किङ्स लाउन्ज पोखरामा कोरोना नियन्त्रणका लागि उच्च शतर्कता, थर्मल स्क्यानरबाट परीक्षण

काठमाडाैं । किङ्स लाउन्ज पोखराले कोरोना भाईरस नियन्त्रणका लागि उच्च शतर्कता अपनाएको छ । लाउन्जले आफ्ना ग्राहकहरुको स्वास्थ्यको ख्याल राख्दै प्रवेश द्धारमा ग्राहकहरुको तापक्रम नाप्न थर्मल स्क्यानरको व्यवस्था गरेको छ । लाउन्जले आफ्ना ग्राहकहरुमा कोरोना संक्रमण नहोस भनेर थर्मल स्क्यानरका साथै लिक्विड स्यानीटाइजर एजेन्ट स्प्रे पनि प्रयोगमा ल्याएको किङ्स लाउन्ज पोखराका अध्यक्ष वशन्त गौचन थकालीले जानकारी दिए । उनले लाउन्जमा आउने ग्राहकको थर्मल स्क्यानीङ गरेर किटाणु नासक स्यानीटाइजर स्प्रे लगाएर मात्र लाउन्जमा प्रवेश गराईने बताए । लाउन्जमा यहि चैत्र ८ गते शनिबार साँझ ब्रिजेश, विजेन र वियोन ब्यान्डको लाइभ कन्सर्टको कार्यक्रम समेत राखेको छ । आगामी चैत्र ३० गते द एक्स ब्याण्डको लाइफ कन्र्सट आयोजना गर्ने लाउन्जले जनाएको छ । शिवरात्रीको अवसरमा लाउन्जमा नेपालका सांगितिक क्षेत्रका हस्तीहरु ईश्वर गुरुङ्ग (नमस्ते ब्याड), संगितकार तथा गितकार दीप श्रेष्ठ, सुबर्ण लिम्बू, गायक गंगा बरदान, यम बराल, अमर गुरुङ्ग, १९७४ एडीका निराकर, एडिन प्रधान, मनोज के.सी.का साथै अमेरिकन पिस पिट ब्यान्ड (जापान) को वृहत जमघट समेत आयोजना गरेको थियो । पूर्ण पारिवारिक वातावरणमा सञ्चालनमा ल्याईएको किङ्स लाउञ्ज पोखराले सुपथ मूल्यमा ग्राहकहरुलाई स्वादिष्ट परिकारहरु प्रदान गर्दै आएको छ । बर्थडे, एनिभर्सरी, फेयरवेल लगायतका गेट टुगेदर गर्न आउनेलाई निशुल्क केक उपलब्ध गराउँदै आएको लाउन्जले हरेक बुधबार सञ्चालन हुने लेडिज नाइटमा सहभागि महिलाहरुलाई निशुल्क ककटेल उपलब्ध गराउने गरेको छ । लाउञ्जमा चाइनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाइजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन सञ्चालन हुने लाइभ कन्सर्टले सेवाग्राहीलाई सन्तुष्ट बनाउँदै आएको संचालकको भनाई छ ।

एनआईसी एशिया बैंकका ग्राहकलाई अकामा होटलमा २० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट पाउने भएका  छन् । बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवा प्रयोग गरे वापत साे मात्रामा छुट पाउने सम्बन्धी  सम्झौता भएकाे हाे । उक्त सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतसन्तोष कुमार राठी र होटलका महाप्रबन्धक राजु श्रेष्ठले हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवा प्रयोग गरे वापत रकम भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने छन् । साथै यस बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ । समझदारीका सर्तहरू एक वर्षको लागि लागू हुनेछन् । यसैगरी ग्राहकले देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् । बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५४ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने ठूलो शाखा सञ्जाल भएको छ ।

नेपाल टेलिकमको फोरजी सेवा पर्यटकीय स्थल स्याङ्बोचेमा

काठमाडौं । नेपाल टेलिकमले विश्वप्रसिद्ध पर्यटकीय स्थल स्याङ्बोचेमा जीएसएम फोरजी मोबाइल सेवा उपलब्ध गराएको छ । समुद्री सतहदेखि ३ हजार ८ सय ८६ मिटरको उचाइमा रहेको स्याङ्बोचेमा फागुनको अन्तिम सातादेखि कम्पनीले फोरजी सेवाको शुरुवात गरेको हो । विश्वकै सबभन्दा अग्लो शिखर सगरमाथा आरोहणका लागि जाने आरोहीहरु लगायत हिमालको दृश्यावलोकनका लागि विश्वभरबाट आउने पर्यटकहरुले यसबाट प्रत्यक्ष लाभ उठाउन सक्नेछन् । पर्यटकीय मौसममा स्याङ्बोचे हुँदै खुम्जुङ, खुण्डे तथा चर्चित गोक्यो ताल जाने पदयात्रीहरुको आवतजावत बाक्लो हुने गर्दछ । स्याङ्बोचे नजिकै रहेको एभरेष्ट भ्यु होटलबाट सगरमाथाको दृश्यावलोकन गर्ने विदेशीहरुको संख्या पर्यटकीय मौसममा दैनिक ५ सयभन्दा बढी पुग्ने गरेको छ । यसका साथै यहाँ नेपालकै सबैभन्दा अग्लो स्थानमा अवस्थित स्याङ्बोचे विमानस्थल समेत रहेको छ । पर्यटकीय दृष्टिबाट अत्यन्त महत्वपूर्ण सो स्थान आसपास पर्यटकीय मौसममा दैनिक ७ सयभन्दा बढी विदेशी पर्यटकहरु आउने गरेका इलाका प्रहरी कार्यालय नाम्चेका इन्सपेक्टर केशबकुमार कटुवालले बताए । स्याङ्बोचेमा स्थापित मोबाइल बीटीएसबाट त्यहाँ पुग्ने विदेशी तथा स्वदेशी यात्रुहरुले पनि उच्च गतिको डाटा र गुणस्तरीय भ्वाइस सुविधा सहितको फोरजी मोबाइल सेवा उपभोग गर्न सक्ने छन् । सगरमाथा आरोहणका लागि वेस क्याम्प जाने मार्ग समेत स्याङ्बोचे हुँदै अघि बढ्ने भएकाले आरोहीहरुले यो सेवाको प्रयोग गर्न सक्ने छन् । यही मार्ग हुँदै पर्यटकीय मौसममा दैनिक आउने र जाने गरी एक हजारभन्दा बढी पर्यटकले फोरजी सेवा प्रयोग गर्न सहज हुनेछ । फागुन १५ देखि जेठ १५ सम्म र असोज, कात्तिक र मंसिरलाई त्यस क्षेत्रको भ्रमणका लागि उपयुक्त समय मानिन्छ । ती दिनमा नाम्चे, स्याङ्बोचे, खुम्जुङ, खुण्डे, चर्चित गोक्यो ताल लगायत स्थानहरु भ्रमण गर्ने तथा सगरमाथा आरोहण गर्ने पर्यटकको आवतजावत अत्याधिक हुने गरेको छ ।