्धि क्षेत्रका लागि महासंघले सदस्य सेवा केन्द्र स्थापना गर्ने बताएको छ । त्यसका लागि नेतृत्व पनि तोकिसकेको छ । उनले साना तथा मझौला उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्नको लागि ती सेवा केन्द्रहरुले महत्वपूर्ण काम गर्ने उल्लेख पनि गरे । सम्बन्धित सामग्री एफएनसीसीआई कार्य समितिको १०० दिनः प्रादेशिक संरचना र रणनीतिमै फोकस, साधारणसभा चैतमा तय
एफएनसीसीआई कार्य समितिको १०० दिनः प्रादेशिक संरचना र रणनीतिमै फोकस, साधारणसभा चैतमा तय
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को नयाँ कार्यसमितिले निर्वाचितपछिको १०० दिनको कार्यप्रगति प्रस्तुत गरेको छ । मंगबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै महासंघको नयाँ कार्यसमितिले १ सय दिनमा गरेको काम कारवाही र कार्यक्रमहरु प्रस्तुत गरेको हो । महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचनबाट मंसिर १४ गते निर्वाचित नयाँ कार्यसमितिले १ सय दिनको समयावधिमा गरेको काम कारवाहीबारे पस्तुती दिएको हो । महासंघका अध्यक्ष शेखर गोल्छाले १ सय दिनको अवधिमा आफुहरुले गरेका काम कारवाही र कार्यक्रमहरुको बारेमा जानकारी गराएका हुन् । उनले कार्यक्रममा १ सय दिनको अवधिमा मुख्य कार्यक्रमहरु तय देखि ती कार्यक्रमहरु कार्यानवयनका लागि गर्नु पर्ने आवश्य कार्यदल तथा समितिहरु पनि निर्माण गरिसकेको बताए । उनले सम्मानित निजी क्षेत्र र सम्मुनत नेपाल नारा लिएर देशमा वयवसायिक वातावरण सिर्जना गर्नको लागि महासंघ प्रतिवद्ध भएको बताए । महासंघले सय दिनभित्र नेपाल आर्थिक रुपान्तरण मार्गचित्र (भिजन पेपर), परिषद् समिति फोरमलाई क्रियाशिल बनाइने, सबैको भावना र मर्म समेटिने गरी विधान संशोधनको कार्यलाई अगाडि बढाइने, महासंघ पूर्वाधार एवं सचिवालय सुदृढिकरण र महासंघले प्रदेश संरचनाको प्रभावकारी संचालन गर्ने गरी वर्तमान नेतृत्वका ६ वटा प्राथमिकताका क्षेत्र तोकेको बताए । उनले २०३० को दशक भित्र विश्वमा विभिन्न देशलाई हेरेर आर्थिक विकासको आधार तयार गर्ने, कृषि क्षेत्र , उद्योग , उत्पादन सेवा क्षेत्रलाई आवश्यक र महत्त्वका हिसावले प्राथमिकीकरण गर्ने, लाभका क्षेत्रलाई पहिचान गर्ने देखि उत्पादनमुखि परियोजनाहरूमा देशी विदेशी लगानी र अनुसन्धानलाई समेत अघि बढाइने योजना बनाइएको पनि उल्लेख गरे । यस्तै, महासंघको आर्थिक रुपान्तरण मार्गचित्रमा दश प्राथमिकता प्राप्त क्षेत्र र एक सय पहल पहिचान, महासंघको तेस्रो कार्यकारिणी समिति बैठक पारित लगायतका कामहरु गरेको उल्लेख गरे । ‘हामीले सय दिनको अवधिमा सबै परिषद् समिति र फोरमको सञ्चालन कार्यविधि तयार गरेका छौं, पहिलो बैठकमा अध्यक्षबाट मार्गनिर्देशन, हरेक ६ महिनामा कार्यसम्पादन मूल्यांकन गरिने र मार्गचित्रको कार्यान्वयन सयन्त्र बनाएका छौं,’ अध्यक्ष गोल्छाले भने । उनका अनुसार उद्योग वाणिज्य महासंघले तयार पारेको भिजन पेपर अब १० दिनभित्र सार्वजनिक हुनेछ । उक्त भिजन पेपरमा १० प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि आधार तयार समेटिएको उनको भनाई छ । विधान संशोधन पहिलो प्राथमिकतामा अध्यक्ष गोल्छाले आफ्नो नेतृत्वको कार्यसमितिले विधान संशोधनलाई मुख्य प्राथमिकता दिएको बताएका छन् । ‘विधान एउटा गतिशील डकुमेन्ट हो, समयानुसार यसको परिवर्तन र परिमार्जन हुँदै जानुपछ, हामी अब महासंघको विधान संशोधन गर्दैछौं,’ उनले भने । उनका अनुसार विधान संशोधन कार्यदल महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशीको नेतृवमा बनेको छ । ‘विधा संशोधनको काम अब छिट्टै अघि बढ्छ, विधान संशोधनपछि महासंघका अप्ठेराहरु, कठिनाईहरु निराकरण हुँदै सहज रुपमा गतिविधिहरु अघि बढ्छन्, हाम्रो मुख्य फोकस नै अब कामा हुनेछ,’ उनले भने । यस्तै, सचिवालयको भौतिक पूर्वाधार सुधार र प्रादेशि संरचना निर्माणका लागि वर्तमान कार्यसमितिले महत्वपूर्ण काम गर्ने उनले उनको भनाई छ । चैत २८ र २९ गते वार्षिक साधारणसभा अध्यक्ष गोल्छाले आगामी चैत २८ र २९ गते महासंघको ५५ औं वार्षिक साधारणसभा हुने बताएका छन् । उनले महासंघको आगामी कार्ययोजनामा ५५ औं वार्षिक साधारणसभा सम्पन्न गर्ने मुख्य प्राथमिकतामा रहेको बताएका छन् । ‘महासंघ, सीएनआई र नेपाल चेम्बरबीच कार्यगत एकताका लागि प्रयास गरिनेछ, अन्तर्राष्ट्रिय व्यापार आयोजना पनि हामी छिट्टै गर्दैछौं,’ उनले भने । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रमैत्री कार्यक्रमहरु ल्याई वित्तीय साक्षरता र नयाँ उद्यमीलाई अवसर दिलाउनको लागि महासंघ प्रतिवद्ध भएर लाग्ने बताएका छन् । उनले महासंले आगामी दिनमा ५० जना नयाँ उद्यमीलाई पुँजी उपलब्ध गरी उद्यम गर्न सघाउने पनि उल्लेख गरे । महासंले उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्नको लागि विभिन्न ४ वटा क्षेत्रगत रुपमा सदस्य सेवा केन्द्र स्थापना हुने पनि बताएको छ । कर, राजश्व, बैंकिङ श्रम र मेलमिलाप सम्बन्धि क्षेत्रका लागि महासंघले सदस्य सेवा केन्द्र स्थापना गर्ने बताएको छ । त्यसका लागि नेतृत्व पनि तोकिसकेको छ । ढकालले साना तथा मझौला उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्नको लागि ती सेवा केन्द्रहरुले महत्वपूर्ण काम गर्ने उल्लेख पनि गरे । अब महासंघले डेटा बैंक र भिजनमा केन्द्रित रहेर काम गर्ने बताएको छ ।
बैंकिङ समाधान केन्द्र बनाउँदै एफएनसीसीआई, १० दिनभित्र भिजन पेपर सार्वजनिक गर्ने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले उद्योगीहरुको बैंकिङ सम्बन्धी समस्या समाधानका लागि बैंकिङ समाधान केन्द्र सुरुवात गरिने बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान कार्यकारिणी समितिको १०० दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले उद्योगी, व्यवसायीहरुलाई बैंक सम्बन्धी विभिन्न समस्या आइपर्ने गरेकाले ति समस्याहरुलाई समाधान गर्नका निम्ति उद्योग वाणिज्य महासंघले नेपाल बैंक एशोसिएसन सँग सहकार्य गरेर बैंकिङ समाधान केन्द्र बनाउन लागेको बताएका हुन् । उनले उद्योगीहरुको श्रम सम्बन्धी समस्या समाधानका लागि पनि विज्ञ समुह बनाएर कानुनी परामर्श तथा सहयोग उपलब्ध गराउने पनि बताए । ‘छुट्टै बैंकिङ समस्याको लागि एउटा संरचना तयार गरेका छौं । यसमा हामीले नेपाल बैंक एशोसिएसनसँग सहकार्य गरेर उनीहरुको पनि सहभागिता हुनेगरी एमओयूमा हस्ताक्षर गर्दैछौं । अब बैंकिङ सम्बन्धी कुनै समस्या भयो भने राष्ट्र बैंकमा जानुभन्दा पहिला हामीले त्यो समस्या समाधान गर्नका लागि एउटा बैंकिङ समाधान केन्द्र सुरुवात गरेका छौं । कुनैपनि हाम्रा सदस्य साथीहरुलाई श्रम सम्बन्धी समस्या भयो भने हामी विज्ञ समुहमा राख्छौं र त्यो विज्ञ समुहमा कानुनी सल्लाहकारहरु पनि हुन्छन् र उनीहरुले कानुनी परामर्श दिनेछन् र समितिले सहयोग गर्नेछ ।’, उनले भने । अध्यक्ष गोल्छाले साना तथा मझौला उद्योगी व्यवसायीहरुले बैंकबाट ऋण लिनको लागि महासंघले सहजीकरण गर्ने पनि बताए । यसको निम्ति बैंक एशोसिएसन सँग सम्झौता भएको पनि उनको भनाई छ । त्यस्तै व्यवसायीहरुबीच लेनदेन लगायतका कुनै समस्या निम्तिए समस्या समाधान गर्ने प्रयास स्वरुप मेलमिलाप केन्द्रको सुरुवात गरिएको पनि उनले जानकारी दिए । यस्तै अध्यक्ष गोल्छाले उद्योग वाणिज्य महासंघको भिजन पेपर १० दिनभित्र सार्वजनिक गर्ने समेत जानकारी दिए । उक्त भिजन पेपरमा १० प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि आधार तयार समेटिएको बताए । त्यसका साथै उद्योग तथा व्यवसायको विकास, रोजगारीको विकासलगायतका विषय पनि भिजन पेपरमा समेटिने बताइएको छ ।