चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै, युरोपियन मुलकका नविनतम प्रविधिको अवलोकन गर्न पाइने

काठमाडौं । चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । चितवन उद्योग संघ तथा नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा पुस २ गतेदेखि ४ गतेसम्म औद्योगिक प्रदर्शनी हुने भएको हो । आयोजकका अनुसार मिडिया स्पेस सोलुसन र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस्को व्यवस्थापकीय साझेदारीमा छैटौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको हो । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण विगत दुई वर्षदेखि रोकिएको प्रदर्शनी यस वर्ष भव्यताका साथ मनाउने आयोजकले जनाएको छ । चितवन उद्योग संघका उपाध्यक्ष तथा पर्दशनी व्यवस्थापन समितिका संयोजक सुर्य प्रसाद न्यौपानले स्वेदशमा औद्योगिक वातावरणको सिर्जना गर्न र उद्योगमा नयाँ–नयाँ प्रविधि भित्र्याउने उद्धेश्यका साथ औद्योगिक प्रदर्शनी आयोजना हुन लागेको बताए । उनका अनुसार प्रदर्शनीमा आर्थिक कारोबार गर्न भन्दा पनि लघु, घरेलु तथा साना उद्योग तथा उद्यमीलाई प्रवद्र्धन गर्ने उद्धेश्यका साथ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी गर्न लागिएको हो । यस्तै, चितवन उद्यँेग संघका अध्यक्ष त्रिलोचन कँडेलले चितवन देशकै मुख्य क्षेत्रमा भएकोले हरेक दृष्टिकोणले राम्रो क्षेत्र भएकोले चितवनमै औद्योगिक प्रदर्शनी गर्न लागिएको बताए । ‘देशको मध्यभाग, पर्यटकीय वा अन्य दृष्टिकोणले पनि चितवन राम्रो क्षेत्र हो, त्यसैले पनि हामीले नेपाल उद्योग परिसंघको सहकार्यमा चितवनमै औद्योगिक प्रदर्शनी गर्ने योजना बनायौं, अघिल्ला वर्षहरुमा राष्ट्रिय स्तरको प्रदर्शनी मात्रै हुन्थ्यो, तर यो वर्ष अन्तर्राष्ट्रिय स्तरको गर्दैछौं, यसले समग्र देशको अर्थतन्त्रलाई र रोजगारी सिर्जना गर्नमा महत्वपूर्ण भूमीका खेल्नेछ,’ उनले भने । उनका अनुसार प्रदर्शनी स्थल पनि अन्तर्राष्ट्रिय स्तरकै हुनेछ । ६० हजार वर्गफिटमा रहेको एसी हलमा प्रदर्शनी हुने पनि उनले बताए । प्रदर्शनी स्थलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी कुल २ सयभन्दा बढी स्टल रहने आयोजकले जानरकारी दिएको छ । प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको छ भने ३० वटा नेपाली लघु, घरेलु तथा साना उद्यमीलाई निःशुल्क स्टल राखिने विज्ञप्तिमा उल्लेख छ । उनका अनुसार प्रदर्शनीमा विभिन्न देशका विभिन्न मेसनरी प्रविधिहरुको प्रदर्शनी गरिनेछ । नेपालमा नयाँ उद्योग खोल्न र नयाँ उद्यमी जन्माउनका लागि यो औद्योगिक प्रदर्शनीले महत्वपूर्ण भूमीमा खेल्ने उनले बताए । उनका अनुसार यो प्रदर्शनी मेला आयोजना गर्नको लागि नेपाल सरकार विभिन्न सहयोगीदाताहरुले पनि सहयोग गरेका छन् । नेपाल सरकारकै पनि यसमा १५ वटा स्टल रहने बताइएको छ ।

होङ्शी सिमेन्टले पायाे ३० मेगावाट विद्युत

नवलपरासी । चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई शनिबारबाट विद्युत आपूर्ति दिएको छ । प्रसारण लाइन तथा सबस्टेसन शनिबार राति ९ बजे चार्ज गरी उद्योगलाई विद्युत आपूर्ति दिइएको हो । नेपाल विद्युत प्राधिकरणका सञ्चालक भक्तबहादुर पुन, कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीको उपस्थितिमा प्रसारण लाइन चार्ज गरी उद्योगलाई विद्युत आपूर्ति दिएको हो । होङ्शीले ३० मेगावाट विद्युत खपत गर्ने छ । उत्पादन क्षमता थप गर्न लागेको उद्योगलाई थप ५० मेगावाट विद्युत चाहिने छ । उद्योगलाई १३२ केभी प्रसारण लाइनमार्फत सिधै विद्युत दिइएको छ । यसका लागि उद्योगले आफ्नो परिसरमा ३१.५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरी विद्युत आपूर्ति लिएको छ । ११ र ३३ केभी प्रसारण मेगावाटलाइनबाट विद्युत आपूर्ति लिने ग्राहककोभन्दा १३२ केभीको महसुल सस्तो छ । विद्युत लाइन पुग्न नसक्दा उद्योगले १.४ मेगावाटका १४ वटा डिजेल जेनेरेटरमार्फत विद्युत आपूर्ति गरिरहेको थियो । यसका लागि दैनिक रुपमा ६० हजार लिटर डिजेल खपत गर्दै आएको उद्योगले जनाएको छ । कार्यकारी निर्देशक घिसिङले वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोधजस्ता धेरै समस्या कारण प्रसारण लाइनको निर्माण अझै नसकिएता पनि वैकल्पिक व्यवस्था गरी होङ्शीलाई विद्युत दिन सकिएको बताए । होङ्शी सिमेन्ट उद्योगका लागि निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी उद्योग विद्युत आपूर्ति दिइएको छ । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा बर्दघाट–भरतपुर २२० केभी प्रसारणलाई ‘ट्यापिङ’ गरी होङ्शी सिमेन्टलाई विद्युत आपूर्ति दिइएको हो । २२० केभी प्रसारण लाइनबाट आएको विद्युतलाई ट्यापिङ गरी बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको दुम्कीबास–सर्दीखण्डमार्फत उद्योगमा विद्युत आपूर्ति दिइएको छ । बर्दबाट–भरतपुर २२० केभी र बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरी उद्योगलाई विद्युत दिइएको हो । ‘मुलुकभित्र उत्पादित विद्युतको आन्तरिक खपत बढाउन ठूला उद्योगहरुले मागेजति विद्युत दिइरहेका छौं, गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत आपूर्तिका लागि प्रसारण तथा वितरण लाइन र सबस्टेसनहरुको क्षमता बढाउने, सदृढीकरण गर्नेलगायतका कामअभियानकै रुपमा चलाइएको छ, यसको नतिजा छिट्टै देखिने छ’, घिसिङले भने, ‘ठूला उद्योग स्थापनालाई प्रोत्साहन गर्न विद्युत महसुललाई समयानुकूल पुनरावलोकन गर्दै लैजाने छौं ।’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पुर्याउने घोषणा अनुसार बर्दघाट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन बनिरहेको हो । वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिमा भएको ढिलाइ र निजी जग्गा प्राप्तिको समस्याका कारण केभी प्रसारण लाइनको निर्माण पूर्ण रुपमा सम्पन्न हुन सकेको छैन । नेपाल सरकारको लगानीमा ४० लाख अमेरिकी डलर लगानीमा आर्थिक वर्ष २०७३/७४ मा आयोजनाको सुरु गरिएको थियो ।

स्पञ्ज आइरन आयात गर्ने उद्योगले तिरे पौने १३ अर्ब राजश्व, बढी तिर्नेमा जगदम्बा स्टिल, कुनले कति तिरे ?

काठमाडाैं । गत आर्थिक वर्षमा स्पञ्ज आइरन तथा विलेट्स आयात गर्ने २८ उद्योगहरुले पौने १३ अर्ब रुपैयाँ राजश्व तिरेका छन् । उपलब्ध तथ्यांकका अनुसार गत आर्थिक वर्षमा २८ वटा उद्योगहरुले सरकारलाई १२ अर्ब ७५ करोड ७ लाख रुपैयाँ राजश्व तिरेका हुन् । साे अवधिमा कुल ११ लाख ३९ हजार २३१ मेट्रिक टन स्पञ्ज आइरन तथा विलेट्स आयात गरेका छन् । उनीहरुले कुल ६९ अर्ब ४१ करोड ७४ लाख रुपैयाँ बराबरको भन्सार मूल्यको वस्तु आयत गरेका हुन् । उपलब्ध तथ्यांकका अनुसार सरकारलाई सबैभन्दा बढी राजश्व तिर्ने उद्योगका रुपमा जगदम्बा स्टिल देखिएको छ । यो उद्योगले कुल १ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ राजश्व तिरेको छ । जगदम्बा उद्योगले यो अवधिमा ११ लाख ४ हजार ८७२ मेट्रिक टन स्पञ्ज आइरन आयात गरेको छ । यस्तै, श्री स्टिलले १ अर्ब ३० करोड ८२ लाख रुपैयाँ राजश्व तिरेको छ भने जगदम्बा इन्टरप्राइजेजले १ अर्ब ७ करोड ५५ लाख रुपैयाँ राजश्व तिरेको देखिएको हो । सबैभन्दा कम राजश्व तिर्ने उद्योग भने अशोक स्टिल देखिएको छ । यो उद्योगले कुल २ करोड २ लाख रुपैयाँ राजश्व तिरेको छ ।