९ कराेड लागतमा राजविराजमा पहिलाे चिल्ड्रेन पार्क बन्दै
सप्तरी । राजविराज नगरपालिका–१ मा रु नौ करोडको लागतमा बाल उद्यान (चिल्ड्रेन पार्क) निर्माण हुने भएको छ । सो नगरपालिका–१ का वडाध्यक्ष चन्द्रशेखर चौधरीले बिहीबार सो उद्यानको शिलान्यास गर्दै बालबालिकाको समग्र हितका लागि उद्यान बनाउन लागिएको जानकारी दिए । नगरपालिका क्षेत्रमा बाल उद्यान छैनन् । २६ कठा जग्गामा पर्खालसहित निर्माण हुने सो उद्यानमा बगैँचा, विभिन्न खेलकुदका सामग्री र साधन, सोलार, खानेपानी, शौचालय, आरामदायी कुर्सीलगायत विभिन्न सुविधा उपलब्ध रहने उनले जानकारी दिए । सो कार्यको ठेक्का पाएको रसुवारोसन जेबी कन्ट्रक्सनले काम शुरु गरिसकेको र ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीका प्रतिनिधि मनोजकुमार यादवले जानकारी दिए । सो कार्यक्रममा नगरप्रमुख शम्भुप्रसाद यादव र उपप्रमुख साधना झाले समृद्ध नगर बनाउन विभिन्न काम भइरहेको जानकारी दिए ।राजविराज नगरपालिका–१ मा रु नौ करोडको लागतमा बाल उद्यान (चिल्ड्रेन पार्क) निर्माण हुने भएको छ । सो नगरपालिका–१ का वडाध्यक्ष चन्द्रशेखर चौधरीले बिहीबार सो उद्यानको शिलान्यास गर्दै बालबालिकाको समग्र हितका लागि उद्यान बनाउन लागिएको जानकारी दिए । नगरपालिका क्षेत्रमा बाल उद्यान छैनन् । २६ कठा जग्गामा पर्खालसहित निर्माण हुने सो उद्यानमा बगैँचा, विभिन्न खेलकुदका सामग्री र साधन, सोलार, खानेपानी, शौचालय, आरामदायी कुर्सीलगायत विभिन्न सुविधा उपलब्ध रहने उहाँले जानकारी दिएका छन् । सो कार्यको ठेक्का पाएको रसुवारोसन जेबी कन्ट्रक्सनले काम शुरु गरिसकेको र ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीका प्रतिनिधि मनोजकुमार यादवले जानकारी दिए । सो कार्यक्रममा नगरप्रमुख शम्भुप्रसाद यादव र उपप्रमुख साधना झाले समृद्ध नगर बनाउन विभिन्न काम भइरहेको जानकारी दिए । रासस
भरतपुर विमानस्थलमा आजदेखि पुनः स्वास्थ्य कक्ष सञ्चालन
चितवन । नोबेल कोरोना भाइरसबाट बच्न भरतपुर विमानस्थलमा आजदेखि पुनः स्वास्थ्य कक्ष ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाको संयोजनमा कक्ष सञ्चालनमा ल्याइएको हो । गएको माघ २२ गतेबाट दुई हप्ता कक्ष सञ्चालन गरिएको भए पनि त्यसपछि बन्द गरिएको थियो । हेल्थ डेस्क पुनः आजदेखि सञ्चालनमा ल्याइएको हो । नागरिक उड्डयन प्राधिकरण भरतपुरले बुधबार महानगरपालिकालाई पत्रचार गरी स्वास्थ्य कक्ष सञ्चालन गरिदिन अनुरोध गरेको थियो । प्राधिकरण, महानगरपालिका र स्वास्थ्य कार्यालय चितवनको सहकार्यमा स्वास्थ्य कक्ष स्थापना गरिएको हो । महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाका सहसंयोजक सूर्य तिवारीका अनुसार दुईजना प्यारामेडिक्स र एकजना नर्सिङ स्टाफ कक्षमा रहेका छन् । उनीहरुले जहाजबाट झरेका यात्रुहरुको अवस्था बुझेर शङकास्पद देखिएमा तत्काल अस्पताल पठाउने छन् । विदेशबाट आएका यात्रु र रुघाखोकी लागेका यात्रुको स्वास्थ्य परीक्षण गरिनेछ । ती बिरामीका कोरोना भाइरसको लक्षण देखिएमा भरतपुर अस्पतालमा रहेको आइसोलेशन कक्षमा पठाइने व्यवस्था मिलाइएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले चितवन पर्यटकीय जिल्लासमेत भएकाले विदेशी र स्वदेशी यात्रुहरु धेरै आउने हुँदा जोखिम हुन सक्ने भन्दै बेलैमा सजग भएर स्वास्थ्य कक्ष पुनः सञ्चालनमा ल्याइएको बताए । बीचको समयमा त्रास कम भएसँगै रोकिएकामा पुनः सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । यस्तै कार्यालयले आज सूचना जारी गरी हवाई यात्रुलाई स्वागत तथा बिदाइ गर्न आउनेहरुलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगर्न अनुरोध गरेको छ । सूचनामा कोरोनाको मुख्य लक्षण रुघाखोकी तथा ज्वरो आएका यात्रुहरुलाई हवाई यात्रा तथा विमानस्थल क्षेत्र प्रवेश नगर्न अनुरोधसमेत गरेको छ । भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरा दैनिक ११ वटा उडान हुँदै आएका छन् । ती जहाजबाट दैनिक आठ सय हाराहारी यात्रु आवतजावत गर्दछन् । रासस
भ्रमण वर्ष सात प्रदेश संयोजकसहित सचिवालय बैठक लुम्बिनीमा
कोरोना भाइरसको सङ्क्रमण व्यापक रुपले फैलिन थालेपछि नेपालमा पनि यसको रोकथामका लागि सरकारले पूर्वघोषित कार्यक्रम स्थगित गर्दै जान थालेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा दुई महिनाअघि मात्र औपचारिक घोषणा गरेको भ्रमण वर्ष स्थगित गर्ने घोषणा गरेको छ । कोरोना भाइरसको सम्भावित सङ्क्रमणको भयका कारण स्थगित भ्रमण वर्षका कार्यक्रम सञ्चालनका सन्दर्भमा छलफलका लागि भ्रमण वर्षका केन्द्रीय कार्यक्रम संयोजक सुरज वैद्य, सातै प्रदेशका संयोजक र सचिवालय सदस्य सहितको बैठक लुम्बिनीमा बिहीबार बसेको छ । बैठकमा कोरोनाको सङ्क्रमणका कारण नेपालको पर्यटन क्षेत्रमा परेको असर, यसलाई कसरी सामान्य बनाउने र आगामी कार्यक्रमलाई कुन रुपमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल हुने भ्रमण वर्ष प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिका सहसंयोजक माधव नेपालले जानकारी दिए । भ्रमण वर्षका कार्यक्रम संयोजक तथा वरिष्ठ उद्योगपति सुरज वैद्यले विश्वभरि नै महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलिन सक्ने भन्दै भ्रमण वर्षका कार्यक्रम हाललाई स्थगित गरिएको बताए । भ्रमण वर्षको मुख्य उद्देश्य पर्यटन प्रवद्र्धन रहने भएकाले यो कुनै एउटा वर्षमा मात्र हुने नभई हरेक वर्ष कुनै न कुनै कार्यक्रमका रुपमा कार्यक्रम सञ्चालन हुनुपर्ने बताए । भ्रमण वर्ष प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिको बैठकका लागि लुम्बिनी आएका संयोजक वैद्यले बुधबार बुटवल र पाल्पाको प्रमुख पर्यटकीय गन्तव्य नुवाकोटगढीको अवलोकनपछि भ्रमण वर्षका कार्यक्रम हाललाई स्थगित गरिए पनि स्थिति समान्य हुनासाथ निरन्तरता दिइने बताए । उनले भ्रमण वर्षमा पर्यटकीय गन्तव्यको पहिचान र पर्यटकीय पूर्वाधारमा समेत ध्यानाकर्षण गराउनुपर्नेमा आफूहरुको जोड रहेको बताएका छन् । नुवाकोटगढीको अवलोकनका क्रममा नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले त्यहाँको ऐतिहासिक महत्व, पुरातात्विक संरचनाहरुको संरक्षणमा भएका प्रयास र नुवाकोटगढीको विकास योजनाका बारेमा जानकारी गराएका थिए । अध्यक्ष नेपालले भ्रमण वर्षको अवधिमा उक्त स्थानमा नेपालको वीरता झल्कने नेपालीले अङ्ग्रेज फौजसँग लड्न प्रयोग भएका हतियार खुकुरीको प्रतीक स्थापना गर्ने योजना प्रस्तुत गर्नुभयो ।