स्पञ्ज आइरन आयात गर्ने उद्योगले तिरे पौने १३ अर्ब राजश्व, बढी तिर्नेमा जगदम्बा स्टिल, कुनले कति तिरे ?

<p>काठमाडाैं । गत आर्थिक वर्षमा स्पञ्ज आइरन तथा विलेट्स आयात गर्ने २८ उद्योगहरुले पौने १३ अर्ब रुपैयाँ राजश्व तिरेका छन् । उपलब्ध तथ्यांकका अनुसार गत आर्थिक वर्षमा २८ वटा उद्योगहरुले सरकारलाई १२ अर्ब ७५ करोड ७ लाख रुपैयाँ राजश्व तिरेका हुन् । साे अवधिमा कुल ११ लाख ३९ हजार २३१ मेट्रिक टन स्पञ्ज आइरन तथा [&hellip;]</p>

काठमाडाैं । गत आर्थिक वर्षमा स्पञ्ज आइरन तथा विलेट्स आयात गर्ने २८ उद्योगहरुले पौने १३ अर्ब रुपैयाँ राजश्व तिरेका छन् । उपलब्ध तथ्यांकका अनुसार गत आर्थिक वर्षमा २८ वटा उद्योगहरुले सरकारलाई १२ अर्ब ७५ करोड ७ लाख रुपैयाँ राजश्व तिरेका हुन् ।

साे अवधिमा कुल ११ लाख ३९ हजार २३१ मेट्रिक टन स्पञ्ज आइरन तथा विलेट्स आयात गरेका छन् । उनीहरुले कुल ६९ अर्ब ४१ करोड ७४ लाख रुपैयाँ बराबरको भन्सार मूल्यको वस्तु आयत गरेका हुन् ।

उपलब्ध तथ्यांकका अनुसार सरकारलाई सबैभन्दा बढी राजश्व तिर्ने उद्योगका रुपमा जगदम्बा स्टिल देखिएको छ । यो उद्योगले कुल १ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ राजश्व तिरेको छ ।

जगदम्बा उद्योगले यो अवधिमा ११ लाख ४ हजार ८७२ मेट्रिक टन स्पञ्ज आइरन आयात गरेको छ । यस्तै, श्री स्टिलले १ अर्ब ३० करोड ८२ लाख रुपैयाँ राजश्व तिरेको छ भने जगदम्बा इन्टरप्राइजेजले १ अर्ब ७ करोड ५५ लाख रुपैयाँ राजश्व तिरेको देखिएको हो ।

सबैभन्दा कम राजश्व तिर्ने उद्योग भने अशोक स्टिल देखिएको छ । यो उद्योगले कुल २ करोड २ लाख रुपैयाँ राजश्व तिरेको छ ।

Share News