जिल्ला-नगर खुल्लातर्फ १५ जना विजयी, कसले कति मत पाए ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६० औँ वार्षिक साधारणसभासँगै मंगलबार सम्पन्न निर्वाचनअन्तर्गत जिल्ला-नगर खुल्लातर्फको नतिजा सार्वजनिक भएको छ । जिल्ला-नगरतर्फ १५ जना उम्मेदवार विजयी भएका छन् ।

१२९ मत गणनाको आधारमा सार्वजनिक नतिजाअनुसार अर्जुनकुमार श्रेष्ठले ११० मतसहित विजयी भएका छन् । त्यस्तै, प्रयास कार्कीले १११ मत, कृष्ण कातुवालले १०५ मत, लक्ष्मणराज पौडेल र छत्रधर आत्रेयले समान १०४/१०४ मत, मोहनप्रसाद श्रेष्ठ र सन्तोष खड्काले १०२/१०२ मत, दीपक नेपालले १०० मत, केशवप्रसाद भण्डारीले ९८ मत र गोकुल श्रेष्ठले ९७ मत प्राप्त गरी विजयी भएका छन् ।

यसैगरी, हरिप्रसाद अर्यालले ९२ मत, ताराबहादुर कार्कीले ९० मत, शंकर गिरीले ८६ मत, उज्ज्वलप्रसाद कसजुले ८२ मत र सुदर्शन कार्कीले ८१ मत प्राप्त गर्दै विजयी भएका छन् ।

Share News