अर्थमन्त्री भन्छन्ः जीडीपीमा पर्यटनको योगदान ३ प्रतिशत मात्र छ, त्यसले अर्थतन्त्रमा धक्का पर्दैन

काठमाडौं । अर्थ र संचार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पर्यटनमा भएको नोक्सानले अर्थतन्त्रमा खासै धक्का नपर्ने बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले काेराेनाकाे प्रभावले पर्यटनमा असर पर्ने भए पनि त्यसले अर्थतन्त्रमा त्यति धक्का नपर्ने बताएका हुन् । बिहीबार संचार तथा सूचना प्रविधि मन्त्रालयमा भएकाे पत्रकार सम्मेलनमा बोल्दै डा.खतिवडाले पर्यटनको जीडीपीमा ३ प्रतिशत मात्र योगदान भएकाले पर्य काेराेना असर त्यति परिमाणमा मात्रै पर्ने भन्दै त्यसले अर्थतन्त्रमा खासै असर नपर्ने बताएका हुन् ।  

स्वदेश फर्किने विदेशी पर्यटकको घुइँचो

काठमाडौं । जर्मन नागरिक पेग्गी गेला बिहिबार काठमाडौं स्थित कतारवेजको टिकट काउण्टरमा लाइनमा व्यस्थ देखिन्थिन् । आफ्नै देश जर्मन फर्कनका लागि उनी निराश मुद्रामा एकोहोरो चिहाइरहेकी थिइन् । उनी निराश मात्र होइनन् थकित पनि उतिकै भएको उनको मुहारबाट प्रष्ट झल्किन्थ्यो । स्वदेश फर्किन पाइने होकि होइन भन्ने दोधारमा देखिन्थिन् उनी । उनी जस्तै त्यो पंक्तीमा सयौं विदेशी पर्यटकहरु पंक्तिवद्ध भएर लागेका थिए । ती सबैका मुहार निन्याउरा थिए । सबै आफ्नै देश फर्किने सुरसारमा थिए । तर, टिकट पाइन्छ वा पाइँदैन भन्ने उनीहरु निश्चित थिएनन् । विश्वभर कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलिरहेको बेला उनीहरु त्रासमात्र होइन स्वदेश पुगेपछि जे होस् भन्ने धारणा राखे । घुम्नका लागि नेपाल आएका उनीहरु निकै त्रसित र गम्भीर देखिन्थे । पेग्गीले चाँडोभन्दा चाडो आफु घर फर्किन चाहेको बताइन् । ‘आजर भोलीमात्र एयरलाइन्सहरु चल्ने भनिएको छ, यहाँ यत्रो लाइन छ, टिकट पाइन्छ कि पाइँदैन, समस्यामा परेँ,’ उनले भनिन् । सबै एयरलाइन्सहरु रद्ध भएकोले आफुहरुलाई स्वदेश फर्किन समस्या पारेको उनले बताइन् । धेरै विदेशी पर्यटक नेपालमै भएयकोले उनीहरुलाई स्वदेश फर्कन गाह्रो भइरहेको उनीहरुको गुनोसो छ । सरकारले अन्तर्राष्ट्रिय उडानहरु रोकेसँगै उनीहरुलाई घर फर्किन समस्या भएको हो । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका प्रवक्ता रुद्रसिँह तामाङले विदेशी पर्यटकले सहज रुपमा जान पाउने धारणा राखे । ‘लक डाउन गरेका देशका नागरिकले देश फर्कन सक्दैनन्, तर लक डाउन नगरेका नागरिकलाई हामी पठाइरहेका छौं,’ उनले भने । नेपालमा भएका विदेशी पर्यटकका सरकारसँग समन्वय गरेर उनीहरुलाई पठाउने उनको भनाइ छ । सरकारले विदेशी नागरिकको आगमनमा थप कडाइ गर्ने निर्णय गरेसँगै नेपालमा उडान गर्दै आएका १५ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान शुक्रबार मध्यरातिदेखि रोकिने भएको छ । कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबार युरोपका सबै मुलुकबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएपछि उडान रोकिन लागेको हो । हाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २६ वटा विदेशी र तीन वटा नेपाली गरी २९ वटा एयरलाइन्सले उडान गर्दै आएका छन् । यो विमानस्थल बिहान ६ बजेदेखि मध्यराति ३ बजेसम्म सञ्चालन हुँदै आएको छ । समितिले पश्चिम एसियाअन्तर्गत खाडी मुलुक, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने तथा ती मुलुकलाई ट्रान्जिट बनाई जुनसुकै मुलुकबाट आउने यात्रुलाई २० मार्च (७ गते शुक्रबार) मध्यरातिदेखि लागू हुने गरी १५ अप्रिल (वैशाख ३ गते) सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । आवागमनमा सरकारले दोस्रोपटक गरेको कडाइसँगै मध्यपूर्वका एयर अरेबिया, फ्लाई दुबई, यूएईको इत्तिहाद एयरवेज, जजिरा एयरवेज, ओमन एयर, सलाम एयर र कतार एयरवेजको उडान रोकिने भएको छ । युरोप जोड्ने टर्किस एयरलायन्स तथा पूर्वी एसियाबाट काठमाडौं आउने हङकङको क्याथे ड्र्यागन, दक्षिण कोरियाको कोरियन एयर, मलेसियाको मलेसियन एयरलाइन्स मालिन्दो एयरको पनि शनिबार बिहानदेखि उडान रोकिने भएको छ । त्यस्तै मध्यपूर्वमा उडान गर्दै आएका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका उडान पनि रोकिने छन् । सरकारको निर्णयले भारत, थाइल्यान्ड, बंगलादेश, सिंगापुर र भुटानबाट नेपाल आउने तथा नेपालबाट यी मुलुक जाने एयरलाइन्सलाई रोकेको छैन । अस्ट्रेलिया, अमेरिकालगायतका मुलुकमा रहेका नेपाली राहदानीवाहकले यी मुलुक हुँदै काठमाडौं आउन सक्नेछन् । हाल भारतबाट इन्डिगो, एयर इन्डिया र भिस्तारा एयरलाइन्सले काठमाडौंका लागि उडान गर्दै आएका छन् भने बंगलादेशबाट विमान बंगलादेश, थाइल्यान्डबाट थाई एयर र थाई लायन एयरले उडान गर्दै आएका छन् । अन्तर्राष्ट्रिय एयरलाइन्स तथा तिनका उडानमा शनिबारदेखि कटौती हुने भएपछि २१ घण्टा सञ्चालन हुँदै आएको विमानस्थल सञ्चालनको समय पनि हेरफेर गर्नेबारे छलफल सुरु भएको प्राधिकरणले जनाएको छ ।

एनआईसी एशिया बैंकका ग्राहकले गोकर्ण फरेष्ट रिसोर्टमा १५ प्रतिशत छुट पाउने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंस्थित गोकर्ण फरेष्ट रिसोर्टका विभिन्न सेवामा १५ प्रतिशत छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच समझदारी(एमओयू) भएको छ । समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा रिसोर्टको तर्फबाट रुम डिभिजनका निर्देशक रोजिन सापकोटाले हस्ताक्षर गरेका छन् । यो योजना एक वर्षको लागि लागू हुने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिएका छन् । उक्त समझदारी बमोजिम यस बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले होटलको फूड एण्ड बेभरेज आउटलेटहरू तथा हार्मोनी स्पा सेवा प्रयोग गरे वापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५ प्रतिशतसम्म छुट पाउनेछन् । साथै, यस बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ । यसैगरी ग्राहकहरूले बैंकसँग आबद्ध भएका देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतबाट सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकले हाल ३१९ शाखा कार्यालयहरु, ४५५ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।